प्रदेश ३ सरकारले सवारी साधन खरीदमा २० करोड खर्च गर्यो

हेटौँडा । प्रदेश ३ सरकारले आर्थिक वर्ष २०७५/०७६ मा झण्डै रु २० करोडको सवारी साधन खरीद गरेको छ । महालेखा परीक्षकको कार्यालयको तथ्याङ्कअनुसार यस्तो विवरण देखिएको हो । चालू आव २०७५/०७६ मा प्रदेश सरकारले करीब रु १९ करोड ६९ लाख ७७ हजारको सवारी साधन खरीदमा खर्च गरेको तथ्याङ्क छ । प्रदेश ३ का कोष तथा लेखा नियन्त्रण कार्यालयका प्रमुख हरिप्रसाद उपाध्यायका अनुसार अघिल्लो आर्थिक वर्ष २०७४/०७५ मा रु सात करोड एक लाख ३५ हजारको सवारी खरीद गरेको थियो । विस्तृतमा


खाद्य संस्थानको भेरी अञ्चल कार्यालय १२ हजार क्विन्टल धान कुहियाउने सुरमा

खाद्य संस्थानको भेरी अञ्चल कार्यालय १२ हजार क्विन्टल धान कुहियाउने सुरमा

बाँके । खाद्य संस्थानको भेरी अञ्चल कार्यालयमा अवश्यकताअनुसारको भण्डारणकक्ष (गोदाम) नहुँदा १२ हजार क्विन्टल धान कार्यालय परिसरमै त्रिपालले छोपेर राखिएको छ । संस्थाले खरिद गरेको २५ हजार क्विन्टल धानमध्ये करीब १२ हजार क्विन्टल धान त्रिपालले छोपेर राखिएको हो ।

शेयर बजारमा सामान्य अंककाे वृद्धि

शेयर बजारमा सामान्य अंककाे वृद्धि

काठमाडौँ । धितोपत्र बजारमा आज शेयरको मूल्य सामान्य अङ्कले वृद्धि भएको छ ।

देवः बैंकमा भ्रष्टाचार

देवः बैंकमा भ्रष्टाचार

काठमाडौँ । सरकारी कार्यालयमा हुने भ्रष्टाचारको निकै चर्चा हुन्छ । तर, निजी क्षेत्रमा पनि भ्रष्टाचारको रोग उस्तै छ । नेपालमा भ्रष्टाचार सामाजिक रोग नै बनिसकेको छ । सरकारी कार्यालयमा बरु अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गर्ने त्रास हुन्छ, निजी क्षेत्रमा यस्तो त्रास पनि नहुने भएकोले भ्रष्टाचार मौलाउँदो छ ।

नुवाकोट चेम्बरको अध्यक्षमा प्रधान निर्वाचित

नुवाकोट चेम्बरको अध्यक्षमा प्रधान निर्वाचित

नुवाकोट । नुवाकोट चेम्बर अफ कमर्सको प्रथम अधिवेशनले कविन्द्रमान प्रधानलाई सर्वसम्मत अध्यक्षमा चयन गरेको छ । शनिबार भएको अधिवेशनले कमर्सको वरिष्ठ उपाध्यक्षमा ओमप्रकाश श्रेष्ठ, प्रथम उपाध्यक्षमा सुन्दरमान दुवाल, द्वितीय उपाध्यक्षमा सुवर्ण श्रेष्ठ, महासचिवमा केशव मिश्र, सचिवमा राजेन्द्र रिजाल र कोषाध्यक्षमा दीपकसेन रिजाललाई चयन गरेको छ ।

साताको शेयर बजारः एक अर्ब ८५ करोडको कारोवार

साताको शेयर बजारः एक अर्ब ८५ करोडको कारोवार

काठमाडौँ । धितोपत्र बजारमा यस साता विभिन्न १६९ कम्पनीका ५३ लाख ८४ हजार ६३४ कित्ता शेयर रु एक अर्ब ८५ करोड ६७ लाख ९७ हजार ६४६ मूल्यमा खरीद बिक्री भएका छन् ।

हाइड्रो एक्स्पो सुरु, नीजि क्षेत्र भन्छ, चुरोट कारखानालाई भ्याट फिर्ता दिइन्छ, तर जलविद्युत आयोजनालाई खै ?

हाइड्रो एक्स्पो सुरु, नीजि क्षेत्र भन्छ, चुरोट कारखानालाई भ्याट फिर्ता दिइन्छ, तर जलविद्युत आयोजनालाई खै ?

