चीनकाे सडक प्रयाेग गरेर नेपालकाे गरिबी हटाउछाैँ : प्रधानमन्त्री ओली

सुर्खेत । प्रधानमन्त्री केपी शर्मा ओलीले चीनका सडक प्रयोग गरेर पूर्वदेखि पश्चिमसम्म खाद्यान्न आपूर्तिमा सहजता ल्याउने बताएका छन् । भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको टनेल बोरिङ मेशिनद्वारा निर्मित सुरुङको आज ‘ब्रेक थ्रु’ गर्दै प्रधानमन्त्री ओलीले चीनसँग उत्तरी नाका सञ्चालनका लागि सम्झाैता कार्य अघि बढाइएकाे जानकारी दिए । विस्तृतमा


अदालतकाे अादेशले रिहा भएका प्रकाण्ड पुनः पक्राउ

अदालतकाे अादेशले रिहा भएका प्रकाण्ड पुनः पक्राउ

काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’लाई प्रहरीले पुनः पक्राउ गरेको छ । सर्वोच्च अदालतले प्रकाण्डलाई रिहा गर्न आदेश दिए लगत्तै प्रहरीले उनलाई पुनः पक्राउ गरेको हो । प्रकाण्डलाई गैरकानुनी रुपमा थुनामा राखेको भन्दै उनका छोरा नरेन्द्रबहादुर विश्वकर्माले बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेका थिए ।

विद्यार्थी सङ्गठनको नाम ‘अनेरास्ववियु’ हुने

विद्यार्थी सङ्गठनको नाम ‘अनेरास्ववियु’ हुने

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को भ्रातृ सङ्गठन विद्यार्थी सङ्गठनको नाम ‘अनेरास्ववियु’ राखिने भएको छ । आज बसेको विद्यार्थी एकता कार्यदलको बैठकले विद्यार्थी सङ्गठनको नाम ‘अनेरास्ववियु’ वा छोटकारीमा ‘अखिल’ राख्ने निर्णय गरेको अनेरास्ववियुका अध्यक्ष नवीना लामाले जानकारी दिए ।

पराराष्ट्रमन्त्री द्वारा भारतका विदेशमन्त्रीसँग भेटवार्ता

पराराष्ट्रमन्त्री द्वारा भारतका विदेशमन्त्रीसँग भेटवार्ता

काठमाडौँ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले आज अपराह्न आफ्ना भारतीय समकक्षी श्रीमती सुष्मा स्वराजसँग भारतको विदेश मन्त्रालयमा भेटवार्ता गरे ।

नयाँ कानून रुपान्तरणका लागि ऐतिहासिक घटना होः मुख्यमन्त्री भट्ट

नयाँ कानून रुपान्तरणका लागि ऐतिहासिक घटना होः मुख्यमन्त्री भट्ट

धनगढी । आजबाट लागू भएको मुलुकी देवानी तथा फौजदारीसम्बन्धी संहिताको प्रभावकारी कार्यान्वयन हुन सकेमा कानूनी राज्य स्थापना हुनेमा जोड दिइएको छ । मुलुकी देवानी फौज्दारीसम्बन्धी संहिता लागू भएको अवस्थामा प्रदेश नं ७, आन्तरिक मामिला तथा कानून मन्त्रालयद्वारा आज यहाँ आयोजित अन्तरक्रियाका वक्ताहरुले नयाँ कानूनलाई हरेक व्यक्तिले आ–आफ्नो नैतिकता र आचरणसँग जोड्दै सफल कार्यान्वयन गर्ने-गराउनेतर्फ लाग्नुपर्ने आवश्यकता औँल्याए ।

विषयगत समितिको सभापतिको निर्वाचन १२ दिनपछि

विषयगत समितिको सभापतिको निर्वाचन १२ दिनपछि

काठमाडौँ । प्रतिनिधिसभा मातहतका विषयगत समितिको सभापतिको निर्वाचन १२ दिन पर धकेलिएको छ । प्रतिनिधिसभाको आजको बैठकमा सभामुख कृष्णबहादुर महराले यही भदौ ५ गतेका लागि तोकिएको निर्वाचन मिति विशेष कारण भदौ १७ गते आइतबारका लागि सारिएको जानकारी दिए ।

भदौ २४ गतेबाट लागु हुने गरी पूर्णचन्द्र थापा प्रधानसेनापतिमा नियुक्त

भदौ २४ गतेबाट लागु हुने गरी पूर्णचन्द्र थापा प्रधानसेनापतिमा नियुक्त

काठमाडौं । सरकारले नेपाली सेनाको प्रधानसेनापतिमा पुर्णचन्द्र थापालाई नियुक्त गर्ने निर्णय गरेको छ।मन्त्रिपरिषदको शुक्रबार बसेको बैठकले आगामी भदौ २४ गतेबाट लागु हुने गरी थापालाई प्रधानसेनापतिमा नियुक्त गर्ने निर्णय गरेको हो । थापालाई यसअघि नै सरकारले कामु सेनापतिको जिम्मेवारी दिइसकेको थियो ।

