‘विप्लव नेतृत्व समूहलाई बाहिर राखेर अघि हिँड्दा हिंसा र द्वन्द्व निम्तिने खतरा’

काठमाडौँ । विभिन्न राजनीतिक दलका नेताले नेत्रविक्रम चन्द नेतृत्वको समूहसँग निर्णायक तहमा वार्ता गरी राजनीतिक समस्या स्थायीरुपमा समाधान गर्नुपर्ने बताएका छन् । रिपोर्टर्स क्लबमा बुधबार भएको साक्षात्कारमा उनीहरुले सानो झिल्कोका रुपमा विकास भएको चन्द नेतृत्व समूहलाई बाहिर राखेर अघि हिँड्दा हिंसा र द्वन्द्व निम्तिने खतरा उत्पन्न हुने भन्दै समयमा नै सरकार गम्भीर भएर वार्ता गर्नुपर्नेमा जोड दिए । विस्तृतमा


नेकपाकाे प्राथमिकतामा पर्‍याे संविधान संशाेधन

नेकपाकाे प्राथमिकतामा पर्‍याे संविधान संशाेधन

काठमाडौँ । संविधान संशोधनको विषयलाई नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले आफ्नो राजनीतिक दस्तावेजमा प्रमुखतासाथ उठाएको छ । पार्टी एकीकरणपछि पहिलो पटक तयार पारिएको राजनीतिक दस्तावेजमा नेकपाले संविधान संशोधनको विषयलाई पटक पटक उल्लेख गरिएको हो । हालै नेकपाको केन्द्रीय समिति बैठकले पारित समेत गरेको उक्त दस्तावेजमा भनिएको छ, ‘‘नयाँ संविधान गतिशील संविधान हो । नेपालको राष्ट्रिय सार्वभौमिकता, भौगोलिक अखण्डता, स्वाधीनता र नेपाली जनतामा निहित सार्वभौमसत्ताबाहेक कुनै पनि कुरा असंशोधनीय वा अपरिवर्तनीय छैन ।’

तरुण दलले ‘युवा संवाद नागरिक सद्भाव’ कार्यक्रम गर्ने

तरुण दलले ‘युवा संवाद नागरिक सद्भाव’ कार्यक्रम गर्ने

काठमाडौँ । नेपाली काँग्रेसको भ्रातृ संस्था नेपाल तरुण दलले ‘युवा संवाद नागरिक सद्भाव’ कार्यक्रम सञ्चालन गर्ने भएको छ । तरुण दलले आफ्नो संगठनलाई थप मजबुत र सशक्त बनाउन असार महिनाभर विभिन्न अभियान सञ्चालन गर्न लागेको महासचिव भूपेन्द्रजंग शाहीले जानकारी दिए ।

एकिकरणको लागि दुवै युवा संगठनका कार्यक्रम स्थगित

एकिकरणको लागि दुवै युवा संगठनका कार्यक्रम स्थगित

काठमाडौँ । युवा संघ नेपाल र योङ कम्युनिष्ट लिग (वाइसिएल) को एकीकरणका लागि दुवै संगठनका आगामी कार्यक्रम स्थगित गरिएको छ । दुवै संगठनका कार्यक्रम स्थगित भएपछि अब दैनिक कार्यक्रम, सांगठनिक प्रशासनिक तथा राजनीतिक गतिविधि गर्न नपाइने तर यसअघि संगठन एकीकरणका लागि पार्टीले गठन गरेको कार्यदलले भने अब संगठनका कार्यक्रमलाई अगाडि बढाउने भएको छ ।

मुलुकका लागि सक्षम, समर्पित र आदर्शमुखी प्रशासक तयार गर्न राष्ट्रपति भण्डारीको निर्देशन

मुलुकका लागि सक्षम, समर्पित र आदर्शमुखी प्रशासक तयार गर्न राष्ट्रपति भण्डारीको निर्देशन

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकका लागि सक्षम, समर्पित र आदर्शमुखी प्रशासक तयार गर्न निर्देशन दिएका छन् । लोकसेवा आयोगको ६८औँ वार्षिकोत्सवका अवसरमा आज आयोजित समारोहमा उनले आयोगले कार्यसम्पादनमा आधुनिक नवीन प्रविधि र तालीम अभिमुखीकरणबाट आवश्यक ज्ञान सीप बढाउनेखालका कार्यक्रम बनाउन सुझाव दिए ।

प्रधानमन्त्री भन्छन्ः समृद्धिको बाधक बन्न खोज्नेहरु समाप्त हुन्छन्

प्रधानमन्त्री भन्छन्ः समृद्धिको बाधक बन्न खोज्नेहरु समाप्त हुन्छन्

काठमाडौं । प्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टीको अध्यक्ष केपी शर्मा ओलीले सरकार मुलुकको समृद्धिका लागि निरन्तर लागिरहेको बताउँदै समृद्धिको बाधक बन्न खोज्नेहरु समाप्त हुने दाबी गरेका छन् । उनले राष्ट्र र जनताको सर्वोपरी हित नै सरकारको प्रमुख लक्ष्य रहेको बताए । प्रथम विज्ञान सूचना प्रविधि राष्ट्रिय युवा सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले समृद्धि र विकासको बाधक तत्वलाई पराजित गर्दै सरकार अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका हुन् ।

सरकारले जनताको अपेक्षाअनुसार नै काम गरिरहेको नेता भट्टराईको भनाई

सरकारले जनताको अपेक्षाअनुसार नै काम गरिरहेको नेता भट्टराईको भनाई

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य योगेश भट्टराईले सरकारले जनताको अपेक्षाअनुसार नै काम गर्ने प्रयास गरिरहेको बताएका छन् । पार्टी केन्द्रीय कार्यालय धूम्रबाराहीमा प्रेस सेन्टर नेपालको केन्द्रीय समितिको बैठकलाई सम्बोधन गर्दै उनले नेपाली काँग्रेसले सरकारको हरेक काममा अधिनायकवाद देखेको भन्दै आपत्ति जनाए ।

