IIMS College

ISMT

HUB Education

देखासिकी के का लागि ?

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

‘पल्लाघरे दाईले ट्याक्सीबाट राम्रो गरेका छन्, यसैले तिमी पनि ट्याक्सी व्यवसाय गर ।’

 

‘माथिल्लो गाउँका ठूल्कान्छाले कुखुरा पालेर घर बनाए, अब म पनि त्यही काम गर्छु ।’

 

‘अर्को टोलमा मुकुन्देले मस्म बेचेर राम्रो पैसा बनायो, म किन मस्म पसल नचलाउने ?’

 

’उर्वशीले ब्युटी पार्लरबाट घर परिवार धानेर छोरा छोरी पढाएकी छिन्, म पनि अब ब्युटीसियनको तालिम लिने हो र पार्लर खोल्ने हो ।’

 

यी र यस्तै धेरै प्रतिनिधिमूलक घटना नेपाली समाजमा छन्, जसले अरुको देखासिकी गरेर आफ्नो काम वा व्यवसाय शुरु गरेका छन् । अरुको सफलताबाट प्रेरणा लिएर काम वा व्यवसाय शुरु गर्नु राम्रो हो । तर, आफ्नो रुचि र दक्षता नहेरी अरुको देखासिकी मात्रै गर्नु भने राम्रो हैन । काम वा व्यवसायमा सफल हुन नक्कल गरेर मात्रै हुँदैन, आफ्नो रूचि र दक्षतालगायत धेरै कुराहरुको विचार गर्नुपर्ने हुन्छ ।

 

हामी धेरै कुराहरुमा अर्काको नक्कल गर्छौ । नेपाली समाजमा कसैले एउटा काम गर्यो र सफल भयो भने त्यसको देखासिकी तत्काल अरुले गरेको धेरै उदाहरणहरु देख्न सकिन्छ । त्यसैको उदाहरण स्वरुप नेपालको ठूला शहरहरुको टोल टोलमा अहिले बित्तिय ऋण तथा सहकारी संस्थाहरु, स्वास्थ्य संस्थाहरु, फास्ट फुड रेस्टुरेन्ट, विदेश पठाउने परामर्शदाता तथा त्यस्तै अरु कम्पनीहरु आदि जताततै देख्न सकिन्छ । हामी कसैले एउटा काममा मुनाफा गरेको देख्यौ भने अरुले पनि तत्काल त्यस्तै काम शुरु गर्नु पर्छ भन्ने मान्यता राख्छौ ।

 

मानिसको स्वभाव नै हो अरुको देखासिकी गर्ने । बिशेष गरी बच्चाहरु अरुको देखासिकी गर्न माहिर हुन्छन र यसरी तत्काल धेरै कुराहरु टिप्छन् । तर नेपाली समाजमा भने केटाकेटीहरु मात्रै हैन, वयस्कहरु पनि अरुको देखासिकी गर्न सिपालु हुन्छन ।

 

देखासिकी गर्ने कुरा गर्दा प्रतिलिपि अधिकारको कुरा पनि आउँछ । कतिपय अवस्थामा कसैले शुरु गरेको काम आफ्नो नाममा दर्ता नगर्ने हो भने वा प्रतिलिपि अधिकार आफ्नो नाउँमा सुरक्षित नगर्ने हो भने त्यस्तो काम अरुले पनि गर्न सक्छन । नेपालमा प्रतिलिपी अधिकारको बारेमा आवश्यक जनचेतना जागृत हुन सकेको छैन । त्यस्तै, कसैले कसैको काम नक्कल गरे पनि त्यस्तो अवस्थामा सम्बन्धित निकायमा उजूर नगर्नु र गरे पनि आवस्यक कारवाही नभएको देखिन्छ । त्यसैले देखासिकी गर्नमा हामी नेपाली अरु भन्दा अब्बल भएको ।

 

