अन्ततः रवि पक्राउ प्रकरणबारे बोलिन् भरतपुरकी मेयर रेणु दहाल

चितवन । पत्रकार शालिकराम पुडासैनीको आत्महत्यापछि चितवनमा विकास भएका एकपछि अर्को घटनाबारे मौन रहेकी भरतपुर महानगरपलिकाकी मेयर रेणु दाहालले मुख खोलेकी छिन् । विस्तृतमा


राष्ट्रपति, वनमन्त्री, सांसद लगायतको टोली पोल्याण्डमा

राष्ट्रपति, वनमन्त्री, सांसद लगायतको टोली पोल्याण्डमा

वार्सा, पोल्याण्ड । राष्ट्रपति विद्यादेवी भण्डारी कोप २४ को विश्व सम्मेलनलाई सम्बोधन गर्ने सिलसिलामा पोल्याण्डको राजधानी वार्सा आइपुगेकी छिन् । उनलाई पोल्याण्डका लागि नेपाली राजदूत रमेशप्रसाद खनालले चोपिन वार्सा अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरे ।

भारतबाट औषध ल्याउने दुई युवक पक्राउ

भारतबाट औषध ल्याउने दुई युवक पक्राउ

महोत्तरी । भारतबाट लागुऔषध बोकी नेपाल प्रवेश गरेका दुई युवकलाई महोत्तरी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनुषा जिल्लाको मिथिला नगरपालिका–६ बस्ने १८ वर्षीय मौसम लामा र वडा नं १० बस्ने १९ वर्षीय भीमबहादुर खप्तडी मगर रहेको प्रहरी नायब उपरीक्षक खड्काले बताए ।

बसको रेडिवाटर पड्किँदा ६ जना घाइते, तीन जनाको अवस्था गम्भीर

बसको रेडिवाटर पड्किँदा ६ जना घाइते, तीन जनाको अवस्था गम्भीर

गौशाला । ‘शिवचर्चा’ को लागि श्रद्धालु बोकेर महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरबाट सोनमा गाउँपालिकाको सुन्दरपुर जाँदै गरेको एक बसको रेडिवाटर पड्किँदा आधा दर्जन श्रद्धालु घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार शनिबार जलेश्वरबाट सुन्दरपुर जाँदै गरेको ज१ख ८७४ नंको बसको सम्सी गाउँपालिका–८ स्थित सडकखण्डमा अचानक रेडिवाटर पड्किँदा चालकसहित आधा दर्जन श्रद्धालु घाइते भएका छन् ।

सुरक्षा दिनुहोस् भन्दै घरभित्र पस्नेले धनमाल लुटे

सुरक्षा दिनुहोस् भन्दै घरभित्र पस्नेले धनमाल लुटे

काठमाडौ‌ं । साँझ ७ बजेतिर ३ जना युवा ‘हामीलाई बचाइदिनुस्, सुरक्षा दिनुस्’ भन्दै भरतपुर ८ गौरीगन्ज ज्योतिष टोलस्थित तारानाथ सुवेदीको घरमा पसे। घरधनीले आपत् परेको होला भनेर आश्रय दिए । राति १० बजेपछि जाने भन्दै उनीहरूले सोही घरमा खाना पनि खाए । आश्रय दिएकै युवा लुटपाट गरी फरार भए।

शिर झुकाउँदै ओलीले चर्चको प्रशंसा गरेपछि...

शिर झुकाउँदै ओलीले चर्चको प्रशंसा गरेपछि...

काठमाडौं । युनिफिकेसन चर्चको प्रशंसा र त्यसकी प्रमुख हक जा हान (म्याडम मुन) को सम्मानमा शिर निहुर्‍याउँदै नेपाललगायत ५० देशका उच्च पदस्थहरूले ‘एसिया प्यासिफिक समिट’ को शनिबार उद्घाटन गरेका छन् । सम्मेलन ‘म्याडम मुन’ र उनको चर्चको प्रचारका लागि गरिएको भन्दै प्रमुख प्रतिपक्षी कांग्रेस त्यसमा सहभागी भएन ।

तीन दिनदेखि प्रधानमन्त्री ओलीको बास सोल्टी होटलमा

तीन दिनदेखि प्रधानमन्त्री ओलीको बास सोल्टी होटलमा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली सम्मेलनमा आएका पाहुनाको स्वागतका लागि तीन दिनदेखी होटल सोल्टीमै बस्दै आएका छन् । प्रधानमन्त्री एउटा चर्चको कार्यक्रममा सहभागी हुन निवासै छोडेर बस्नु आपत्तिजनक हो, एक कुटनीतिज्ञले टिप्पणी गरे, यसले वाह्य जगतमा नेपालको बचेखुचेको साख पनि ध्वस्त पारेको छ ।