प्रदेश तीनमा नेकपाको नेतृत्वका लागि ६ नेताको दाबी, भाग मिलाउन केन्द्रलाई सकस

प्रदेश तीनमा नेकपाको नेतृत्वका लागि ६ नेताको दाबी, भाग मिलाउन केन्द्रलाई सकस

काठमाडौं । तत्कालिन नेकपा एमाले र माओवादी केन्द्र मिलेर बनेको नेपाल कम्युनिष्ट पार्टीमा अहिले पदको भागबण्डा मिलाउन हम्मेहम्मे परेको छ । अहिले मूलत पार्टी नेतृत्वले सात वटा प्रदेशको नेतृत्व चयन गर्ने अभ्यास गरिरहेको छ । तर, पूर्व एमाले र माओवादीले कुन–कुन प्रदेशको नेतृत्व लिने र कसलाई अघि बढाउने भन्नेमा तनाव भएको बुझिएको छ ।

संघीयता धेरै टिक्दैनः अध्यक्ष केसी

संघीयता धेरै टिक्दैनः अध्यक्ष केसी

बागलुङ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संघीयता धेरै नटिक्ने दाबी गरेका छन् । प्रगतिशील पत्रकार संघले बिहीबार यहाँ आयोजना गरेको पत्रकार भेटघाटमा उनले संघीयता देशलाई भारी भएको टिप्पणी गरे । अध्यक्ष केसीले नेपालको अर्थतन्त्रले संघीयता धान्न नसक्ने जिकीर गरे । उनले भने, “जसोतसो केही वर्ष धानिएला, अन्ततः संघीयता खारेज हुन्छ ।”

प्रधानमन्त्री ओलीको चीन भ्रमणका कार्यसूची निर्धारण

प्रधानमन्त्री ओलीको चीन भ्रमणका कार्यसूची निर्धारण

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको आगामी असार ५ गतेदेखि हुने चीनको औपचारिक भ्रमणका अधिकांश कार्यसूची निर्धारण भएका छन् । प्रधानमन्त्री ओलीबाट दुई वर्षअघि भएको चीन भ्रमणका बेला गरिएका द्विपक्षीय सन्धि सम्झौताको कार्यान्वयनमा केन्द्रित रहने यो भ्रमण नेपालको परिवर्तित राजनीतिक सामाजिक सन्दर्भमा समृद्धितर्फको यात्रालाई सफल बनाउन भौतिक पूर्वाधार निर्माणका केही परियोजनाहरुमा चिनियाँ सहयोग प्राप्त हुने प्रायः पक्का भएको छ ।

एकताको जगमा समाजको समृद्धिः नेता भट्टराई

एकताको जगमा समाजको समृद्धिः नेता भट्टराई

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका स्थायी कमिटीका सदस्य योगेश भट्टराईले लामो समयको प्रयासपछि नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) को एकता भएकाले यसको जगमा समाजको रुपान्तरण र समृद्धिमा लाग्न सरकार र पार्टी पङ्ति क्रियाशील हुनुपर्ने बताएका छन् । प्रेस चौतारी नेपाल केन्द्रीय कमिटीको बैठकको उद्घाटनसत्रमा नेता भट्टराईले कम्युनिष्टहरुबीचको एकताले स्वदेश र विदेशमा सकारात्मक सन्देश गएकाले अब जनताको चाहना र आवश्यकतालाई पूरा गर्ने समय आएको बताएका हुन् ।

प्रेम र यौन

यौन शिक्षा– यस्तो बेलामा यौन सम्बन्ध नराखौं !

यौन शिक्षा– यस्तो बेलामा यौन सम्बन्ध नराखौं !

कस्तो अवस्थामा यौन सम्पर्क गर्ने र कस्तो अवस्थामा नगर्ने भन्ने आ–आफ्नै धारणा, तर्क सुनिन्छ । कतिपय अवस्थामा यौन सम्पर्क गर्नै हुन्न । महिलाले आफ्नो शिशुलाई स्तनपान गराईरहेको समयमा शिशुसँग रमाइरहेका हुन्छन् ।

जीवनशैली/स्वास्थ्य

कब्जियत के हो ? यस्तो छ उपचार विधि

कब्जियत के हो ? यस्तो छ उपचार विधि

एजेन्सी । स्वस्थ्य रहनको लागि नियमित रुपमा समयमा मल र मूत्रको त्याग गर्नु जरुरी छ । सामान्य स्वस्थ मानिसलाई दिनमा दुई पटक बिहान र साँझ पेट सफा र हल्का हुने गरी दिसा हुनुपर्दछ ।

विचित्र विश्व

सुत्ने कोठामा यस्ता सामाग्रीहरु छन् भने तपाईको जीवनमा संकट आउँन सक्छ

सुत्ने कोठामा यस्ता सामाग्रीहरु छन् भने तपाईको जीवनमा संकट आउँन सक्छ

एजेन्सी । दाम्पत्य जीवनलाई सुखमय बनाउनको लागी धेरै कुरामा ध्यन दिनुपर्छ । जस मध्ये सुत्ने कोठा महत्वपूर्ण मानिन्छ । सुत्ने कोठमा यी ६ गल्तीहरु भुलेर पनि कहिल्यै नगर्नुहोस् । यी गल्तीले त्यस कोठामा सुत्ने मानिसहरु बिच अविश्वास पैदा गरिदिन्छन् ।