चीनकाे सडक प्रयाेग गरेर नेपालकाे गरिबी हटाउछाैँ : प्रधानमन्त्री ओली

सुर्खेत । प्रधानमन्त्री केपी शर्मा ओलीले चीनका सडक प्रयोग गरेर पूर्वदेखि पश्चिमसम्म खाद्यान्न आपूर्तिमा सहजता ल्याउने बताएका छन् । भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको टनेल बोरिङ मेशिनद्वारा निर्मित सुरुङको आज ‘ब्रेक थ्रु’ गर्दै प्रधानमन्त्री ओलीले चीनसँग उत्तरी नाका सञ्चालनका लागि सम्झाैता कार्य अघि बढाइएकाे जानकारी दिए । विस्तृतमा


डा. गाेविन्द केसीसँग भएकाे सम्झाैता अक्षरशः लागु हुन्छ : मन्त्री पाेखरेल

डा. गाेविन्द केसीसँग भएकाे सम्झाैता अक्षरशः लागु हुन्छ : मन्त्री पाेखरेल

काठमाडौँ । शिक्षा, विज्ञान र प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले सरकार र डा. गोविन्द केसीबीच पछिल्लो पटक सम्पन्न सम्झौता सकारात्मक रुपमा अघि बढ्ने बताएका छन् । सिंहदरबारमा सङ्घीय संसद्अन्तर्गतको शिक्षा तथा स्वास्थ्य उपसमितिका संयोजक भैरवबहादुर विष्टको संयोजकत्वमा बसेको बैठकमा अधिकांश सांसदले सरकार र डा. केसीबीचको सम्झौता अक्षरशः लागू हुने या नहुने भन्ने विषयमा सम्बन्धित मन्त्रीको ध्यानार्कषण गरेपछि बैठकमा मन्त्री पाखरेलले सो कुरा बताएका हुन् ।

काँग्रेसमा विधान संशाेधन प्रस्ताव : १४१ सदस्यीय केन्द्रीय कार्यसमिति, अाठ तहकाे संरचना

काँग्रेसमा विधान संशाेधन प्रस्ताव : १४१ सदस्यीय केन्द्रीय कार्यसमिति, अाठ तहकाे संरचना

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसको केन्द्रीय कार्यसमिति १४१ सदस्यीय हुने भएको छ । काङ्ग्रेसले पार्टीको विधानलाई नेपालको संविधानले गरेका नयाँ व्यवस्था सङ्घीयताका आधारमा राज्य पुनःसंरचना, सङ्घीय संसद, प्रदेशसभा र स्थानीय तहको पुनःसंरचना, समावेशी समानुपातिक सिद्धान्तका आधारमा प्रतिनिधित्व सुनिश्चित गर्ने गरी विधान संशोधनको प्रस्ताव तयार गरेको छ ।

महाधिवेशनकाे माग गर्दै काँग्रेस कार्यालयमा नेविसंघकाे धर्ना

महाधिवेशनकाे माग गर्दै काँग्रेस कार्यालयमा नेविसंघकाे धर्ना

काठमाडौँ । नेपाल विद्यार्थी सङ्घले १२ औँ महाधिवेशनको वातावरण निर्माण गर्न माग गरेको छ । नेविसङ्घले ११ औँ महाधिवेशन सम्पन्न भएको दुई वर्ष तीन महिना पुग्दासमेत अर्को महाधिवेशनको वातावरण नबनेको भन्दै आज नेपाली काङ्ग्रेस पार्टी कार्यालयमा नेतृत्वलाई दवाव दिएको हो ।

महामन्त्री शशांक काेइरालाकाे दाबी : थपिएकाे समयमा नेविसंघकाे महाधिवेशन असम्भव

महामन्त्री शशांक काेइरालाकाे दाबी : थपिएकाे समयमा नेविसंघकाे महाधिवेशन असम्भव

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले नेविसंघको महाधिवेशन दुई महिना भित्र हुने सम्भावना नरहेको बताएका छन् । सानेपास्थित पार्टी कार्यालयमा आइतबार शुरु भएको केन्द्रीय समिति बैठकमा कोइरालाले थप गरिएको समयभित्र नेविसंघको महाधिवेशन हुन नसक्ने टिप्पणी गरेका हुन् ।

सानेपामा शुरू भयाे काँग्रेस केन्द्रीय समिति बैठक

सानेपामा शुरू भयाे काँग्रेस केन्द्रीय समिति बैठक

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक शुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरु भएको केन्द्रीय समिति बैठकमा महामन्त्री पूर्णबहादुर खड्काको संयोजकत्वमा गठित विधान मस्यौदा समितिले आफ्नो प्रतिवेदन पेश गर्दैछ ।

