अपांगता भएकाहरुले पाए नयाँ जीवन

रोल्पा । साविकको कुरेली–१, रोल्पाकी १२ वर्षीया मैती विकको खुट्टा केही समय अघि आगोले पोलेको थियो । 

 

 

कक्षा ५ मा अध्ययनरत विकको आगोले पोलेका कारण एउटा खुट्टा जलेर नष्ट भयो, जसका कारण उनले नचाहेर पनि एउटा खुट्टा गुमाउनु परेको थियो । खुट्टा जलेपछि उनलाई हिँडडुल गर्न त के भित्रबाहिर गर्नसमेत असहज हुने गथ्र्यो । 

 

 

 

साथीभाइ हिँडडुल गरेको देख्दा कहिलेकाहीँ उनीमा आफ्नो पनि खुट्टा नपोलिएको भए संसार घुम्थेँ भन्ने रहर पलाउँथ्यो त कहिलेकाहीँ जीवनदेखि नै नैराश्यता उत्पन्न हुन्थ्यो । “खुट्टा हुनेका लागि सामान्य कुरा होला, तर जस्को खुट्टा छैन, उसको संसार छैन,” उनले भनिन् । 

 

 

तर अब मैती आफ्नै खुट्टाले हिँडडुल गर्नसक्ने भएकी छिन् । यही २०७४ जेठ ५ देखि १० गतेसम्म जिल्लाका विभिन्न स्थानमा सञ्चालन भएको कार्यक्रममा अपांगता भएका व्यक्तिका लागि परीक्षण तथा सहायक सामग्री वितरण शिविर सम्पन्न भयो ।

 

 

 शिविरमा ४८३ जनाले सेवा लिए । यसरी सेवा लिने क्रममा मैतीले कृत्रिम खुट्टा पाएपछि उनी निकै हर्षित भएकी छिन् । अहिले उनले नयाँ जीवन पाएको अनुभूति गरिराखेको उनका साथीहरुले समेत बताएका छन् । 

 

 

यसरी रोल्पाको होलेरी प्राथमिक उपचार केन्द्रमा २०७५ जेठ ५ गते, बागमारा इरिवाङमा जेठ ७ गते, खरिबोट स्वास्थ्यचौकी कुरेलीमा जेठ ८ गते, जिल्ला अस्पताल, रेउघामा जेठ ९ गते र सुलिचौर प्राथमिक उपचार केन्द्रमा जेठ १० गते अपांगतासम्बन्धी शिविर सञ्चालन भएको थियो । 

 

 

गत मंसिर २८ गते सम्पन्न अपांगता शिविरबाट परीक्षण गराएकाका लागि फलोअप शिविर तथा सहायक सामग्री प्रदान र नयाँका लागि परीक्षण गरिएको मानवअधिकार सचेतना केन्द्र ९हुरेक० रोल्पाका अध्यक्ष घनश्याम आचार्यले बताए । 

 

 

उनका अनुसार जिल्ला समन्वय समिति रोल्पा र जिल्ला स्वास्थ्य कार्यालयको समन्वयमा रोल्पा नगरपालिका तथा जिल्लाका नौवटै गाउँपालिकाको सहयोग तथा व्यवस्थापनमा, सेभ द चिल्ड्रेन, मानवअधिकार सचेतन केन्द्र (हुरेक) रोल्पा, अपांग समाज कल्याण समाजको संयोजन र नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल शारीरिक पुनःस्थापना केन्द्रको प्राविधिक सहयोगमा अपांगताका लागि परीक्षण तथा सहायक सामग्री वितरण शिविर सञ्चालन सम्पन्न भएको हो । 

 

 

यसरी ४८३ जना अपांगतासम्बन्धी समस्या भएका व्यक्तिको जाँच गरेकोमा शिविरमा १५३ जना व्यक्तिमा शारीरिक अपांगता पहिचान भएको छ । तीमध्ये ११७ जनाको कृत्रिम सहायक सामग्री राख्नुपर्ने भएको छ भने आधाभन्दा बढीको सहायक सामग्री वितरण गरिएको छ । 

 

 

यस्तै, अपांगता शिविरबाट माडी गाउँपालिका–१ घर्तीगाउँकी ११ वर्षीया लिला परियारले पनि गुमाएको खुट्टाको साटो कृत्रिम खुट्टा राखेपछि खुशी व्यक्त गरिन् । मैतीजस्तै लिला पनि यतिबेला निकै खुशी भएकी छिन् । उनले पनि अब सामान्य हिँडडुल गर्नका लागि कसैको सहायता लिनु नपर्ने भएको छ । आफ्नै गाउँ ठाउँमा निःशुल्क रुपमा यस्ता सामग्री पाउँदा केही भएपनि पीडा बिर्सेकी छु उनले भनिन् । 

 

 

आफ्नो गाउँघरमै पहिलोपटक शिविर सञ्चालन गरेर अपांगता भएका व्यक्तिलाई राहत दिएको भन्दै स्थानीयवासी निकै हर्षित भएका छन् । उनीहरुले आयोजकसँग आभार प्रकट गर्दै सबैलाई धन्यवाद दिए । 

 

 

लामो समयदेखि शारीरिक अपांगता भएकै कारण कष्टपूर्ण जीवन बिताइरहेका बिरामीले जिल्लामै सेवा लिन पाउँदा आफूहरु निकै हर्षित भएको बताएका छन् । 

 

 

नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल शारीरिक पुनःस्थापना केन्द्रका टेक्निकल म्यानेजर हितेष न्यौपानेका अनुसार शारीरिक अपांगतासम्बन्धी १५३ जना, नाक, कान, घाँटीसम्बन्धी १५४ जना, आँखासम्बन्धी १५३ जना र २३ जनालाई बौद्धिक अपांगतासम्बन्धी समस्या रहेका व्यक्ति शिविरमा परीक्षण गराएका थिए । 

 

 

शिविरमा विभिन्न समस्या भएका २७३ जना बालबालिकाको जाँच भएको छ । शारीरिक अपांगता भई जीवन जीउनसमेत जोखिम रहेका व्यक्तिले कृत्रिम सहायक सामग्री पाउँदा खुशी व्यक्ति गरेका छन् । 

 

 

शिविर समापन तथा समीक्षा कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति, रोल्पाका प्रमुख राजबहादुर बूढाले अपांगता भएका व्यक्तिको जीवन निर्वाह सहज बनाउन स्थानीय सरकारले समेत आगामी दिनमा ध्यान दिनुपर्ने बताउनुभएको छ । उनले मुलुक संघीयतामा गएपछि स्थानीय स्तरमै अपांगता भएका बालबालिकाले शिक्षा लिन पाउने अवसरको सिर्जना गर्नुपर्नेमा समेत जोड दिए। 

 

 

 

यस्तै, कार्यक्रममा बोल्दै रोल्पा नगरपालिकाका प्रमुख पूर्ण केसीले रोल्पामा समेट्न नसकिएका अपांगता भएका व्यक्तिको लागि आगामी दिनमा थप शिविरको आयोजना गर्न सहयोग गर्ने बताएका छन् । 


थप समाचार

पत्रकार पन्थीको 'कम्पन' सगरमाथाको शिखरमा लोकार्पण

  • 2 hours ago
पत्रकार पन्थीको 'कम्पन' सगरमाथाको शिखरमा लोकार्पण

काठमाडौं । पत्रकार किशोर पन्थीको पुस्तक 'कम्पन'को दोश्रो संस्करण सगरमाथाबाट लोकार्पण गरिएको छ । सगरमाथा आरोही कामीरिता शेर्पाले २४ औं पटक सगरमाथा आरोहणका क्रममा कम्पनको लोकार्पण गरेका हुन् ।

विविध कार्यक्रमसहित आयोजना हुँदै क्षेत्री समाज यूकेको वार्षिक भेला

  • 5 hours ago
विविध कार्यक्रमसहित आयोजना हुँदै क्षेत्री समाज यूकेको वार्षिक भेला

क्षेत्री समाज बेलायतले आफ्नो वार्षिक भेला कार्यक्रम आउँदो महिना गर्ने भएको छ । समाजका संचार संयोजक नरेन्द्र बस्नेतका अनुसार यसवर्षको भेला लण्डनको फेल्थमस्थित इस्प्रिंगवेष्ट एकेडमी कलेजमा जुन ८ तारिखक

च्यारिटी नामको ठगीविरुद्ध जनचेतना फैलाउन लण्डनमा दौडिंदै पत्रकार कार्की

  • 5 hours ago
च्यारिटी नामको ठगीविरुद्ध जनचेतना फैलाउन लण्डनमा दौडिंदै पत्रकार कार्की

लन्डनको एक प्रतिष्ठित दौड 'द भाइटिालिटी लण्डन १००००' मा नेपाल पत्रकार महासंघ बेलायत शाखाका सचिव तथा बेलायतबाट प्रकाशित अनलाइन मिडिया साउथ एसिया टाइमका सम्पादक जगन कार्की च्यारिटी आतंक विरुद्ध जनचेत



प्रेम र यौन

अविस्मरणीय सुहागरातका लागि

अविस्मरणीय सुहागरातका लागि

विवाह पहिले यौन सम्पर्क गर्नु वा नगर्नु व्यक्तिको निर्णय हो । नवविवाहित दम्पतीले कौमार्यकै आधारमा एक अर्कालाई परीक्षण गर्नु उपर्युक्त हुँदैन । जोडीको ध्यान र क्रियाकलाप आफ्नो पहिलो यौन क्रियाकलापलाई कसरी खास बनाउने भन्नेमा केन्द्रीत हुनुपर्छ ।

जीवनशैली/स्वास्थ्य

बेलैमा गरौं ब्रेनस्ट्रोकको उपचार, यस्ता छन् कारण, लक्षण र उपचार गर्ने तरिका

बेलैमा गरौं ब्रेनस्ट्रोकको उपचार, यस्ता छन् कारण, लक्षण र उपचार गर्ने तरिका

सामान्यतय मस्तिष्कमा अचानक रक्तसञ्चार बन्द हुनु र त्यहाँ भएका रक्तकोषिका फुटेर रगत बग्नुलाई मस्तिष्कघात अर्थात ब्रेनस्ट्रोक भनिन्छ । मस्तिष्कघात भएका अधिकांश विरामीलाई पक्षघात पनि हुने भएकाले यो रोगलाई प्यारालाइसिसका नामले पनि पुकारिन्छ ।

विचित्र विश्व

के तपाईलाई राज योगबारे थाहा छ ?

के तपाईलाई राज योगबारे थाहा छ ?

एजेन्सी । जन्मको समय र तारिखको आधारमा कुण्डली हेरेर होस या हस्तरेखा हेरेर होस व्यक्तिको वर्तमान र भविष्य ज्योतिष विद्या मार्फत जान्ने प्रचलन छ । जसमा विभिन्न शास्त्र मार्फत व्यक्तिको बारेमा बुझ्न सकिन्छ ।