केपी ओलीदेखि सीके राउतसम्म : सामाजिक सञ्जालमा को कति सक्रिय ?

सामाजिक सञ्जालको रूपमा फेसबुक र ट्वीटरको आगमनपछि विश्व अत्याधिक साँघुरिएको छ । यसले आफुलाई वैकल्पिक मिडियाको रूपमा जबर्जस्त उभ्याएको छ । यसको उपयोगिता, प्रभाव र दुष्प्रभावहरूलाई लिएर बहसहरू समेत व्यापक भइरहेका छन् । तर यसपछिको विकल्प के भन्ने प्रश्न चैँ अझै निरुत्तरित छ । नेपालमा पनि सामाजिक सञ्जालको प्रयोग दिनप्रतिदिन बढ्दो छ । सामाजिक सञ्जाललाई विभिन्न व्यक्तिहरूले विभिन्न ढंगले प्रयोग गरिरहेका छन् । प्रयोग जे जसरी भए पनि सामाजिक सञ्जालमा नजोडिनु भनेको अहिले ‘असामाजिक’ हुनुसरह भइसकेको छ । यसै सन्दर्भमा नेपालका राजनीतिक दलका नेताहरू सामाजिक सञ्जालमा कति सक्रिय छन् ? उनीहरूले त्यसको कसरी प्रयोग गरिरहेका छन् ? भन्ने विषयमा आधारित रहेर यहाँ १२ जना नेताको सामाजिक सञ्जाललाई नियालिएको छ । विस्तृतमा


नेकपा र फोरमबीच सहमतिः संविधान संसोधन गर्न सरकार तयार

नेकपा र फोरमबीच सहमतिः संविधान संसोधन गर्न सरकार तयार

काठमाडौँ, १४ जेठ । नेपाल कम्युनिस्ट पार्टी र संघीय समाजवादी फोरमबीच दुईबुँदे सहमति भएको छ ।

प्रचण्डकै सहयोगी एकताविरुद्व !

प्रचण्डकै सहयोगी एकताविरुद्व !

काठमाडौं । पार्टी एकतापछि पूर्वमाओवादी नेता कार्यकर्तामा निकै छटपटी बढेको खबर छ । एकातिर छोडेर जान नमिल्ने अर्कातिर पार्टीको केन्द्रीय समितिमा नपर्ने । यो द्विाविधको बीचमा हिजोको किचेन क्याविनेटकै नेता कार्यकर्ताहरु विच्किन थालेको स्रोत बताउँछ । यही क्रममा प्रचण्ड प्रधानमन्त्री हुँदा सचिवालयमा बसेर काम गरेका विद्यर्थी नेता रमेश मल्ल नै अहिले प्रचण्डसँग असन्तुष्ट भएर बिच्किएका छन् ।

नेकपाद्वारा मधेस गठबन्धन सरकारलाई दिएको समर्थन फिर्ता

नेकपाद्वारा मधेस गठबन्धन सरकारलाई दिएको समर्थन फिर्ता

काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी नेकपाले प्रदेश २ मा मधेस गठबन्धन सरकारलाई दिएको समर्थन आईतबार फिर्ता लिई संसदमा प्रमुख प्रतिपक्षी दलको मान्यता मागेको छ । नेकपाले यसअघि समर्थन पदेशसभाको आईतबार बसेको दोस्रो अधिवेशनको पहिलो बैठकबाट फिर्ता लिएको हो । संघीय समाजवादी फोरम नेपाल नेतृत्वको सरकारलाई छुट्टाछुट्टै रुप्मा तत्कालीन एमाले र माओवादी केन्द्रले समर्थन गरेका थिए ।

फोरम र राजपाकाे दुरी बढ्यो

फोरम र राजपाकाे दुरी बढ्यो

काठमाडाैं । प्रदेश २ को सरकार गठबन्धनमा रहेका संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टी राजपा बीच दुरी बढेको छ । सरकारको नीति तथा कार्यक्रममा फोरमले समर्थन जनाएपछि यी दुई दलबीचको सम्बन्धमा चिसोपन आएको हो । फोरमले सरकारको नीति तथा कार्यक्रममा सविधान संशोधन मुद्धा नपरेको भन्दै संशोधन हालेको थियो ।

बालृष्ण ढुंगेल रिहार्इको विरोध गर्दै प्रर्दशन (फोटोफिचर)

बालृष्ण ढुंगेल रिहार्इको विरोध गर्दै प्रर्दशन (फोटोफिचर)