नेपाली समाजमा अहिले पनि आफ्ना सन्तानहरूलाई अरुका सन्तानको देखासिकी गरेर वा ठूलो मान्छे बनाउने रहरमा उनीहरुको रुचि र चाहनाअनुसार अध्ययन गर्न लगाउने र काम वा पेसा गर्न प्रेरित गर्नु भन्दा पनि बाबुआमाको रहर थुपारिन्छ । कुनै पेसा वा व्यवसायमा सफल हुन सबै भन्दा आफ्नै मनदेखि काम गर्छु भन्ने भावना आउन जरुरी हुन्छ । त्यसपछि मेहेनत, समर्पण, लगनशीलता, धैर्यता, अनुशासनशिलता, समझदारी आदि कुराहरु आवश्यक पर्छ । कुनै पेसा वा व्यवसायमा सफल हुने वा असफल हुने भन्ने कतिपय कुराहरु आफ्नै हातमा पनि हुन्छ । अरुले केवल सल्लाह र सुझाव दिने हो, तर केही गर्ने वा नगर्ने भनेको आफैंले हो ।

 

नेपाली समाज अहिले पनि धेरै जसो कुराहरुमा पुरातनवादी सोचमा चलेको छ । जसले गर्दा नयाँ सोचाई राख्ने, नयाँ कामलाई प्रश्रय दिने र आफैमा अद्वितीय काम गर्ने चलन हामीमा कमै छ । त्यस्तै, अरुको देखासिकी गर्ने कुरामा मानिसको शिक्षा र चेतनाको स्तरले पनि धेरै फरक पर्छ । जहाँ सामाजिक चेतना बढी छ र जनताको आर्थिक स्तर राम्रो छ, त्यहाँ धेरै विकल्पको बिचमा कुन काम वा व्यवसाय के कसरी छनौट गर्ने र संचालन गर्ने भन्नेमा राम्रो सोच बिचार हुन सक्छ । अनि हरेक मानिस आफैं नयाँ काम गर्न र नयाँ शैलीमा केही गर्न उद्धत हुन सक्छ ।

 

अरुको देखासिकी गर्दा सकारात्मक र नकारात्मक दुवै पक्षहरु हुन्छन् । अरुको देखासिकी गर्दा कुनै कुरा सजिलो हुन्छ र कुनै कुरा गाह्रो पनि हुन सक्छ । अरुले गरेको जस्तै काम गर्दा सजिलो हुने भए पनि कहिलेकाँही भने आफूले नजानेको वा नबुझेको काम देखासिकीले मात्रै गर्दा असफल हुने सम्भावना पनि हुन्छ । त्यस्तै, देखासिकीले गर्दा कहिलेकाहीं बिकृती आउन पनि सक्छ ।

 

अरुको देखासिकी गरेर काम गर्दा अवस्य पनि केही फाइदाहरु हुन्छन । लगानीका नयाँ नयाँ क्षेत्रहरु भए पनि मानिस जोखिम लिन चाहांदैनन । त्यसैले देखासिकी गरेर अरुले गरेको काम गर्दा कम जोखिम हुन्छ र धेरै मेहेनत पनि गर्नु पर्दैन । कुनै काम गर्नु जति सजिलो छ त्यो भन्दा नयाँ काम गर्नको लागि नयाँ सोच र विचार जन्माउन गाह्रो हुन्छ । त्यसैले पनि अरुको देखासिकी गर्दा धेरै सोच बिचार गर्नु आवस्यक पर्दैन ।

 

देखासिकीले समाजमा बिकृति नल्याएको पनि हैन । माग र आपूर्तीको सन्तुलन नहुने गरी चलेका व्यवसायहरु, मनपरी ढंगले खोलिएका क्लिनिकहरु, कर नतिर्ने गरी संचालन भै रहेका एजेंसीहरु आदि यसका केही उदाहरणहरु हुन । केही क्षेत्रमा सरकारले अनियन्त्रित व्यवसाय र कामको लागि कोटा लगाएको र नियम बनाएको भएतापनि धेरै क्षेत्रमा कुनै नियन्त्रण गर्न नसकेको, नियम कानूनहरु नबनाएको र बने पनि सरकारले कुनै नियन्त्रण गर्न नसकेको देख्न र भोग्न सकिन्छ । अरुबाट केही सिक्नु नराम्रो हैन, तर देखासिकी गरी खोलिएका व्यवसायबाट आफू, आफ्नो परिवार र समाजलाई के कस्तो प्रभाव पर्छ भन्ने नसोची नक्कल वा देखासिकी गर्नु राम्रो हैन ।

