तीन सय विद्युतीय बस खरीद गर्न सरकारले साझालाई तीन अर्ब निकासा गर्यो

काठमाडौँ । सरकारले तीन सय विद्युतीय बस खरीद गर्न साझा यातायात सहकारी संस्थालाई रु तीन अर्ब निकासा गरेको छ । बस खरीदका लागि नेपाल सरकारबाट साझाका खातामा रकम आइसकेको संस्थाका प्रबन्धक महेन्द्रराज पाण्डेयले बताए । विद्युतीय बस खरीद गर्नेबारे मन्त्रिपरिषद्ले केही समय पहिले निर्णय गरेको थियो । सरकारले यस वर्षको बजेटमा समेत बस खरीदका लागि रकम छुट्याएको थियो । विस्तृतमा


अच्चाकाली गर्मी छल्न भारतीय पर्यटक पोखरामा

अच्चाकाली गर्मी छल्न भारतीय पर्यटक पोखरामा

पोखरा । गर्मी ह्वात्तै बढेसँगै केही दिनयता भारतका विभिन्न स्थानबाट पर्यटकीय नगरी पोखरा आउने भारतीय पर्यटकको सङ्ख्या बढेको छ । भारतका विभिन्न स्थानमा यतिखेर झण्डै ४२ देखि ४५ डिग्रीसम्म तापक्रम बढेपछि विशेष गरी गर्मी छल्नकै लागि आउने पर्यटकको सङ्ख्या बढेको हो । पोखरा आउने भारतीय पर्यटक पछिल्ला वर्षमा अधिकांशले आफ्नै सवारीसाधन प्रयोग गरी आउने गरेका छन् ।

सुनको भाउ तोलाको ६३ हजार, चाँदीको ७२०

सुनको भाउ तोलाको ६३ हजार, चाँदीको ७२०

काठमाडौँ । आज छापावाल सुनको भाउ तोलाको ६३ हजार रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएअनुसार आज तेजावी सुन तोलाको ६२ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

मापदण्डविपरित प्लाष्टिककै भाँडामा दूध ढुवानी

मापदण्डविपरित प्लाष्टिककै भाँडामा दूध ढुवानी

काभ्रेपलाञ्चोक । सरकारद्वारा जारी दूध तथा दुग्ध पदार्थ उत्पादन मापदण्ड निर्देशिका–२०७५ कार्यान्वयनमा कठिनाइ देखिएको छ । निर्देशिकाअनुसार प्लाष्टिकको भाँडामा दूध बोक्न तथा भण्डारण गर्न पाइने छैन भने बासी दूध पनि बिक्री गर्न पाइने छैन । नेपाल खाद्य, प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय धुलिखेलले काभ्रेपलाञ्चोकमा रहेका दुग्ध चिस्यान केन्द्र तथा दूध सङ्कलन केन्द्रको पटक–पटक अनुगमन गरी सचेत गराए पनि जिल्लाका अधिकांश व्यवसायीले अझै प्लाष्टिककै भाँडामा दूध ढुवानी गरिरहेका छन् ।

घरेलुले उठायो शतप्रतिशत राजश्व

घरेलुले उठायो शतप्रतिशत राजश्व

घरेलु साना उद्योग विकास समिति, शाखा कार्यालय, जाजरकोटले यो वर्ष शतप्रतिशत राजश्व सङ्कलन गरेको छ । आर्थिक वर्ष २०७५÷७६ मा कार्यालयले रु २९ लाख ५० हजार राजश्व सङ्कलन गरेको छ ।

राजमार्ग सुधार गर्न बजेट पर्याप्त छः मन्त्री डा खतिवडा

राजमार्ग सुधार गर्न बजेट पर्याप्त छः मन्त्री डा खतिवडा

अर्थमन्त्री डा युवराज खतिवडाले राम्चे र मूलखर्क खण्डको असहज राजमार्ग सुधारका लागि बजेट पर्याप्त रहेको बताएका छन् । आज धुञ्चेमा आयोजित स्थानीय तहका पदाधिकारीसँगको भेटघाट तथा अन्तरक्रियामा अर्थमन्त्री खतिवडाले रसुवागढी अन्तर्राष्ट्रिय नाकाको रूपमा रहेको बेत्रावतीबाट मैलुङतर्फको नयाँ र धुञ्चे, स्याफ्रुवेशीतर्फको दुवै राजमार्ग सुधारका लागि बजेटको अभाव नहुने स्पष्ट गरे ।

बजेटपछि ४४ अङ्कले घट्यो शेयर बजार

बजेटपछि ४४ अङ्कले घट्यो शेयर बजार

सरकारले आगामी आर्थिक वर्षको बजेटमा धितोपत्र बजारप्रति सकारात्मक सोचका साथ नीति तथा कार्यक्रम समावेश गरे पनि त्यसको प्रभाव परेको छैन ।

ऊर्जामा हुँदैछ धमाधम काम

ऊर्जामा हुँदैछ धमाधम काम

काम गर्ने निकायको सार्थक प्रयास भयो र निर्माण व्यवसायीले पनि इमान्दार भएर काम ग¥यो भने जतिसुकै अप्ठ्यारा समस्या पनि समाधान हुने दृष्टान्त पछिल्ला दिनमा स्थापित हुन थालेका छन् ।