आज कांग्रेसको केन्द्रीय कार्य समिति बैठक बस्दै

आज कांग्रेसको केन्द्रीय कार्य समिति बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्य समितिको बैठक आज बस्ने भएको छ । कांग्रेसको पार्टी सचिवालयले दिएको जानकारी आज बैठक पार्टी मुख्यालय सानेपामा बैठक बस्न लागेको हो । बैठक विधान संशोधन तथा महाममिति बैठकका एजेण्डामा केन्द्रीत हुनेछ । बिशेषगरी वरिष्ठ नेता रामचन्द्र पौडलले पक्षधरले विधान संशोधनमा आफ्नो फरक मत राख्ने तयारी रहेको जनाइएको छ ।

नेकपाको सचिवालय बैठकमा शीर्ष नेताको मत बाझियो

नेकपाको सचिवालय बैठकमा शीर्ष नेताको मत बाझियो

काठमाडौं । नेकपा सचिवालय बैठकमा पोलिटब्युरो गठन पहिले कि केन्द्रीय सदस्यको कार्यविभाजन भन्नेमा शीर्ष नेताहरूको मत बाझिएको छ। अध्यक्षद्वय केपी ओली र प्रचण्ड तथा वरिष्ठ नेताहरू माधव नेपाल र झलनाथ खनालको मत फरक–फरक आएको हो।

सभापति देउवाद्वारा दुःख व्यक्त

सभापति देउवाद्वारा दुःख व्यक्त

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका केन्द्रीय सदस्य सरिता प्रसाईको पिता वीरेन्द्र प्रसाईको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन् ।

विप्लवको जनसभा आरआर क्याम्पस अगाडि ! दिनभर प्रदर्शनी मार्ग हुँदै चल्ने सवारी साधन ठप्प हुने

विप्लवको जनसभा आरआर क्याम्पस अगाडि !  दिनभर प्रदर्शनी मार्ग हुँदै चल्ने सवारी साधन ठप्प हुने

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले खुल्ला मञ्चमा आज आयोजना गर्न लागेको कार्यक्रमको लोकेशन परिवर्तन भएको छ । खुल्ला मञ्च (रत्नपार्क) मा कार्यक्रम गर्ने भनिएको कार्यक्रम प्रदर्शनी मार्गस्थित सडकमै हुने भएको छ ।

नेकपा सचिवालय बैठकः जिम्मेवारी तोक्ने निर्णय

नेकपा सचिवालय बैठकः जिम्मेवारी तोक्ने निर्णय

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले केन्द्रीय कमिटीका सदस्यहरुको कार्य विभाजन र जिम्मेवारी तोक्ने निर्णय गरेको छ । गत जेठ ३ गते पार्टी एकता गरी ४४१ सदस्यीय केन्द्रीय कमिटी गठन गरेको नेकपाले अहिलेसम्म सदस्यहरुको कार्यविभाजन र जिम्मेवारी तोकेको थिएन ।

प्रेम र यौन

अविस्मरणीय सुहागरातका लागि

अविस्मरणीय सुहागरातका लागि

विवाह पहिले यौन सम्पर्क गर्नु वा नगर्नु व्यक्तिको निर्णय हो । नवविवाहित दम्पतीले कौमार्यकै आधारमा एक अर्कालाई परीक्षण गर्नु उपर्युक्त हुँदैन । जोडीको ध्यान र क्रियाकलाप आफ्नो पहिलो यौन क्रियाकलापलाई कसरी खास बनाउने भन्नेमा केन्द्रीत हुनुपर्छ ।

जीवनशैली/स्वास्थ्य

यस्तो रहेको छ आजको तपाईको भाग्य

यस्तो रहेको छ आजको तपाईको भाग्य

वि.सं.२०७६ साल वैशाख ०९ गते । सोमबार । ईश्वी सन् २०१९ अप्रिल २२ तारिख । नेपाल संवत् ११३९ । परिधावी संवत्सर । उत्तरायण । वसन्त ऋतु । श्रीशाके १९४० । वैशाख कृष्ण पक्ष । तिथि तृतीया, २० घडी ३७ पला, दिउसो ०१ बजेर ५० मिनेट उप्रान्त चतुर्थी । नक्षत्र अनुराधा, ३४ घडी १० पला,बेलुकी ०७ बजेर १५ मिनेट उप्रान्त ज्येष्ठा । योग व्यातिपात,०० घडि ३७ पला,बिहान ०५ बजेर ५० मिनेट उप्रान्त वरियान ।