चेम्बर पदाधिकारी र अर्थ सचिव ढुङ्गाना बीच भेट

काठमाण्डौं । नेपाल चेम्बर अफ कर्मसका अध्यक्ष राजेश काजी श्रेष्ठको नेतृत्वमा गएको चेम्बर प्रतिनिधी मण्डलले हालै अर्थ सचिवको कार्यभार सम्हालेका शिशिर कुमार ढुङ्गानासंग भेट गरी वधाई ज्ञापन तथा उनको कार्यकालको पूर्ण सफलताको कामना गर्नुका साथै निजि क्षेत्रसंग सहकार्य गरी अर्थत्रन्त्रको विकासमा जोड दिने अपेक्षा निजि क्षेत्रले गरेको धारणा राखेको छ । विस्तृतमा


सुनको भाउ तोलामा १ हजार रुपैयाँले घट्यो

सुनको भाउ तोलामा १ हजार रुपैयाँले घट्यो

काठमाडौँ । आज सुनको भाउमा गिरावट आएको छ । आज छापावाल सुन तोलाको ७२ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबारको भन्दा आज तोलामा १ हजार रुपैयाँको गिरावट आएको हो ।

जुम्लामा स्याउ टिप्न भ्याइनभ्याइ

जुम्लामा स्याउ टिप्न भ्याइनभ्याइ

खलङ्गा । जुम्लाको पातारासी गाउँपालिकाकी चैती विष्टलाई आफ्नो बगैँचामा फलेका स्याउ टिप्न भ्याइनभ्याइ भएको छ । चन्दननाथ १० कि माया देवकोटा पनि एक सातादेखि बारीमा स्याउ टिप्न व्यस्त देखिएका छ । उनीहरु दुवैको स्याउ बारीमा करीब १५० स्याउका बोट छन् । उनीहरु मात्र होइन, जिल्लाका किसानलाई अहिले स्याउ टिप्ने चटारो छ । भदौ लागेसँगै किसानलाई स्याउ टिप्न भ्याइनभ्याइ भएको छ ।

झापामा केही उद्योग अनुज्ञापत्र बिना नै सञ्चालनमा

झापामा केही उद्योग अनुज्ञापत्र बिना नै सञ्चालनमा

सुरुङ्गा । झापामा सञ्चालित केही उद्योग अनुज्ञापत्र बिना नै सञ्चालनमा रहेका पाइएको छ । खाद्य प्रविधि तथा गुणनियन्त्रण डिभिजन कार्यालयसहित राष्ट्रिय उपभोक्ता मञ्च, बिर्तामोड नगरपालिकाका जनप्रतिनिधिले बिर्तामोडमा सञ्चालित पानी र पाउरोटी उद्योगको अनुगमन गर्दा यस्तो पाइएको हो ।

यी चार कम्पनीले पाए खानी उत्खननको अनुमति

यी चार कम्पनीले पाए खानी उत्खननको अनुमति

काठमाडौँ । खानी तथा भूगर्भ विभागले चार खानीलाई उत्खननका लागि अनुमति दिएको छ । विभागले चालू आर्थिक वर्षको डेढ महीनामा स्वर्गद्वारी माइन्स एण्ड मिनिलर्स प्रालिलाई चुनढुङ्गा, बालकुमारी प्रालिलाई क्वार्जजाइट, पाल्पा कोल प्रालिलाई पत्थर तथा कोइला र गुँरास स्टोन उद्योग प्रालिलाई क्वार्जजाइट उत्खननका लागि अनुमति दिएको हो ।

गोरखाको छेपेटारमा प्रभु बैंकको शाखा

गोरखाको छेपेटारमा प्रभु बैंकको शाखा

काठमाडौँ । प्रभु बैंकले गोरखा जिल्लाको छेपेटारमा शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । गोरखा नगरपालिकाका नगरप्रमुख राजनराज पाण्डे शाखा उद्घाटन गरेका हुन् ।

नेपाल वायुसेवा निगमले ओसाका उडान शुरु गर्‍यो

नेपाल वायुसेवा निगमले ओसाका उडान शुरु गर्‍यो

काठमाडौँ । नेपाल वायुसेवा निगमले बिहीबारदेखि जापानको ओसाकासम्मको नियमित उडान पुनः शुरु गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई, राज्यमन्त्री धनबहादुर बुढा र मन्त्रालयका सचिव केदार बहादुर अधिकारीले यात्रुलाई बोडिङ्ग पास दिई विदाई गरेका हुन् । मन्त्रीले पूर्वको उडानको शुभ संकेत हो र भविष्यमा थप गन्तव्य विस्तार गर्न सफलता प्राप्त होस् भने ।