पशुपालन शीर्षकको रकम अनुदानको रुपमा बाँड्दा धेरै कमजोरीहरु देखिए

पशुपालन शीर्षकको रकम अनुदानको रुपमा बाँड्दा धेरै कमजोरीहरु देखिए

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको लिसङ्खुपाखर गाउँपालिकाले पशुपालन गर्न चाहने किसानलाई एक प्रतिशत ब्याजदरमा ऋण लगानी गर्ने भएको छ ।

स्याउ बिक्री गर्नको लागि बजार अभाव हुँदा घरमै कुहियो

स्याउ बिक्री गर्नको लागि बजार अभाव हुँदा घरमै कुहियो

दार्चुला । व्यास गाउँपालिका–१ छाँगरु गागाका स्थानीय जीतसिंह बोहराले लगाएको स्याउले बजार नपाउँदा घरमै कुहिएको छ । विसं २०६० देखि स्याउखेती शुरु गरेका बोहराको स्याउ बिक्री गर्नको लागि बजार अभाव हुँदा घरमै कुहिएको हो । छाँगरुमा उत्पादित स्याउ बजार नपाएर बारीमै कुहिने गरेको छ । नजिक बजार नभएको र गाउँबाट बजारसम्म पुर्याउने बाटो नहुँदा यहाँ उत्पादित स्याउ घरबारीमै कुहिने गरेको छ । नेपालतिर बाटोघाटो छैन । भारतीय बजार पुर्याउने पनि बढी ढुवानीमै खर्च हुन्छ । भारतीय सेना, एसएसबीले मात्रै स्याउ खरीद गर्ने गरेका छन् । यो वर्ष झण्डै ३० क्विन्टल बढी स्याउ फलेको बोहराले २० क्विन्टल स्याउ भारतीय सुरक्षाकर्मीलाई बिक्री गर्नुभएको छ । बाँकी १० क्विन्टल स्याउ घरबारीमै कुहिएको अवस्थामा छ ।

आर्थिक विकासबारे आजदेखि भक्तपुरमा राष्ट्रिय सम्मेलन

आर्थिक विकासबारे आजदेखि भक्तपुरमा राष्ट्रिय सम्मेलन

भादगाउँ । ‘आर्थिक विकासमा व्यवस्थापनको भूमिका’ विषयक दुईदिने राष्ट्रिय सम्मेलन आजदेखि भक्तपुरमा शुरु हुँदैछ । विश्वविद्यालय अनुदान आयोगको सहयोगमा ख्वप कलेज भक्तपुरले आयोजन गर्ने सो सम्मेलन शनिबारसम्म चल्नेछ । आयोजक कलेजका प्राचार्य रुपक जोशीले समग्र मुलुकको आर्थिक विकासमा सहयोग पुर्याउने उद्देश्यका साथ पहिलोपटक सम्मेलन गर्न लागेको जानकारी दिए । सम्मेलनमा प्रमुख वाचकको रूपमा पहिलो दिन शुक्रबार प्रा डा पुष्कर बज्राचार्य, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा डा पुष्प कँडेल, डा निर्मल रावतलगायतका रहनेछन् ।

प्रेम र यौन

यौन शिक्षा– यस्तो बेलामा यौन सम्बन्ध नराखौं !

यौन शिक्षा– यस्तो बेलामा यौन सम्बन्ध नराखौं !

कस्तो अवस्थामा यौन सम्पर्क गर्ने र कस्तो अवस्थामा नगर्ने भन्ने आ–आफ्नै धारणा, तर्क सुनिन्छ । कतिपय अवस्थामा यौन सम्पर्क गर्नै हुन्न । महिलाले आफ्नो शिशुलाई स्तनपान गराईरहेको समयमा शिशुसँग रमाइरहेका हुन्छन् ।

जीवनशैली/स्वास्थ्य

तातोपानीमा मह र कागती मिसाएर खानुहोस्

तातोपानीमा मह र कागती मिसाएर खानुहोस्

एजेन्सी । हामी दैनिक जीवनयापनमा यति व्यस्थ हुँदै गइरहेका छौ कि हामीलाई आफ्नो स्वास्थ्यको बारेमा समेत सोच्ने फुर्सदनै हुँदैन । तर यसले हाम्रो शरीरमा नकारात्मक असर पारिरहेको हुन्छ ।

विचित्र विश्व

सुन्दर युवतीका क्रुर श्रीमान !

सुन्दर युवतीका क्रुर श्रीमान !

काठमाडौँ । सुन्दरता बढाउनका लागि मानिस हरसम्भव प्रयास गर्छ । विशेषत महिलाहरु आफ्नो सुन्दरतालाई लिएर धेरै नै चिन्तित हुन्छन् । हर लोग्ने मानिसहरुको इच्छा पनि आफ्नी श्रीमति सुन्दर होस् भन्ने चाहाना हुन्छ ।