IIMS College

ISMT

HUB Education

के नेपालमा चिनियाँ रेल कुद्ला ?

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

एकराज पाठक 

के नेपालमा चिनियाँ रेल कुद्ला रु यो प्रश्न यतिखेर नेपालमा पुनः एकपटक उठेको छ । बिहीबार प्रधानमन्त्री केपी शर्मा ओली र उहाँका चिनियाँ समकक्षी लि खछ्याङबीच नेपालमा रेलमार्ग निर्माणबारे सहमति भएपछि लामो समयदेखिको यो प्रश्न फेरि उठेको हो । 

 

विसं २०७४ वैशाख २९ मा नेपालले चिनियाँ आयोजना बिआरआईमा हस्ताक्षर गरेपछि तत्कालीन परराष्ट्रमन्त्री डा।प्रकाशशरण महतले भन्नुभएको थियो—निकै ठूलो प्रयासबाट हामीले यस सम्झौतामा हस्ताक्षर गरेका छौँ, अब नेपाललाई चीनसँगको ‘कनेक्टिभिटी’ बढाउने र छिमेकीको समृद्धिबाट कसरी लाभलिने भन्ने कुरा हामीमै भरपर्छ । 

 

उहाँले भनेजस्तै भारतले समेत हस्ताक्षर गर्न नमानेको यस आयोजनामा नेपालले सहमति जनाउन थोरै मेहनतले पक्कै सम्भव थिएन होला । अनि उक्त आयोजनाको प्रारुपभित्र छिरेरमात्र पनि चिनियाँ समृद्धि नेपालमा आइहाल्ने होइन । डा।महतले चीनको उक्त आयोजनाबाट लाभान्वित हुन नेपालले हवाई तथा स्थल ‘कनेक्टिभिटी’, पारवहन र पूर्वाधार निर्माणमा चिनियाँ लगानी भित्र्याउन जरुरी छ भन्नुभएको थियो । 

 

उहाँले संकेत गर्नुभएको कनेक्टिभिटीको पहिलो प्राथमिकता रेलमार्ग नै थियो । त्यही कनेक्टिभिटीको सार्थक पहल बिहीबार भएको छ र अब सुरुहुने अपेक्षा पनि बढेको छ । दुई प्रधानमन्त्रीबीच चीनसँग रेलमार्ग र प्रशारण लाइनका साथै अरु धेरै कुराहरुको सहयोग र सहकार्यमा सहमति भएको छ । तीमध्ये पनि बिहीबार भएको रेलमार्ग निर्माणको सम्झौताले भने अब नेपालमा रेलमार्ग निर्माणको औपचारिक प्रक्रियाको थालनी हुने आशा बढाएको छ । 

 

बेइजिङमा भएको यस समझ्दारीले नेपालमा रेलमार्गको विस्तृत परियोजना प्रतिवेदन तयार पार्ने कार्यका लागि बाटो खोलिदिएको छ । यसका लागि आवश्यक पर्ने खर्चको पनि अनुमानित तथ्याङ्क आपसमा तय भएको छ । उक्त डिपीआर तयार भएपछि निर्माणको प्रक्रिया नै सुरु हुनेछ । चीनकै योजनामा पनि सन् २०१९ को अन्त्यसम्म चीनको सिगात्सेसम्म रेल पुर्याइने बताइएको छ । नेपालमा रेल भित्रिँदा यसैलाई केरुङको बाटो काठमडौँ ल्याउने हालको सोँच हो । नेपालको चीनसँगको सीमा रसुवागढीदेखि काठमाडौँ करिब ८० किलोमीटर छ । सम्भवतः डिपीआर निर्माण हुँदा यही मार्ग छान्ने सम्भावना धेरै रहन्छ । चिनियाँ पक्षको तयारी पनि यही देखिन्छ । 

 

नेपालमा आउने रेल कार्गो रेल रहने योजना चीनले अघि सारेको छ । कार्गो रेलमा सामान र यात्रु दुवै राख्न मिल्छ । यस्तो रेलले नेपाललाई छुँदामात्र हामीले भन्ने गरेको समृद्धि विपनामै प्राप्त हुनेछ । किनभने हाम्रो उत्तरी छिमेकीको समृद्धिलाई अहिले ठूलो हिमालले छेकेको छ । उत्तरी छिमेकीको सम्पन्नताबाट हामी लाभान्वित हुन सबैभन्दा पहिलो शर्त र आधार भनेकै यातायात हो । समुद्रसम्मै पहूँच नभएका हामीहरुको लागि अहिले हिमाल वारिपारि गर्न सहज, सरल र सस्तो बाटो चाहिएको छ । त्यो बाटो सकेसम्म रेलकै बन्यो भने लाभदायक हुनेछ । 