काठमाडाैँ । दोस्रो संस्करणको हिमालयन हाइड्रो एक्स्पो राजधानीको भृकुटीमण्डपमा सुरु भएको छ । शुक्रबार एक कार्यक्रमका बिच उपराष्ट्रपति नन्दबहादुर पुनले उद्घाटन गरेका हुन् । एक्स्पोको उद्घाटन गर्दै उपराष्ट्रपति लगानी मैत्री वातवरण बनाउन नीति तथा कानुनमा समयसापेक्ष सुधार औंल्याएका छन् ।

उपभोक्ता ठग्ने तीन पेट्रोल पम्पलाई कारवाही

उपभोक्ता ठग्ने तीन पेट्रोल पम्पलाई कारवाही

काठमाडौँ । नेपाल गुणस्तर तथा नापतौल विभागले ठगी गर्ने तीन पेट्रोल पम्पलाई कारवाही गरेको छ । विभागको टोलीले सिल विगारेर पेट्रोल तथा डिजेल बिक्री वितरण गर्ने कृष्ण आयल स्टोर सिमरोनगढ बारा, सोनु आयल ट्रेडर्स तेलकुवा बारा र आयुष आयल स्टोर कभीगोठ बारालाई आज कारवाही गरेको हो ।

बुद्ध एयरले भारतको कोलकाता उडान भर्ने

बुद्ध एयरले भारतको कोलकाता उडान भर्ने

निजी क्षेत्रको वायु सेवा प्रदायक कम्पनी बुद्ध एयरले भारतको कोलकातामा आगामी विसं २०७६ वैशाख २ गते देखि उडान भर्ने भएको छ । पर्यटनलाई लक्षित गर्दै काठमाडौँ–कोलकता साताको तीन पटक उडान भर्ने कम्पनीद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । बुद्ध एयरका प्रबन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेतले बङ्गाली पर्यटकलाई लक्षित गरी कोलकाता उडान शुरु गर्न लागिएको बताउनुभयो ।

वैदेशिक सहायतामा १६ प्रतिशतले वृद्धि

वैदेशिक सहायतामा १६ प्रतिशतले वृद्धि

काठमाडौँ । मुलुकको विकास निर्माणका निम्ति अन्तर्राष्ट्रिय समुदायबाट निरन्तर सहायता प्राप्त भइरहेको छ भने त्यसको मात्रामा पनि उल्लेख्य वृद्धि भएको छ ।

सात दशमलव ५७ विन्दुले घटेर शेयर बजारकाे ओरालो यात्रा जारी

सात दशमलव ५७ विन्दुले घटेर शेयर बजारकाे ओरालो यात्रा जारी

काठमाडौँ । धितोपत्र बजारमा आज शेयरको मूल्य ओरालो लागेको छ ।

प्रेम र यौन

यौन शिक्षा– यस्तो बेलामा यौन सम्बन्ध नराखौं !

यौन शिक्षा– यस्तो बेलामा यौन सम्बन्ध नराखौं !

कस्तो अवस्थामा यौन सम्पर्क गर्ने र कस्तो अवस्थामा नगर्ने भन्ने आ–आफ्नै धारणा, तर्क सुनिन्छ । कतिपय अवस्थामा यौन सम्पर्क गर्नै हुन्न । महिलाले आफ्नो शिशुलाई स्तनपान गराईरहेको समयमा शिशुसँग रमाइरहेका हुन्छन् ।

जीवनशैली/स्वास्थ्य

क्रिस्टोफरः एक उदाहरणिय व्यक्ति

क्रिस्टोफरः एक उदाहरणिय व्यक्ति

एजेन्सी । हरेक मानिस शारिरीक तथा मानसिक रुपमा पुर्ण हुदैनन् । समाजमा केही यस्ता अशक्त व्यक्तिहरु पनि छन् जो सफल हुन हरसम्भव प्रयास गरेका छन् । सफल पनि भएका छन् । विश्वमा केही यस्ता व्यक्तिहरु छन् जसले प्रमाणित गरिदिएका छन् सफल हुन शारिरीक रुपमा पुर्ण हुन पर्दैन ।

विचित्र विश्व

इन्स्टाग्राममा बेचिन्छ मानव खोपडि

इन्स्टाग्राममा बेचिन्छ मानव खोपडि

एजेन्सी । बेलायतमा सामाजिक सञ्जाल इन्स्टाग्राममा मानव खोपडि बिक्री हुने गर्दछ । स्थानिय मिडिया ‘द सन’ का अनुसार धेरैजसो हड्डी तथा खोपडिको विक्री रिसर्च तथा मेडिकल साइन्सको प्रयोजनका लागि गरिन्छ ।