अस्ट्रेलियन आप्रवास र बहुसास्कृतिक मन्त्रीद्धारा नेपालीलाई स्वयम सेवा सम्मान प्रदान

सिड्नी । सिड्नीको दक्षिण पश्चिम निवार्चन क्षेत्र बेङ्समा नेपाली समुदायको ब्यवस्थित बसोवासकालागि सहयोग गरेवापत हरी श्रेष्ठलाई स्वयम सेवा सम्मन प्रदन गरिएको छ । विस्तृतमा


पतिले फलामे छडले प्रहार गर्दा एक महिलाको होस सात दिन बितिसक्दा पनि आएन

पतिले फलामे छडले प्रहार गर्दा एक महिलाको होस सात दिन बितिसक्दा पनि आएन

बर्दिया । पतिले फलामे छडले प्रहार गर्दा घाइते एक महिलाको होस सात दिन बितिसक्दा पनि आएको छैन। कोहलपुरस्थित शिक्षण अस्पतालको आइसियु कक्षमा भर्ना भएकी बर्दिया बासँगढी नगरपालिका –५ कि ३३ वर्षीया छोटकनी यादवको अझै होस नखुलेको हो। घरायसी विवादका क्रममा पति दशरथ यादवले फलामे छडले टाउकामा हिर्काउँदा छोटकनी बेहोस भएकी थिइन्। छिमेकी तथा आफन्तको सहयोगमा अस्पताल पु-याइए पनि अझै होस नखुलेको छोटकनीका दाइ धनेष यादवले बताए।

सुन तस्करी र सनम शाक्यको हत्याको मुख्य आरोपी गोरे कारागार चलान

सुन तस्करी र सनम शाक्यको हत्याको मुख्य आरोपी गोरे कारागार चलान

विराटनगर । सुन तस्करी प्रकरण र सनम शाक्यको हत्याको मुख्य आरोपी मानिएका चुडामणि उप्रेती ‘गोरे’लाई आइतबार पुर्पक्षका लागि कारागार चलान गरिएको छ । जिल्ला अदालत मोरङले चार दिनसम्म गोरेसँगको बयानपछि आइतबार नै आजै थुनछेकको वहसको क्रममा जिल्ला अदालतका न्यायाधीश नारायणप्रसाद शर्माको इजलासमा उनलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेशपछि कारागार पठाइएको हो ।

अवकाशकालागि नाम दिएका कर्मचारीले नाम फिर्ता लिन पाउने

अवकाशकालागि नाम दिएका कर्मचारीले नाम फिर्ता लिन पाउने

काठमाडौं । स्वेच्छिक अवकाशमा जानका लागि निवेदन दिएका कर्मचारीमध्ये कुनै कर्मचारीले चाहेमा आवेदन फिर्ता लिन सक्ने भएकाछन् । प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बसेको मन्त्रिपरिषद् बैठकले त्यस्ता कर्मचारीले चाहेको अवस्थामा आवेदन फिर्ता लिन दिने व्यवस्था गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुलप्रसाद बाँस्कोटाले जानकारी दिए ।

प्रेमीसँग घुम्न आएकी युवती होटलमा मृत भेटिएपछि...

प्रेमीसँग घुम्न आएकी युवती होटलमा मृत भेटिएपछि...

नुवाकोट । प्रेमीसँग घुम्न आएकी कास्कीको माछापुच्छ«े गाउँपालिका–२ का विष्णुमाया मगर नुवाकोटको शिवपुरी गाउँपालिका–६ सूर्यचौरस्थित होटलमा आइतबार मृतावस्थामा भेट्टिएकी छिन् । काठमाडौंको टोखा नगरपालिका–६ का राज लवटसँग शनिबार साँझ आएर यहाँको ‘लालीगुराँस लोकल खाजा घर’ नामक होटलमा बसेकी ३० वर्षीया विष्णुमाया मृत भेट्टिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रमुख वसन्त कुँवरले जानकारी दिए ।

सुन तस्करी र हत्यामा प्रहरीका उच्च अधिकारी र राजनीतिक पार्टीका ‘ठूला मानिस’ को मिलेमतो !

