तीन सय विद्युतीय बस खरीद गर्न सरकारले साझालाई तीन अर्ब निकासा गर्यो

काठमाडौँ । सरकारले तीन सय विद्युतीय बस खरीद गर्न साझा यातायात सहकारी संस्थालाई रु तीन अर्ब निकासा गरेको छ । बस खरीदका लागि नेपाल सरकारबाट साझाका खातामा रकम आइसकेको संस्थाका प्रबन्धक महेन्द्रराज पाण्डेयले बताए । विद्युतीय बस खरीद गर्नेबारे मन्त्रिपरिषद्ले केही समय पहिले निर्णय गरेको थियो । सरकारले यस वर्षको बजेटमा समेत बस खरीदका लागि रकम छुट्याएको थियो । विस्तृतमा


सोमबारबाट बुद्ध एयर कोलकत्ता उडान थाल्ने

सोमबारबाट बुद्ध एयर कोलकत्ता उडान थाल्ने

काठमाडौँ । बुद्ध एयरले सोमबारदेखि कोलकातामा पनि उडान गर्ने भएको छ । कम्पनीले सोमबार पूर्ण अक्कुपेन्सीसहितको उडान गर्न लागेको हो । विमान बिहान आठ बजे बुद्धले एटिआर ७२ जहाज कलकत्ताको लागि उडाउन लागेको हो । यसको लागि कम्पनीले सबै तयारी पूरा गरेको जनाएको छ । उडानको दूरी १ घण्टा ३० मिनेटको हुनेछ ।

यसरी खुल्दैछ तातोपानी नाका

यसरी खुल्दैछ तातोपानी नाका

तातोपानी । ‘गोरखा भूकम्प’ पछि खण्डहर बनेको तातोपानी नाकामा पुनः चहलपहल शुरु भएको छ । भत्किएका घर तथा आवासमा रङ लगाउने, मर्मत सम्भार गर्ने बढेका छन् भने मान्छे हिँड्न समेत गाह्रो पर्ने अरनिको राजमार्गले नयाँ जीवन पाउँदैछ । नेपाल र चीन जोड्ने मितेरी पुलको ढलानका लागि चिनियाँ कामदार दिनरात नभनी काम गरिरहेका छन् । गत फागुनको दोस्रो सातादेखि सुरु भएको पुल निर्माण तीन महिना पुग्दै गर्दा सम्पन्न हुने चरणमा पुगेको छ ।

सुनको भाउ तोलाको ५९ हजार ७ सय

सुनको भाउ तोलाको ५९ हजार ७ सय

काठमाडौँ । आज नेपाली बजारमा छापावाल सुन तोलाको ५९ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएअनुसार आज तेजावी सुन ५९ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

पोखराको लेकसाइडमा किंग्स लाउञ्जको सेवा सुरु

पोखराको लेकसाइडमा किंग्स लाउञ्जको सेवा सुरु

पोखरा । किङ्स लाउन्जले पोखरामा पहिलो शाखा सञ्चालनमा ल्याएको छ । स्थापनाको पहिलो वर्ष पुरा गरेको उपलक्ष्यमा पोखराको लेकसाईडमा पारिवारिक वाताबरणमा आधुनिक शैलीको लाउञ्ज सञ्चालनमा ल्याइएको हो ।

ट्याक्सी चालकले सडकमा भेटिएको रकम प्रहरीलाई जिम्मा लगाए

ट्याक्सी चालकले सडकमा भेटिएको रकम प्रहरीलाई जिम्मा लगाए

दमक । सडकमा भेटिएको रकम झापा दमकका एक ट्याक्सी चालकले प्रहरीमा बुझाएका छन् । दमक–१ घर भएका प्रह्लाद गौतमले दमकचोकको ट्याक्सी पार्कमा शनिबार दिउँँसो भेटेको रु २९ हजार इलाका प्रहरी कार्यालयमा बुझाएका हुन् । हराएको व्यक्तिले आफनो रकम दाबी गरे रकम फिर्ता गरिदिने शर्तमा गौतमले प्रहरी नायब निरीक्षक रामप्रसाद भट्टराईलाई उक्त रकम बुझाएका हुन् । सडकमा छरपस्ट अवस्थामा पैसा झरेपछि त्यस पैसा सम्बन्धित व्यक्तिसम्म पुगोस् भन्ने हेतुले रकम प्रहरीमा बुझाएको गौतमले बताए ।

प्राधिकरणको अनुदानमा निर्माण गरिएको घर

प्राधिकरणको अनुदानमा निर्माण गरिएको  घर

नुवाकोट । नुवाकोट, विदुर नगरपालिका–२ सम्पदा गाँउस्थित भूकम्पपछि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणबाट रु तीन लाख ५० हजार र नपाबाट रु ४० हजारको अनुदानमा निर्माण गरिएका घर ।

