दाङको उपनिर्वाचनमा १६ उम्मेदवारको जमानत जफत

दाङ । दाङमा भएको उपनिर्वाचनमा १६ जनाको जमानत जफत भएको छ । क्षेत्र नं ३ को प्रदेशसभा २ का १२ र घोराही उपमहानगरपालिका–१६ का चारजना उम्मेदवारको जमानत जफत भएको हो । विस्तृतमा


सिङ्गो काँग्रेसको नेता हुन देउवालाई रामचन्द्र पौडेलको आग्रह

सिङ्गो काँग्रेसको नेता हुन देउवालाई रामचन्द्र पौडेलको आग्रह

काठमाडौँ । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले शैलजा आचार्यले गरेको निष्ठाको राजनीतिक सबैका लागि अनुकरणीय भएको बताएका छन् । शैलजा आचार्य आदर्श समाजले शैलजा आचार्यको नवौँ स्मृति दिवसका अवसरमा आज यहाँ आयोजना गरेको कार्यक्रममा उनले भने, “ आचार्य विद्रोही स्वभावको व्यक्ति हुनुहुन्थ्यो, विद्रोही स्वभावका कारण विसं २०१७ मा राजा महेन्द्रलाई कालो झण्डा देखाउँदा जेल बस्नुभयो, उहाँको विद्रोही स्वभाव अन्तिम कालखण्डसम्म कायम रह्रयो ।”

ब्राजिलबाट स्वदेश फर्किए नेता नेपाल र श्रेष्ठ

ब्राजिलबाट स्वदेश फर्किए नेता नेपाल र श्रेष्ठ

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र प्रवक्ता नारायणकाजी श्रेष्ठ १० दिनको ब्राजिल भ्रमण पूरा गरी आज स्वदेश फिर्ता भएका छन् । ब्राजिलको फ्लोरेस्टन फर्नाण्डेज नेशनल स्कूलको अध्ययन भ्रमणमा जानुभएका नेता नेपालले त्यहाँ माक्र्सवाद र जनवादसम्बन्धी प्रवचन दिएका थिए ।

बाबुराम भट्टराईको साथ छाडे खगेन्द्रले, कारण यस्तो

बाबुराम भट्टराईको साथ छाडे खगेन्द्रले, कारण यस्तो

काठमाडौं । खगेन्द्र सापकोटाले नयाँ शक्ति पार्टी छाडेका छन् । सोमबार एक विज्ञप्ति जारी गर्दै सापकोटाले नयाँ शक्ति पार्टी छाडेको बताएका हुन् । उनले आम नेपाली हिन्दु जनताले नयाँ शक्ति पार्टीको विरोध गर्ने अवस्थाले अब पार्टीमा झुण्डिएर बस्नु आफ्नो भविष्य समेत अफ्ठयारोमा रहन सक्ने बताएका छन् ।

गृहजिल्लामा मन्त्री यादवको एक्सनः डिपो प्रमुखसहित तीन पक्राउ

गृहजिल्लामा मन्त्री यादवको एक्सनः डिपो प्रमुखसहित तीन पक्राउ

धनुषा । पेट्रोलियम पदार्थको कृत्रिम अभाव सिर्जना गरेको आरोपमा प्रहरीले आज नेपाल आयल निगमको धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–५ महेन्द्रनगरस्थित डिपोका प्रमुखसहित तीन जनालाई पक्राउ गरेको छ । उद्योग वाणिज्य तथा आपूर्ती मन्त्री मातृका यादवले आफ्नै गृहजिल्ला धनुषामा पहिलो पटक यस्तो एक्सन लिएका हुन् ।

प्रचण्डले भनेः कुनै बहाना देखाएर समृद्धि अभियानबाट निस्कने अवस्था छैन

प्रचण्डले भनेः कुनै बहाना देखाएर समृद्धि अभियानबाट निस्कने अवस्था छैन

बर्दिवास । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समृद्धि नै मुलुकका सामु एक मात्र आवश्यकता रहेको बताएका छन्। ने क पा महोत्तरीले सोमबार जलेश्वरमा आयोजना गरेको पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले अब कुनै बहाना र अप्ठ्यारो देखाएर समृद्धि अभियानबाट निस्कने अवस्था नरहेको बताए।