सुन तस्करी र हत्यामा प्रहरीका उच्च अधिकारी र राजनीतिक पार्टीका ‘ठूला मानिस’ को मिलेमतो !

विराटनगर । साढे ३३ किलो सुन तस्करी र सनम शाक्य हत्या मुद्दाका मुख्य अभियुक्त भनिएका चूडामणि उप्रेती (गोरे) ले सुन तस्करी गर्ने कार्य प्रहरीका उच्च अधिकारी र राजनीतिक पार्टीका ‘ठूला मानिस’ को मिलेमतोमा हुने गरेको बताएका छन् । जिल्ला अदालत मोरङमा बयानका क्रममा आइतबार उनले यस्तो बताएका हुन् । ‘को–को संलग्न छन्, यकिन भन्न सक्दिनँ,’ उनले भने, ‘तस्करीबाट आउने सबै सुन इन्डिया जान्छ ।’

सुन एयरपोर्टबाट सिधै एसएसपीको कोठामा, किलोको ५० हजार लिन्थे

सुन एयरपोर्टबाट सिधै एसएसपीको कोठामा, किलोको ५० हजार लिन्थे

काठमाडौं । साढे ३३ किलो सुन प्रकरण र सनम शाक्य हत्याका मुख्य अभियुक्त भनिएका चूडामणि उप्रेती गोरेले विमानस्थलबाट सुन बाहिर निकालेबापत एसएसपी श्याम खत्रीले किलोको ५० हजार लिने गरेको खुलासा गरेका छन् ।

सुन तस्करी र सनम हत्या प्रकरण : गोरेको बयान सकियो, थुनछेकको बहस आजै

सुन तस्करी र सनम हत्या प्रकरण :  गोरेको बयान सकियो, थुनछेकको बहस आजै

बिराटनगर । साढे ३३ किलो सुन तस्करी र सनम शाक्य हत्या प्रकरणका मुख्य अभियुक्त मानिएका चुडामणी उप्रेती (गोरे) को बयान सकिएको छ ।

काठमाडौँसहित देशभर तापक्रम वृद्धि, तापक्रम कम हुनलाई बदली र वर्षाको क्रम चलिरहनुपर्ने

काठमाडौँसहित देशभर तापक्रम वृद्धि, तापक्रम कम हुनलाई बदली र वर्षाको क्रम चलिरहनुपर्ने

काठमाडौँ । केही दिनयता निरन्तर घाम लागेका कारण काठमाडौँ उपत्यकासहित देशभरको तापक्रम बढेको छ ।

गोली प्रहार गरी लुटिएको नौ लाखसहित दुई पक्राउ

गोली प्रहार गरी लुटिएको नौ लाखसहित दुई पक्राउ

धनगढी । धनगढीको पुरानो भन्सार रोडमा रहेको एनसिसी बैंक नजिकको चोकबाट आज गोली चलाई रु नौ लाख लुटिएको घटनामा संलग्न भएको आशंकामा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

गोरखामा खानेपानीको धाराबाट मट्टितेल आयो !

गोरखामा खानेपानीको धाराबाट मट्टितेल आयो !

गोरखा । केही समय यता गोरखा सदरमुकाममा रहेका चाइनिज धारामा पेट्रोलियम पदार्थ मिसावटको पानी आउँदा सो क्षेत्रमा खानेपानीको समस्या भएको छ ।

प्रेम र यौन

के हो राम्रो सेक्स ?

के हो राम्रो सेक्स ?

पुरुषहरु बढी सेक्सको बारेमा धेरै कुरा गर्छन् तर, महिलाहरु भने भित्रभित्रै धेरै सेक्सको चाहना धेरै राख्छन् । राम्रो सेक्स धेरै मानिसहरुका लागि अपरिहार्य कुरा हो । भोक लाग्दा खाना खाए जस्तै शरिरले मागेको बेलामा सेक्स गर्नु पनि साधारण कुरा हो । आजकाल धेरैजसो महिलाको आफ्नो पुरुषले शारिरिक सन्तुष्टि प्रदान गर्न नसकेको कुराहरु धेरै सुन्न पाइन्छ ।