हेलम्बुमा भोटेकोशीको भन्दा पनि अग्लो बञ्जीजम्प निर्माण हुँदै

मेलम्ची । सिन्धुपाल्चोकको पर्यटकीय क्षेत्र हेलम्बुमा साहसिक खेल बञ्जीजम्पका लागि पूर्वाधार निर्माण शुरु गरिएको छ । यसका लागि आव २०७६/७७ देखि हालसम्मकै लामो झोलुङ्गे पुल निर्माण गरिने हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले बताए । एनएल जोशी कन्सल्टेन्सीद्वारा तयार गरिएको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) अनुसार बञ्जीजम्प निर्माणका लागि रु पाँच करोड ३९ लाख लाग्ने अनुमान गरिएको छ । लागत अनुमान धेरै भएकाले निर्माणका लागि ‘सस्पेन्सन ब्रिज डिभिजन’लाई आग्रह गरिएको अध्यक्ष शेर्पाले बताए । विस्तृतमा


अण्डाको मूल्य बढ्यो

अण्डाको मूल्य बढ्यो

चितवन । अण्डाको मूल्य बढ्न थालेपछि कृषकलाई राहत मिलेको छ । एक वर्षयता अण्डाको मूल्य बढ्न सकेको थिएन ।

नेपाल टेलिकमले ल्यायो विभिन्न अफर

नेपाल टेलिकमले ल्यायो विभिन्न अफर

काठमाडौं । नेपाल टेलिकमले असोज १ गतेदेखि इन्ट्रानेट लिज सेवाको महशुल दर परिमार्जन गर्नुका साथै वाइम्याक्स सेवामा प्रमोसनल अफर लागू गर्ने भएको छ ।

बृहत् गुरुयोजनाको खाका तयार

बृहत् गुरुयोजनाको खाका तयार

गाईघाट । उदयपुर जिल्लाको मध्य पहाडी क्षेत्रको रौतामाई गाउँपालिकाको धार्मिक तीर्थस्थल रौता पोखरीलगायतका अन्य क्षेत्रको धार्मिक र पर्यटकीयस्थलका रुपमा विज्ञ र इञ्जिनियरको अध्ययनबाट दिर्घकालीन विकास गर्न रु १५ करोडको योजना प्रस्तुत भएको छ ।

नेपालमा लगानी गर्न भियतनामलाई आग्रह

नेपालमा लगानी गर्न भियतनामलाई आग्रह

काठमाडौं । नेपाल चेम्बर अफ कमर्शले नेपालमा लगानी गर्न भियतनामलाई आग्रह गरेको छ । चेम्बरको भवनमा बुधबार कार्यकाल सकिएर भियतनाम फर्कन लाग्नुभएका राजदूत टोन्ह सिन्ह थान्हलाई चेम्बरका अध्यक्ष राजेशकाजी श्रेष्ठले निर्वाचन सफलतापूर्वक सम्पन्न भई स्थिर सरकार बनेसँगै नेपालमा लगानीको वातावरण बनेको उल्लेख गरे । उनले भने, “नेपालमा पर्यटन, कृषि, उद्योगलगायतका क्षेत्रमा लगानी बढाउन उपयुक्त छ।”

भारतीय गाडीलाई इन्धन दिएपछि दुई पेट्रोल पम्पमा सिलबन्दी

भारतीय गाडीलाई इन्धन दिएपछि दुई पेट्रोल पम्पमा सिलबन्दी

भैरहवा । ओमसतिया र रोहिणी गाउँपालिकामा पर्ने हुलाकी राजमार्गका तीनवटा पेट्रोल पम्पमा सिलबन्दी गरिएको छ । सीमाक्षेत्रमा पेट्रोलियम पदार्थको अपचलनबाट नेपाली सवारीसाधनलाई डिजल र पेट्रोल अभाव भएपछि संयुक्त बजार अनुगमन टोली रुपन्देहीले बुधबार छड्के अनुगमन शुरु गरेको हो ।

शेयर बजारमा दाेहाेराे अंककाे वृद्धि

शेयर बजारमा दाेहाेराे अंककाे वृद्धि

काठमाडौँ । धितोपत्र बजारमा यस साताकै उच्च वृद्धि आज भएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार शेयर कारोवार मापक नेप्से परिसूचक १३.०६ अंकले वृद्धि भई एक हजार २ सय ३० बिन्दुमा पुगेको छ ।