प्रदेश प्रमुख झाबाट विधेयक प्रमाणीकरण

प्रदेश प्रमुख झाबाट विधेयक प्रमाणीकरण

बुटवल । प्रदेश नं ५ का प्रमुख उमाकान्त झाले प्रदेशअन्तर्गतका स्थानीय तहका पदाधिकारी तथा सदस्यहरुले पाउने सेवा सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकलाई प्रमाणीकरण गरेका छन् । नेपालको संविधानको धारा २०१ को उपधारा २ बमोजिम प्रदेश प्रमुख झाबाट आज विधेयक प्रमाणीकरण भएको प्रदेश प्रमुखको कार्यालयका सचिव सनतकुमार दवाडीद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । यसअघि प्रदेशसभाको जेठ १६ गते बसेको बैठकले विधेयक पारित गरेको थियो ।

कानून बनाएर आवासविहीनको व्यवस्थापन गरिने : मन्त्री राई

कानून बनाएर आवासविहीनको व्यवस्थापन गरिने : मन्त्री राई

काठमाडौँ । शहरी विकासमन्त्री मोहम्मद इस्तियाक राईले आवास ऐन बनाएर आवासविहीनहरुको व्यवस्थापन गरिने बताएका छन् । राष्ट्रिय आवास कम्पनी लिमिटेडको ११औँ वार्षिक साधारणसभा उद्घाटन समारोहलाई आज यहाँ सम्बोधन गर्दै उनले कम्पनीको नियमावली, कर्मचारी व्यवस्थापनलगायतका समस्या समाधानका लागि पहल गर्ने प्रतिबद्धता पनि जनाए ।

प्रहरी इन्काउन्टरमा परेका गुण्डा नाइके लामा को हुन् ? यस्तो थियो धन्दा

प्रहरी इन्काउन्टरमा परेका गुण्डा नाइके लामा को हुन् ? यस्तो थियो धन्दा

काठमाडौं । सोमबार दिउँसो मोस्ट वान्टेडको सूचिमा रहेका गुण्डा नाइके अशोक लामामाथि प्रहरीले गोली प्रहार गरेको छ । शंखमुलस्थित यूयनपार्कमा महानगरीय अपराध महाशाखाको विशेष टोलीले लामालाई गोली प्रहार गरेको हो । विभिन्न अपराधमा पक्राउ पर्दै छुट्दै आएका र पछिल्लो समय व्यापारीलाई धम्क्याउँदै आएका अशोक लामालाई प्रहरीले गोली हानेको हो ।

विशेष कारण जनाउँदै संयुक्त संसद् बैठक स्थगित

विशेष कारण जनाउँदै संयुक्त संसद् बैठक स्थगित

काठमाडौँ । संघीय संसद्को दुवै सदन (प्रतिनिधि सभा र राष्ट्रिय सभा)को संयुक्त बैठक विशेष कारण जनाउँदै स्थगित भएको छ । आज अपराह्न १ बजेका लागि बोलाइएको संयुक्त बैठक प्रतिनिधि सभाका सभामुख र राष्ट्रिय सभाका अध्यक्षको निर्देशनअनुसार अर्को सूचना नभएसम्म स्थगित भएको संघीय संसद्का महासचिव मनोहरप्रसाद भट्टराईद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

नयाँ युवा संगठनले माक्र्सवाद र लेलिनवादलाई सैद्धान्तिक आधार बनाउने

नयाँ युवा संगठनले माक्र्सवाद र लेलिनवादलाई सैद्धान्तिक आधार बनाउने

काठमाडौँ । युवा संघ नेपाल र योङ कम्युनिष्ट लिग (वाइसिएल)को एकीकरणका लागि गठित कार्यदलले यही जेठ ३० गते युवा संघको स्थायी कमिटी बैठक बोलाएको छ ।

प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

विचित्र विश्व

विश्वकै ठूला १० सपिङ मल, चीनमा मात्रै चार वटा

विश्वकै ठूला १० सपिङ मल, चीनमा मात्रै चार वटा

एजेन्सी । विश्वमा किनमेल गर्नका लागि ‘सपिङ मल’ लोकप्रिय बन्दै गएको छ । सन् २००८ को मन्दीपछि विश्वव्यापी अर्थतन्त्रको सुधार पनि क्रमशः बलियो हुँदै गएको छ, जसले उपभोक्ताहरूको क्रय क्षमता पनि बढ्ने सम्भावना उच्च बनेको छ ।