 

रेल नेपाल भित्रिँदा चिनियाँ समृद्धि भने पक्कै भित्रिन्छ । हामी तेलदेखि सेलसम्म नै दक्षिणतर्फ निर्भर छौँ । हामी वाध्यताबस आश्रित हुनुपरेको फाइदा उनीहरुले उठाउने गरेको एउटा उदाहरण नाकाबन्दी हो । त्यसैले वास्तवमै चीनबाट यहाँ रेल भित्रियो भने उत्तरको समृद्धि कुनै न कुनै रुपमा नेपाल भित्रिन्छ र यसले दक्षिणतर्फको परनिर्भरताको हद घटाउन सघाउँछ । त्यसैले पनि चीन भ्रमणमा निस्किएका प्रधानमन्त्री ओलीलाई नेपालीले पछ्याइरहेका छन् । 

 

विश्वको करिब ६४ प्रतिशत जनसंख्या समेटेको एक्काइसौँ शताब्दिको सबैभन्दा महत्वाकांक्षी मानिएको बिआरआइ योजनाका कारण विश्वमा चीनको चासो र चर्चा बढी छ । दोस्रो ठूलो अर्थतन्त्र चीनले पछिल्लो सयममा गरेको आर्थिक र प्रविधिको विकास, रेलसेवा र अन्य पूर्वाधारमा मारेको लोभलाग्दो फड्को हामीजस्ता छिमेकीका लागि फाइदै हो । 

 

सन् २०१६ को अन्त्यसम्म चीनले विदेशमा गरेको लगानी १६० अर्ब अमेरिकी डलर भन्दा बढी देखिन्छ । विगतका वर्षका तुलनामा यो निकै धेरै हो । हाम्रो चासो पनि यहीँ नै हुनुपर्छ । चीनको यति ठूलो लगानीबाट हामी कसरी लाभान्वित हुने भनेर हामीले नै योजना बनाउन सक्नुपर्छ । 

 

चीनले गत जुन २६ मा प्रतिघन्टा कम्तीमा ३५० किलोमीटर गुड्ने बेइजिङ—सांघाई दू्रत गतिको रेलसेवा सुरुगर्यो । ठूलो उपलब्धि मानिएको यो संसारकै सबैभन्दा तिब्र गतिको रेलमा पर्दछ । तर के उसले यो तिब्र गतिको रेलमा नेपाललाई पनि सवार गराउला त भन्ने प्रश्नमा केही महिना अघि नेपाल आएका चाइनिज एकेडेमी अफ सोसियल साइन्सेजका अध्यक्ष वाङ वेक्वाङले भन्नुभएको थियो— चीनले नेपाललाई चीनको आर्थिक विकासको द्रुत गतिको रेलमा चढ्न स्वागत गरेको छ । नेपालको समृद्धि र प्रगतिका लागि पनि चीन तयार छ । नेपाल समृद्ध होस भन्ने चीनको चाहना हो तर यो समृद्धिबाट कसरी फाइदा लिने भनेर त नेपालले नै सोच्ने हो । 

 

राजनीतिक विश्लेषकहरु भन्छन्— नेपाल इतिहासमै यतिखेर चीनसँग बढी नजिकिएको छ । राजनीकि, आर्थिक या अन्य हिसाबले पनि यी दुई छिमेकीबीच पछिल्लो समयमा धेरै कुरा आदानप्रदान भएका छन् । यो आदानप्रदानको मात्रा पछिल्ला वर्षहरुमा बढ्दो छ । चीनको बिआरआइ आयोजनामा नेपालको सहभागिता पनि यसको सबैभन्दा ओझिलो उदाहरण हो । 

 

यसबाट लाभान्वित हुने योजना बनाउनुपर्छ भन्नुहुन्छ नेपालको अर्थ राजनीति विषयका ज्ञाता एवम् नेकपाका सांसद डा।सूर्य पाठक । चीेनजस्तो समृद्ध छिमेकी पाउनु हाम्रा लागि खुसीको कुरा हो, तर छिमेकीको समृद्धिबाट कति र कसरी लाभ लिने भन्ने कुरा हाम्रो क्षमतामा भरपर्छ । चीनले नेपाललाई पनि आफ्नो समृद्धिको रेलमा सवार गराउन चाहेकै छ तर तानेर लाने होइन, रेल चढ्न आफै सक्षम हुनुपर्छ—डा।पाठकको भनाई छ । 

 