झिनो अङ्कले पुनः ओरालो लाग्याे शेयर बजार

झिनो अङ्कले पुनः ओरालो लाग्याे शेयर बजार

काठमाडौँ । बुधबार दोहोरो अङ्कले घटेको धितोपत्र बजारमा आज शेयर कारोबार मापक नेप्से परिसूचक पुनः झिनो अङ्कले ओरालो लागेको छ ।

सुनको भाउ तोला मा ८ सय रुपैयाँले बढ्यो

सुनको भाउ तोला मा ८ सय रुपैयाँले बढ्यो

काठमाडौँ । आज सुनको भाउ बढेको छ । आज छापावाल सुन तोलाको ७३ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । बुधबारको भन्दा आज तोलामा ८ सय रुपैयाँको वृद्धि देखिएको हो ।

सर्वोच्च अदालतको आदेश चित्त नबुझेपछि गोर्खा ब्रुअरी प्रशासकीय पुनरावलोकनमा जाँदै

सर्वोच्च अदालतको आदेश चित्त नबुझेपछि गोर्खा ब्रुअरी प्रशासकीय पुनरावलोकनमा जाँदै

काठमाडौँ । अन्तःशुल्क निर्धारणसम्बन्धी सर्वोच्च अदालतको आदेश चित्त नबुझेपछि गोर्खा ब्रुअरी प्रशासकीय पुनरवलोकनमा जाने भएको छ । प्रशासकीय पुनरावलोकनमा जान जम्मा गर्नुपर्ने २५ प्रतिशत रकम कम्पनीले आन्तरिक राजश्व कार्यालय भरतपुरमा जम्मा गरिसकेको छ । कार्यालय प्रमुख शुवप्रसाद रिजालका अनुसार भदौ ९ गते कूल रकमको २५ प्रतिशत रकम रु २१ करोड ७८ लाख ब्रुअरीले कार्यालयमा जम्मा गरेको छ । अन्तःशुल्क ऐन, २०५८ को दफा १९ मा अन्तःशुल्क अधिकृतले अन्तःशुल्क निर्धारण तथा असुलीका सम्बन्धमा गरेको निर्णयउपर चित्त नबुझेमा त्यस्तो सूचना पाएको मितिले ३० दिनभित्र प्रशासकीय पुनरावलोकनका लागि महानिर्देशकसमक्ष निवेदन दिनसक्ने उल्लेख छ ।

राष्ट्रिय वाणिज्य बैंकद्वारा एकैपटक १४ शाखा विस्तार

राष्ट्रिय वाणिज्य बैंकद्वारा एकैपटक १४ शाखा विस्तार

काठमाडौँ । सरकारी स्वामित्वमा रहेको राष्ट्रिय वाणिज्य बैंकले एकैपटक आफ्ना १४ शाखा कार्यालय विस्तार गरेको छ । अब बैंकको शाखा कार्यालय २२२ बाट २३६ पुगेको छ । २८ कमिर्शियल बैंकमध्ये सबैभन्दा बढी अर्थात् ३१ लाख ग्राहक पुगेको सो बैंकले बुधबार विस्तार गरेको शाखा कार्यालयमा चकचकी (झापा) कसिंयावजार (मोरङ), चन्द्रपुर (रौतहट), भीमफेदी (मकवानपुर), बलवाबजार र पिपरा (महोत्तरी), पोखरीया (पर्सा), टोखा र कोटेश्वर (काठमाडौँ), खैरेनीटार (तनहुँ), पूर्तिघाट (गुल्मी) चन्द्रौटा –कपिलबस्तु र घोराही (दाङ) रहेका छन् । सबै जिल्लामा बैंकको पहुँच पुगेको छ ।

प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

जीवनशैली/स्वास्थ्य

शनिवार भुलेर पनि नखानुहोस् यी खानेकुरा

शनिवार भुलेर पनि नखानुहोस् यी खानेकुरा

काठमाडौँ । शनिवारको दिनलाई भगवान शनिको दिन मानिन्छ । कुण्डलीमा शनिदोष छ भने त्यस्ता व्यक्तिले शनिवारको दिन भोजन गर्दा सावधानी अपनाउनुपर्ने हुन्छ ।

विचित्र विश्व

पत्रपत्रिकामा राखेका खानेकुरा कहिल्लै नखानुहोस्

पत्रपत्रिकामा राखेका खानेकुरा कहिल्लै नखानुहोस्

काठमाडौँ । धेरै व्यक्ति घरमा खाना प्याक गर्न पनि अखबारै प्रयोग गर्ने गर्दछन् । तारेका, भुटेका खाद्य पदार्थको तेल सोसियोस् भनेर पनि अखबारमा ती चीज राख्ने गरिन्छ । यसरी अखबारमा राखिएको कुनै पनि खाद्यपदार्थ हाम्रो स्वास्थ्यका लागि निकै धेरै जोखिमपूर्ण हुने एक अध्ययनले देखाएको छ ।