Techie IT
२०८१ वैशाख ७, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठकला र मनोरञ्जनआज वरिष्ठ लोकगायक एवम् सङ्गीतकार नारायण रायमाझीको साङ्गीतिक साँझ हुँदै

आज वरिष्ठ लोकगायक एवम् सङ्गीतकार नारायण रायमाझीको साङ्गीतिक साँझ हुँदै


काठमाडौँ। वरिष्ठ लोकगायक एवम् सङ्गीतकार नारायण रायमाझीको साङ्गीतिक साँझ आज हुँदैछ। नेपाल प्रज्ञा–प्रतिष्ठानमा नेपाल टेलिकम नारायण रायमाझी साङ्गीतिक साँझ–२०८० हुन लागेको हो।

यो कार्यक्रम दिउँसो १ बजे शुरु हुने राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालले जनाएको छ।गएको फागुनमा सम्पन्न भएको प्रतिष्ठानको आठौँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिले साङ्गीतिक साँझ कार्यक्रम गर्ने निर्णय गरेको थियो। रायमाझी प्रतिष्ठानका सल्लाहकार हुनुहुन्छ। कार्यक्रममा रायमाझीले आफ्ना गीतहरू प्रत्यक्ष गाउनेछन्।

साङ्गीतिक साँझमा देशभरका कलाकार तथा कला, गीत, सङ्गीत, संस्कृति क्षेत्रमा रुचि राख्ने तथा लोक, कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा लागेका दर्शकको उपस्थिति रहने प्रतिष्ठानले जनाएको छ। रायमाझीले विसं २०४२ सालदेखि साङ्गीतिक यात्रा शुरु गरेका हुन्।

पाल्पाको माथागढी गाउँपालिका–४ मा जन्मिएका रायमाझी पछिल्लो समय चलचित्र निर्देशनमा समेत सक्रिय छन्। उनका फुलबुट्टे चोलीमा, राम्दीपूल तरने बित्तिकै, गेटमा बेली जाई, कालो केसमा रातो रिबन, नमुछे आमा दहीमा टीकालगायत गीत लोकप्रिय छन्।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

बिपिन कार्कीको फरक भूमिका रहेको ‘एक भगवत् र एक गीता’…

काठमाडाैँ । कलाकार बिपिन कार्कीको फरक अवतारका कारण निकै चर्चा बटुलेको चलचित्र ‘एक भगवत् र एक गीता’ भिडियोपसल एपमा रिलिज

‘फर्की फर्की’को ट्रेलर सार्वजनिक

काठमाडौँ । नेपाली कथानक चलचित्र ‘फर्की फर्की’को ट्रेलर सार्वजनिक भएको छ । आज सार्वजनिक गरिएको ट्रेलर अनमोल केसीमा केन्द्रित छ

‘द रेड सुटकेस’ वैदेशिक रोजगारको अन्त्यको क्रान्ति होः श्रममन्त्री अर्याल

काठमाडौँ । नयाँ वर्षको अवसर पारेर ३० चैतबाट प्रदर्शनमा आएको चलचित्र ‘द रेड सुटकेस’ले यतिबेला दर्शकले रुचाएका छन् । यो

इराकमा सांगीतिक धमाका मच्चाउँदै राजेशपायल

काठमाडौँ । नेपालीमा उखानै छ, ‘जहाँ पुग्दैन रवि, त्यहाँ पुग्छन् कवि’ । कवि लक्षित यो भनाइलाई सार मान्दै ‘जहाँ नेपाली,

१०८ जनाको स्वर रहेको ‘बुद्धम् शरणम् गच्छामी’ सार्वजनिक

काठमाडौँ । नेपालका १०८ जना गायक गायिकाहरुको स्वरमा रेडर्क गरिएको श्लोक राखिएको ‘त्रिशरण गमनम्’ एल्बममा काठमाडौँमा सार्वजनिक गरिएको छ ।

फिल्म ‘ह्रस्व दीर्घ’मा हरिहरको लुक्स सार्वजनिक

काठमाडौँ । फिल्म ‘ह्रस्व दीर्घ’मा मुख्य भूमिकामा अभिनय गरेका अभिनेता तथा ज्योतिष हरिहर अधिकारीको क्यारेक्टर लुक्स सार्वजनिक गरिएको छ ।

Techie IT