कालीगण्डकी प्रसारण आयोजना ४५ प्रतिशत पूरा

कालीगण्डकी प्रसारण आयोजना ४५ प्रतिशत पूरा

नवलपरासी । पश्चिम नवलपरासीको सुनवल नगरपालिका–१३ स्थित सूर्यबस्तीमा जारी कालीगण्डकी प्रसारण करिडोर आयोजनाअन्तर्गतको सवस्टेशन निमार्णकार्य करीब ४५ प्रतिशत पूरा भएको छ । कालीगण्डकी प्रसारण लाइनअन्तर्गत बडेरा सूर्यबस्ती (न्यू बुटवल २२०–१३२ केभी सवस्टेशन) आयोजनाको निमार्णकार्य पूरा हुन अझै करीब चार महीना लाग्ने आयोजनाले जनाएको छ । २२०–१३२–३३–११ केभी सवस्टेशनमा पहिलो र दोस्रो चरण गरी तीन ट्रान्सफर्मर राखिने योजना रहेको कालीगण्डकी प्रसारण करिडोर आयोजनाका प्रमुख चन्द्रकुमार घोषले जानकारी दिए ।

चालू आर्थिक वर्ष २०७५–७६ मा नगरपालिकाको आम्दानी ९१ करोड ७४ लाख

चालू आर्थिक वर्ष २०७५–७६ मा नगरपालिकाको आम्दानी ९१ करोड ७४ लाख

भक्तपुर । मध्यपुरथिमि नगरपालिकाले चालू आव २०७५–७६ मा रु ९१ करोड ७४ लाख ४१ हजार आम्दानी गरेको छ । निर्वाचित जनप्रतिनिधिको पदबहालीको दुईवर्षे कार्यकालको समीक्षा गर्दै मध्यपुरथिमि नगरपालिकाले शनिबार आयोजना गरेको पत्रकार सम्मेलनमा नगरप्रमुख मदनसुन्दर श्रेष्ठले यसबारे जानकारी दिँदै दोस्रो नगरसभाबाट स्वीकृत कूल बजेटमा वैशाख मसान्तसम्म ७७.७५ प्रतिशत आम्दानी गर्न सफल भएको बताए ।

विराटनगर भन्सारबाट रु ३१ अर्ब राजस्व सङ्कलन

विराटनगर भन्सारबाट रु ३१ अर्ब राजस्व सङ्कलन

विराटनगर । विराटनगर भन्सार कार्यालयले चालू आर्थिक वर्षको १० महीनामा कूल रु ३१ अर्ब ७५ करोड ७२ लाख ७४ हजार राजश्व सङ्कलन गरेको छ । सो अवधिमा कार्यालयले रु ४२ अर्ब ५३ करोड १९ लाख १८ हजार राजश्व सङ्कलन गर्ने लक्ष्य लिएको थियो ।

कर्णालीमा अबदेखि शेयर कारोबार

कर्णालीमा अबदेखि शेयर कारोबार

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरबाट शेयर कारोबार शुरु हुने भएको छ । नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेन्जको पहलमा कार्यालय स्थापना भए पश्चात शेयर कारोबार गर्ने बाटो खुलेको हो ।

प्रेम र यौन

यौन शिक्षा– यस्तो बेलामा यौन सम्बन्ध नराखौं !

यौन शिक्षा– यस्तो बेलामा यौन सम्बन्ध नराखौं !

कस्तो अवस्थामा यौन सम्पर्क गर्ने र कस्तो अवस्थामा नगर्ने भन्ने आ–आफ्नै धारणा, तर्क सुनिन्छ । कतिपय अवस्थामा यौन सम्पर्क गर्नै हुन्न । महिलाले आफ्नो शिशुलाई स्तनपान गराईरहेको समयमा शिशुसँग रमाइरहेका हुन्छन् ।

जीवनशैली/स्वास्थ्य

गुणकारी मेथी हरेक दिन खानुका १० फाइदाहरू यस्ता छन्

गुणकारी मेथी हरेक दिन खानुका १० फाइदाहरू यस्ता छन्

मेथी अधिकांश नेपालीको भान्सामा नछुट्ने चिज हो । भान्सामा हामी विभिन्न परिकारमा मेथीको प्रयोग गर्ने गर्छौं ।

विचित्र विश्व

सुन्दर युवतीका क्रुर श्रीमान !

सुन्दर युवतीका क्रुर श्रीमान !

काठमाडौँ । सुन्दरता बढाउनका लागि मानिस हरसम्भव प्रयास गर्छ । विशेषत महिलाहरु आफ्नो सुन्दरतालाई लिएर धेरै नै चिन्तित हुन्छन् । हर लोग्ने मानिसहरुको इच्छा पनि आफ्नी श्रीमति सुन्दर होस् भन्ने चाहाना हुन्छ ।