चितवन दूधमा आत्मनिर्भर बन्यो

भरतपुर । चितवन जिल्ला दूधमा आत्मनिर्भर भएको छ । दुग्ध उत्पादक सहकारी, स्थानीय सरकार, पशु विज्ञ केन्द्रलगायतका विभिन्न सङ्घसंस्थाको उपस्थितिमा दूध र दुग्धजन्य पदार्थमा आत्मनिर्भर घोषणा गर्न लागिएको चितवन जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घका अध्यक्ष रत्नमणि न्यौपानेले जानकारी दिए । विस्तृतमा


विद्यालयको भौतिक पूर्वाधार विस्तार गर्न महायज्ञबाट ८२ लाख सङ्कलन

विद्यालयको भौतिक पूर्वाधार विस्तार गर्न महायज्ञबाट ८२ लाख सङ्कलन

बेझाड । जनमार्ग माध्यमिक विद्यालय पूर्वखोला गाउँपालिका–१ सिलुवामा सञ्चालन भएको श्रीमद्भागवत् धान्याचल महायज्ञमा रु ८२ लाख बराबरको दान सङ्कलन भएको छ । प्राविधिक शिक्षा तथा विद्यालयको भौतिक पूर्वाधार विस्तार गर्ने उद्देश्यका साथ आयोजना गरिएको महायज्ञमा दाताले उक्त रकम बराबरको नगद तथा जिन्सी दिएका हुन् । प्रदेश नं ५ का प्रदेशसभा सदस्य नारायणप्रसाद आचार्य र युवराज खनालले महायज्ञमा भवन निर्माणका लागि केन्द्र सरकार, प्रदेश सरकार र व्यक्तिगत तवरबाट रु ७० लाख उपलब्ध गराउने घोषणा गरे ।

सुनको भाउ तोलाको ६० हजार

सुनको भाउ तोलाको ६० हजार

काठमाडौँ । आज नेपाली बजारमा छापावाल सुन तोलाको ६० हजार रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबारको तुलानामा आज तोलाको तीन सय रुपैयाँको वृद्धि देखिएको हो ।

महाकाली करिडोर चाँडै अगाडि बढ्ने

महाकाली करिडोर चाँडै अगाडि बढ्ने

काठमाडौँ । पटक–पटक चर्चामा आएको महाकाली कारिडोरको काम चाँडै अगाडि बढ्ने भएको छ । डडेल्धुरादेखि कञ्चनपुर हुँदै दार्चुलाको तिङ्कर नाकासम्म जोड्ने महाकाली करिडोर जोगबुडा सडक खण्डको मङ्गलबार उद्घाटन गरिएको छ । विसं २०६६ देखि सञ्चालित महाकाली करिडोरअन्तर्गत जोगबुडा सडकखण्डको सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री पठानसिंह बोहराले उद्घाटन गरेका हुन् । ब्रह्मदेवदेखि तिङ्करसम्म ४२५ किलोमिटर लामो सडकको हालसम्म ८८ किलोमिटर ट्र्याक खुलेको छ ।

विद्युत् विकास विभाग परिसर सानो गौचरनमा

विद्युत् विकास विभाग परिसर सानो गौचरनमा

काठमाडौँ । विद्युत् नियमन आयोगले बिहीबारदेखि विद्युत् विकास विभाग परिसर सानो गौचरनमा कार्यारम्भ गरेको छ । सो अवसरमा आयोगका अध्यक्ष दिल्लीबहादुर सिंहले विद्युत् उत्पादन, प्रसारण, वितरण वा व्यापारलाई सरल, नियमित, व्यवस्थित तथा पारदर्शी बनाई विद्युत्को माग र आपूर्तिमा सन्तुलन कायम राख्न प्रभावकारी रुपमा भूमिका निर्वाह गर्ने बताए ।

सुनको भाउ तोलाको ५९ हजार ७ सय

सुनको भाउ तोलाको ५९ हजार ७ सय

काठमाडौँ । आज नेपाली बजारमा छापावाल सुन तोलाको ५९ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएअनुसार आज तेजावी सुन तोलाको ५९ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ भने चाँदी तोलाको ७२० रुपैयाँमा कारोबार भइरहेको छ ।

दुई दिनपछि फेरि ओरालाे लाग्याे शेयर बजार

दुई दिनपछि फेरि ओरालाे लाग्याे शेयर बजार

काठमाडौँ । सोमबार र मङ्गलबार लगानीकर्तालाई उत्साहित बनाउँदै उकालो लागेको शेयर बजार आज भने झण्डै चार अङ्कले ओरालो लागेको छ ।