साल्ट ट्रेडिङ् कर्पोरेशनको ५६ अौ वार्षिकोत्सव

साल्ट ट्रेडिङ् कर्पोरेशनको ५६ अौ वार्षिकोत्सव

साल्ट ट्रेडिङ् कर्पोरेशन लिमिटेडको ५६ अौ वार्षिकोत्सव समारोह सम्पन्न भएको छ् । कर्पोरेशनले बुधवार आफ्नो स्थापना दिवसको अवसर पारेर कालिमाटी स्थित केन्द्रिय कार्यालय परिसरमा वार्षिकोत्सव समारोहको आयोजना गरेको थियो । सरकार एबम् निजी क्षेत्रको संयुक्त लगानीमा सार्वजनिक निजी साझेदारीको अवधारणा अनुरुप सन्चालित कर्पोरेशनको स्थापना बिक्रम सम्बत् २०२० साल भाद्र २७ गते भएको थियो ।

काठमाडौंको विद्युत आपूर्ति सुधार्न कुलमान योजना: प्रसारण लाइन रिङ

काठमाडौंको विद्युत आपूर्ति सुधार्न कुलमान योजना: प्रसारण लाइन रिङ

काठमाडौँ । काठमाडौँ उपत्यकामा विद्युत् आपूर्ति प्रणाली सुधार गर्न दीर्घकालीन लक्ष्यसहित नेपाल विद्युत् प्राधिकरणले उच्च क्षमताको प्रसारण प्रणाली बनाउने भएको छ । त्यस्तो प्रसारण प्रणालीलाई काठमाडौँ उपत्यकका प्रसारण ‘रिङ’ नाम दिइएको छ । आगामी दिनमा हुने विद्युत् मागको व्यवस्थापनका लागि उपत्यकाका काठमाडौँ, ललितपुर र भक्तपुर जिल्लालाई समेट्ने गरी २२० केभी डबल सर्किट प्रसारण लाइनको रिङ निर्माण गर्न लागिएको हो ।

भन्सार छलेर ल्याउँदै गरेको १२ करोडको सामाग्री बरामद

भन्सार छलेर ल्याउँदै गरेको १२ करोडको सामाग्री बरामद

काठमाडौं । नेपाल प्रहरीले भन्सार छलेर नेपाल ल्याउँदै गरेको रु ११ करोड ९५ लाख ५२ हजार बराबरको सामग्री बरामद गरेको छ । प्रहरीले वैशाखदेखि साउनसम्मको अवधिमा विभिन्न भन्सार नाकाबाट भन्सार छलेर नेपाल ल्याउँदै गरेको उक्त सामग्री बरामद गरेको हो । प्रहरीले विभिन्न शीर्षकमा रु ३८ करोड ९७ लाख ११ हजार राजश्व सङ्कलन गरेको छ ।

सवारी साधनमा सहुलियत कर्जा दिन सकिदैँन : अर्थमन्त्री खतिवडा

सवारी साधनमा सहुलियत कर्जा दिन सकिदैँन : अर्थमन्त्री खतिवडा

काठमाडौँ । अर्थमन्त्री डा. युवराज खतिवडाले सरकारले सवारी साधन खरिदका लागि भनेर सहुलियत कर्जा प्रवाह गर्न नसक्ने बताएका छन् ।

प्रेम र यौन

अविस्मरणीय सुहागरातका लागि

अविस्मरणीय सुहागरातका लागि

विवाह पहिले यौन सम्पर्क गर्नु वा नगर्नु व्यक्तिको निर्णय हो । नवविवाहित दम्पतीले कौमार्यकै आधारमा एक अर्कालाई परीक्षण गर्नु उपर्युक्त हुँदैन । जोडीको ध्यान र क्रियाकलाप आफ्नो पहिलो यौन क्रियाकलापलाई कसरी खास बनाउने भन्नेमा केन्द्रीत हुनुपर्छ ।

जीवनशैली/स्वास्थ्य

रोग लाग्न नदिन भिटामिन ‘ए’

रोग लाग्न नदिन भिटामिन ‘ए’

भिटामिन ‘ए’ शरीरलाई अत्यावश्यक रासायनिक यौगिक हो । मानव स्वस्थ्यका लागि ज्यादै कम मात्रामा भिटामिन ‘ए’ आवश्यक हुन्छ । तर, स्वास्थ्य रहन र रोगप्रतिरोधी क्षमता बढाउन त्यो ज्यादै महत्वपूर्ण हुन्छ ।