कालो सूचीमा परेका मेडिकल कलेजमा ६ सय नेपाली विद्यार्थी अध्ययन गर्दै

कालो सूचीमा परेका मेडिकल कलेजमा ६ सय नेपाली विद्यार्थी अध्ययन गर्दै

ढाका, बंगलादेश । बंगलादेशमा कालो सूचीमा परेका ३७ मेडिकल कलेजमा अध्ययन गरिरहेका ६ सयभन्दा बढी नेपाली विद्यार्थीको भविष्य अन्योलमा परेको छ । नेपाल मेडिकल काउन्सिलले त्यस्ता कलेजमा अध्ययनरत विद्यार्थीले मुलुकमा चिकित्सकीय अभ्यास गर्न अनुमति नपाउने स्थिति आउन सक्ने उल्लेख गरेको छ ।

अब डाक्टरले हरेक पाँच बर्षमा परीक्षा दिनुपर्ने

अब डाक्टरले हरेक पाँच बर्षमा परीक्षा दिनुपर्ने

काठमाडौं । डाक्टरहरुको स्वास्थ्य सेवामा चौतर्फी प्रश्न उठ्न थालेपछि हरेक पाँच बर्षमा उनीहरुको परीक्षा हुने भएको छ । गुणस्तरीय स्वास्थ्य सेवा र चिकित्सकको क्षमता बृद्धिका लागि भन्दै मेडिकल काउन्सिलले पाँच—पाँच बर्षमा परीक्षा लिन लागेको हो । यसअघि एकपटक लाईसेन्स पाएपछि डाक्र सधैँका लागि सेवामा योग्य हुने व्यवस्था थियो ।

निर्मलाको हत्यापछि त्रासले उखुबारी छेउबाट हिँड्न छाडे छात्रा

निर्मलाको हत्यापछि त्रासले उखुबारी छेउबाट हिँड्न छाडे छात्रा

काठमाडौं । कक्षा ९ मा पढ्ने लक्ष्मी बडू काठको जीर्ण पुल तरेपछि उखुबारीछेउ खोलाकिनारको पक्की सडक भएर विद्यालय जान्थिन् । उनी कहिलेकाहीँ भाइलाई पनि नकुरेर निर्धक्कसँग एक्लै पनि यही बाटो भएर विद्यालय जानेआउने गर्थिन् । विद्यालय जाने बाटो बदलेका उनी अचेल सो पुल तरेपछि बायाँतिर हुँदै घुमेर विद्यालय जान्छिन् ।

वनभोज खाएर फर्कँदै गर्दा बस दुर्घटना, दुईको मृत्यु, ५० जना घाइते

वनभोज खाएर फर्कँदै गर्दा बस दुर्घटना, दुईको मृत्यु, ५० जना घाइते

सुर्खेत । बीरेन्द्रनगर नगरपालिका–१४ स्थित भे१ख ८४९ नम्बरको बस दुर्घटना हुँदा शनिबार बेलुका दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा लेकबसी नगरपालिका–८ गगनेपानी सुर्खेतकी ४० वर्षीया जानकी दर्लामी र सोही वडाकी २२ वर्षीया देउमाया वन्काटी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक शङ्कर श्रेष्ठले जानकारी दिए ।

प्रेम र यौन

महिलाहरुको लागि हस्तमैथुनले कस्तो भूमिका खेल्छ ?

महिलाहरुको लागि हस्तमैथुनले कस्तो भूमिका खेल्छ ?

एजेन्सी । यौनको कमि, साथीसँगको नराम्रो सम्बन्ध तथा आत्मविश्वासको कमि जस्ता कुराहरुले महिलाको स्वस्थ्यमा असर पुग्ने देखिन्छ । लाइफस्ट्याल कोच ‘लुक कुटिनो’ का अनुसार एक महिलाले जीवनमा यी तीन चीजको कमि रहेमा राम्रो सोच्न नसक्ने बताउँछन् । यौनको असन्तुष्टीलाई मेटाउने एक मात्र विकल्पको रुपमा हस्तमैथुन रहेको छ । यसै हस्तमैथुन किन महिलाको लागि फाइदाजनक छ भनेर चर्चा गरौं ।

जीवनशैली/स्वास्थ्य

राति व्युझिनु भयो, यस्ता कामहरु गर्दै नगर्नुहोस्

राति व्युझिनु भयो, यस्ता कामहरु गर्दै नगर्नुहोस्

एजेन्सी । कोही मानिसहरु मध्यरातमा बिउँझने गर्छन् । ब्युँझिएपछि फेरि निदाउँन कष्ट गर्दा पनि उनीहरु निदाउन सक्दैनन् । यस्तो अवस्थामा धेरै मानिसहरुले गर्न नहुने काम गरिरहेका हुन्छन् ।

विचित्र विश्व

बिहे भएकी महिलालाई हुनसक्छ यस्ता बानी खतरनाक

बिहे भएकी महिलालाई हुनसक्छ यस्ता बानी खतरनाक

एजेन्सी । बिहेपछि हरेक युवती आफ्नो घर छोडेर पतिको घर जान बाध्य हुन्छन् । जहाँ उनीहरुलाई एक अर्को नयाँ परिवार र नाता मिल्दछ । र उनको नयाँ जीवनको सुरुवात हुन्छ । बिहे केटा र केटीको मात्र होइन यसमा दुई परिवारको पनि मिलन हुन्छ ।