शेयर बजारमा १ दशमलव ७० प्रतिशतकाे वृद्धि

शेयर बजारमा १ दशमलव ७० प्रतिशतकाे वृद्धि

काठमाडौँ । लगातार घट्दै आएको शेयर बजार आज भने करिब २२ अङ्कले वृद्धि भएको छ ।

जसले बुबाको स्मृतिमा ६ करोड खर्चेर विद्यालय भवन बनाए

जसले बुबाको स्मृतिमा ६ करोड खर्चेर विद्यालय भवन बनाए

बलेवा । बागलुङ जिल्लाको अमलाचौरका दुई व्यवसायीले आफैँले अध्ययन गरेको विद्यालयमा आफ्ना बाबुको स्मृतिमा रु छ करोड खर्चेर पक्की विद्यालय भवन निर्माण गरेका छन् । देशकै प्रतिष्ठित आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकाल र उनका भाइ हेमराज ढकालले बागलुङ नगरपालिका–१२ को अमलाचौरमा रहेको पृथ्वी हीरण्य माध्यमिक विद्यालयमा करीब रु छ करोड २४ लाख खर्चेर विद्यालय भवन निर्माण गरेका हुन् । उनीहरुका बुबा स्व. समाजसेवी हीरण्यप्रसाद ढकालको स्मृतिमा अत्याधुनिक १४ कोठे भवन निर्माण भएको छ ।

साताकाे पहिलाे दिन दाेहाेराे अंकले घट्याे शेयर बजार

साताकाे पहिलाे दिन दाेहाेराे अंकले घट्याे शेयर बजार

काठमाडौँ । पछिल्ला दिनमा शेयर बजार लगातार ओरालो लागेको छ । साताको पहिलो दिन आज धितोपत्र बजारमा शेयरको मूल्य दोहोरो अङ्कले घटेको छ ।

गाउँपालिकाको लगानी कृषि तथा पशुपालनमा

गाउँपालिकाको लगानी कृषि तथा पशुपालनमा

डोटी । स्थानीयवासीको हौसला बढाउन जोरायल गाउँपालिकाले कृषि तथा पशुपालन क्षेत्रमा निकै लगानी गर्न थालेको छ ।

प्रेम र यौन

१८ वर्ष नपुग्दै यौन सम्पर्क गरेका यी १० चर्चित कलाकार

१८ वर्ष नपुग्दै यौन सम्पर्क गरेका यी १० चर्चित कलाकार

एजेन्सी । कतिपय बलिउड तथा हलिउड कलाकारहरु यौनको विषयमा खुलेर कुरा गर्छन् । सेक्सको विषयमा उदार कलाकारहरु जसले १८ वर्ष पुग्नु भन्दा अगाडि नै यौन सम्पर्क गरेको बारेमा हामीले जानकारी प्रस्तुत गरेका छौं ।

जीवनशैली/स्वास्थ्य

बेलैमा गरौं ब्रेनस्ट्रोकको उपचार, यस्ता छन् कारण, लक्षण र उपचार गर्ने तरिका

बेलैमा गरौं ब्रेनस्ट्रोकको उपचार, यस्ता छन् कारण, लक्षण र उपचार गर्ने तरिका

सामान्यतय मस्तिष्कमा अचानक रक्तसञ्चार बन्द हुनु र त्यहाँ भएका रक्तकोषिका फुटेर रगत बग्नुलाई मस्तिष्कघात अर्थात ब्रेनस्ट्रोक भनिन्छ । मस्तिष्कघात भएका अधिकांश विरामीलाई पक्षघात पनि हुने भएकाले यो रोगलाई प्यारालाइसिसका नामले पनि पुकारिन्छ ।

विचित्र विश्व

यी हुन् खर्बौ रकम हिनामिना गर्ने राष्ट्रप्रमुखहरु

यी हुन् खर्बौ रकम हिनामिना गर्ने राष्ट्रप्रमुखहरु

एउटा नेपाली उखान छ, जहाँ पैसा बोल्छ त्यहाँ सत्य पनि लुक्छ । पैसाको बोलवाला नेपालमा मात्रै होइन, दुनियाँभर उत्तिकै छ । अझ, राजनीतिमा लागेका कतिपयको त ध्यानै कसरी पैसा कमाउने भन्ने हुन्छ । अरु माथि शासन गर्न चाहनेहरुको त्यही अहंकार भ्रष्टाचारको खेल मैदानमा प्रवेश गर्छ ।