भारतका पूर्वप्रधानमन्त्री अटलबिहारीको अन्त्येष्टिमा सहभागी हुन परराष्ट्रमन्त्री नयाँ दिल्लीमा

भारतका पूर्वप्रधानमन्त्री अटलबिहारीको अन्त्येष्टिमा सहभागी हुन परराष्ट्रमन्त्री नयाँ दिल्लीमा

काठमाडौँ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली नेपालको प्रतिनिधित्व गर्दै भारतका पूर्वप्रधानमन्त्री अटलबिहारी वाजपेयीको अन्त्येष्टिमा भाग लिन आज अपराह्न भारतको राजधानी नयाँ दिल्ली पुगेका छन् । आजै अपराह्न नयाँ दिल्लीमा हुने अन्त्येष्टिमा भाग लिएर पररष्ट्रमन्त्री ज्ञवाली भोलि स्वदेश फर्कन कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

महिलाको समृद्धिविना प्रदेश र मुलुकको समृद्धि सम्भव छैन : मुख्यमन्त्री राउत

महिलाको समृद्धिविना प्रदेश र मुलुकको समृद्धि सम्भव छैन : मुख्यमन्त्री राउत

महेन्द्रनगर । प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले आधा आकाश ढाकेको महिलाको समृद्धिविना प्रदेश र मुलुकको समृद्धिको कल्पनासमेत गर्न नसकिने बताएका छन् । दोस्रो नेपाल बालिका सम्मेलन २०७५ को उद्घाटन सत्रलाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले कुनै पनि बहानामा महिलालाई उपेक्षित गर्न नमिल्ने बताए ।

मधेशमा प्रधानमन्त्री अाेलीकाे छवि अझै सुध्रिएन, स्वागत गर्न सांसद नै अनिच्छुक

मधेशमा प्रधानमन्त्री अाेलीकाे छवि अझै सुध्रिएन, स्वागत गर्न सांसद नै अनिच्छुक

काठमाडौँ । प्रदेश २ का प्रदेशसभा सदस्य उपेन्द्र महतोले प्रधानमन्त्री केपी शर्मा ओलीलाई जनकपुरमा स्वागत गर्ने इच्छा नभएको बताएका छन् । शनिबार प्रदेश २ को प्रदेशसभालाई सम्बोधन गर्ने कार्यक्रम तय गरेका प्रधानमन्त्री ओलीलाई खुला पत्र लेख्दै राजपाका सांसद महतोले प्रोटोकलकै लागि भए पनि प्रधानमन्त्रीलाई स्वागत गर्ने इच्छा नभएको बताएका हुन् ।

भरतपुर महानगरमा प्रमुख र उप-प्रमुखबीच बढ्याे असमझदारी, काँग्रेसद्वारा समीक्षा बैठक बहिष्कार

भरतपुर महानगरमा प्रमुख र उप-प्रमुखबीच बढ्याे असमझदारी, काँग्रेसद्वारा समीक्षा बैठक बहिष्कार

चितवन । भरतपुर महानगरपालिकाका प्रमुख र उप–प्रमुखबीच असमझदारी बढेको छ । महानगरकी प्रमुख रेनु दाहाल र उप–प्रमुख पार्वती शाहबीच असमझदारी बढ्दा बिहीबार बोलाइएको महानगरपालिकाको वार्षिक समीक्षा गोष्ठी समेत प्रभावित बन्न पुग्यो ।

प्रेम र यौन

अविस्मरणीय सुहागरातका लागि

अविस्मरणीय सुहागरातका लागि

विवाह पहिले यौन सम्पर्क गर्नु वा नगर्नु व्यक्तिको निर्णय हो । नवविवाहित दम्पतीले कौमार्यकै आधारमा एक अर्कालाई परीक्षण गर्नु उपर्युक्त हुँदैन । जोडीको ध्यान र क्रियाकलाप आफ्नो पहिलो यौन क्रियाकलापलाई कसरी खास बनाउने भन्नेमा केन्द्रीत हुनुपर्छ ।

जीवनशैली/स्वास्थ्य

अनुहारमा बरफ दल्नुका फाइदा

अनुहारमा बरफ दल्नुका फाइदा

गर्मी याममा अनुहारमा चमक ल्याउन आइस प्रयोग गर्न सकिन्छ । प्राकृतिक चमक पाउन अनुहारमा नियमित बरफ दल्नुपर्छ ।