नेपाल चीनले दक्षिण एसियामा गर्ने लगानीको लागि ‘ट्रान्जिट प्वाइन्ट’ पनि हुनसक्छ । चिनियाँ रेल नेपाल आउँदा यहाँमात्र बस्दैन सायद भारतसम्मै पुग्छ । भारत हुदै अन्त पनि जान्छ । त्यतिखेर नेपाल दक्षिण एसियाको व्यापारिक केन्द्र पनि बन्न सक्छ । त्यो रेल यहाँ आउँदा सवा सय करोड भन्दा बढी जनसंख्या रहेको देशका पर्यटक भित्रिन्छन् । त्यसैले अहिले सबै नेपालीले सोधिरहेका छन्— के नेपालमा चिनियाँ रेल कुद्ला रु यो प्रश्नको उत्तरका लागि अहिले अनुत्तरित नै रहेका रेलमार्ग निर्माणको लगानी कस्तो र कसको हुने तथा कसरी निर्माण गर्ने भन्नेजस्ता प्रश्नहरुको उत्तर जतिसक्दो चाँडै पहिल्याउँदा राम्रो हुन्छ । 

 


थप समाचार

के आजसम्म पनि यो गुफाभित्र रहेको छ रावणको शव ? १० हजार वर्षपछि आयो यस्तो सत्य

  • 5 minutes ago
के आजसम्म पनि यो गुफाभित्र रहेको छ रावणको शव  ? १० हजार वर्षपछि आयो यस्तो सत्य

एजेन्सी । रामायणसँग सम्बन्धित इतिहासको बारेमा जान्नु हरेक मानिसका लागि जिज्ञासा रहन्छ । भन्ने गरिन्छ की श्रीलंकामा आज पनि रामायणसँग जोडीएका यस्ता कैयौं स्थानहरु रहेका छन् जसको बारेमा हरेक मानिस जान्न

ऋतिक र टाइगरको ‘वार’ले तीन सय करोड कमायो

  • 6 minutes ago
ऋतिक र टाइगरको ‘वार’ले तीन सय करोड कमायो

काठमाडौं । बलिउडका एक्शन अभिनेताद्वय ऋतिक रोशन र टाइगर श्रफसको फिल्म ‘वार’ले बक्स अफिसमा तीन सय करोडको कलेक्शन गर्न सफल बनेको छ । ट्रेड एनालिस्ट तरण आदर्शका अनुसार ‘वार’ले तीन सय करोडको कलेक्शन गरेको

विश्वको सबैभन्दा लामो हवाईयात्राको रकर्ड राखेपछि...

  • 18 minutes ago
विश्वको सबैभन्दा लामो हवाईयात्राको रकर्ड राखेपछि...

एजेन्सी । विश्वमा पहिलोपटक एक यात्रुवाहक विमान बिनारोकावट १६००० किलोमिटरको यात्रा गरेको छ । यो विमान अमेरिकाको न्युयोर्क बाट अष्ट्रेलियाको सिड्नीसम्म उडेको थियो ।



प्रेम र यौन

सम्भोग गर्नुका यस्ता छन् विशेष पाँच फाइदा

सम्भोग गर्नुका यस्ता छन् विशेष पाँच फाइदा

आजकल जिन्दगीमा सेक्स यस्तो रोमाञ्चक विषय बनेको छ कि जोकोही यसको बारेमा खुलेर जान्न चाहान्छ । सेक्सलाई लिएर मनमा धेरै नकारात्मक कुराहरु पनि हुने गर्छन् । जुनका कारण पनि मानिसहरु जिन्दगीमा खुसी देखिदैनन् ।

जीवनशैली/स्वास्थ्य

यस्तो रहेको छ सोमबारको तपाईको भाग्य–कात्तिक ०४ गते

यस्तो रहेको छ सोमबारको तपाईको भाग्य–कात्तिक ०४ गते

वि.सं.२०७६ साल कात्तिक ०४ गते । सोमबार । ईश्वी सन् २०१९ अक्टोबर २१ तारिख । नेपाल संवत् ११३९ । परिधावी संवत्सर । दक्षिणायन । शरद ऋतु । काठमाडौंमा सूर्योदय ०६ बजेर ०७ मिनेट, सूर्यास्त बेलुकी ०५ बजेर २७ मिनेट ।

विचित्र विश्व

के आजसम्म पनि यो गुफाभित्र रहेको छ रावणको शव ? १० हजार वर्षपछि आयो यस्तो सत्य

के आजसम्म पनि यो गुफाभित्र रहेको छ रावणको शव  ? १० हजार वर्षपछि आयो यस्तो सत्य

एजेन्सी । रामायणसँग सम्बन्धित इतिहासको बारेमा जान्नु हरेक मानिसका लागि जिज्ञासा रहन्छ । भन्ने गरिन्छ की श्रीलंकामा आज पनि रामायणसँग जोडीएका यस्ता कैयौं स्थानहरु रहेका छन् जसको बारेमा हरेक मानिस जान्न चाहन्छन् ।