काठमाडौं । माओवादी नेता तथा पूर्वसांसद बालकृष्ण ढुंगेललाई रिहाइ गर्न नहुने भन्दै आज माइतीघर मण्डलामा प्रर्दशन गरिएको छ । ओखलढुंगाका उजन श्रेष्ठको हत्याको अभियोगमा जेल सजाय कटाइरहेका ढुंगेललाई रिहाई गर्न नहुने भन्दै प्रर्दशन गरिएको हो ।

नेकपाले छाड्यो सरकार, अब प्रमुख प्रतिपक्षी

नेकपाले  छाड्यो सरकार, अब प्रमुख प्रतिपक्षी

काठमाडौं । एमाले र माओवादी केन्द्र मिलेर बनेको नेपाल कम्युनिष्ट पार्टी नेकपाले प्रदेश २ मा सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । समर्थन फिर्ता लिएसँगै नेकपा प्रमुख प्रतिपक्षी दल भएको छ । केन्द्रमा फोरम र राजपालाई सरकारमा ल्याउने कसरतमा रहेको नेकपाले प्रदेशमा भने सरकार छाडेको हो ।

प्रेसलाई अधिनायकवादका पक्षमा जबर्जस्त गरे कांग्रेस सडकमा जान्छःदेउवा

प्रेसलाई अधिनायकवादका पक्षमा जबर्जस्त गरे कांग्रेस सडकमा जान्छःदेउवा

काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले निरंकुशता र अधिनायकवादका विरुद्ध नेपाली काँग्रेस सबैसँग एक जुट भई अगाडि बढ्ने बताए ।

पाँच वर्षभित्र काठमाडौंमा रेल चल्छ: प्रधानमन्त्री ओली

पाँच वर्षभित्र काठमाडौंमा रेल चल्छ: प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अबको पाँच वर्षभित्र काठमाडौंमा रेल चल्ने दावी गरेका छन् । नयाँ बानेश्वरस्थित संसद भवनमा बोल्दै ओलीले पाँच वर्षभित्र काठमाडौंबाट भारतको सीमावर्ती क्षेत्र रक्सौलसँग जोड्ने गरी रेलमार्ग निर्माण गर्ने सहमति भइसकेको बताए । काठमाडौं रक्सौल रेल्वे निर्माणका लागि प्राविधिकको कार्यदल बनाएर सर्वेक्षण भएको र समझदारी पत्रमा हस्ताक्षर भइसकेको ओलीले जानकारी दिए ।

संसदमा प्रधानमन्त्रीको जवाफः प्रतिपक्षीले विरोध गर्ने चलन पुरानो हो, सरकार विकासप्रति महत्वाकांक्षी नै छ

संसदमा प्रधानमन्त्रीको जवाफः प्रतिपक्षीले विरोध गर्ने चलन पुरानो हो, सरकार विकासप्रति महत्वाकांक्षी नै छ

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले ल्याएको नीति तथा कार्यक्रम आकांक्षाहिन नरहेको बताएका छन् । नयाँ बानेश्वरस्थित संसद भवनमा बोल्दै ओलीले सरकारले ल्याएको नीति तथा कार्यक्रमले विकासको आकांक्षा बोकेको बताए । आन्दोलनका समयमा सहिद, घाइते भएकाहरुलाई स्मरण गर्दै ओलीले नीति तथा कार्यक्रमबारे सकारात्मक कुराहरु आएको बताए । नीति तथा कार्यक्रम सम्बन्धमा वास्तवमा थप स्पष्ट पार्नुपर्ने आवश्यक नदेखिएको उनले बताए ।

महन्थ ठाकुरलाई सभामुखमा प्रस्ताव

महन्थ ठाकुरलाई सभामुखमा प्रस्ताव

काठमाडाैं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले राष्ट्रिय जनता पार्टी अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरलाई प्रतिनिधिसभा सभामुखको प्रस्ताव गरेको छ । यसअघि विघटित नेकपा एमालेले संघीय समाजवादी फोरमलाई सरकारमा ल्याउन पहल गरेको थियो । नेकपाका नेताहरुले ठाकुरलाई सभामुख हुने प्रस्ताव गरेका छन् ।

प्रेम र यौन

के हो राम्रो सेक्स ?

के हो राम्रो सेक्स ?

पुरुषहरु बढी सेक्सको बारेमा धेरै कुरा गर्छन् तर, महिलाहरु भने भित्रभित्रै धेरै सेक्सको चाहना धेरै राख्छन् । राम्रो सेक्स धेरै मानिसहरुका लागि अपरिहार्य कुरा हो । भोक लाग्दा खाना खाए जस्तै शरिरले मागेको बेलामा सेक्स गर्नु पनि साधारण कुरा हो । आजकाल धेरैजसो महिलाको आफ्नो पुरुषले शारिरिक सन्तुष्टि प्रदान गर्न नसकेको कुराहरु धेरै सुन्न पाइन्छ ।