 

नेपालमा कानूनको परिपालन गर्ने र गराउने दुवै पक्ष फितलो छन् । आम नागरिकमा पनि नियम र कानूनको पालना गर्नु पर्छ भन्ने सोच कम छ । सरकारी निकाय र कर्मचारीको मात्रै के कुरा गर्नु ? आफ्नो स्वार्थ र सजिलोको लागि घुस दिन अग्रसर हुने मानिसहरु यो समाजमा भएसम्म घुस लिने र दिने प्रचलनमा कमि आउने छैन । त्यस्तै, आफैले सोच विचार गरेर नयाँ विचार अनुसार नयाँ व्यवसाय र काम नगरेसम्म अरुको देखासिकी गर्ने र नक्कल गर्नेहरुको कमी हुने छैन । आखिर अहिले हाम्रो समाज केही कुराहरुमा सक्कली भन्दा नक्कली बिचार र देखावटीपनामा नै अग्रसर छ ।

 

तर यो आममानिसको जनचेतना, शिक्षा र आर्थिक स्तर बढेसंगै स्वत घट्दै जानेछ । आखिर कुनै काम, पेसा र ब्यवसाय गर्ने भनेको गर्ने अरुको लागि हैन आफ्नै लागि हो ।


थप समाचार

नेकपामा 'बामदेव प्रकरण’ ले ल्याएको शक्तिशाली भुँइचालोः के प्रधानमन्त्री ओलीले थेग्न सक्लान् 'पराकम्पन’?

  • 3 minutes ago
नेकपामा 'बामदेव प्रकरण’ ले ल्याएको शक्तिशाली भुँइचालोः के प्रधानमन्त्री ओलीले  थेग्न सक्लान् 'पराकम्पन’?

हाल नेपाल कम्युनिष्ट पार्टीभित्र उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रिय सभा सदस्य मनोनित गर्ने कि नगर्ने विषयले पार्टीमा नया तरङ्ग पैदा गरेको छ । नेकपा सचिवालय बैठकले गौतमलाई राष्ट्रिय सभा सदस्यमा मनोनित

दुर्घटनामा घाइते सीपी मैनालीसहित सबैलाई हेलिकप्टरबाट काठमाडौँ ल्याइयो

  • 3 hours ago
दुर्घटनामा घाइते सीपी मैनालीसहित सबैलाई हेलिकप्टरबाट काठमाडौँ ल्याइयो

काठमाडौँ । बिहीबार दिउँसो भएको सवारी दुर्घटनामा घाइते भएको नेकपा माले महासचिव तथा पूर्वउपप्रधानमन्त्री सीपी मैनालीलाई थप उपचारको लागि काठमाडौँ ल्याइएको छ । उनीसहित दुर्घटनामा परेका पाँचै जनालाई हेलिकप

अमेरिका, दक्षिण कोरिया संयुक्त सैन्य अभ्यास स्थगित

  • 3 hours ago
अमेरिका, दक्षिण कोरिया संयुक्त सैन्य अभ्यास स्थगित

काठमाडौँ । संयुक्तराज्य अमेरिका र दक्षिण कोरियाबीच निकट भविश्यमै हुन लागेको सैन्य अभ्यास स्थगित भएको छ । कोरियामा प्राणघातक कोरोना भाइरसको सङ्क्रमण फैलिएको भन्दै दुबै मुलुकले सैन्य अभ्यास स्थगित गर्ने



प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

जीवनशैली/स्वास्थ्य

सफल हुन यी सरल टिप्सहरु याद गर्नुहोस्

सफल हुन यी सरल टिप्सहरु याद गर्नुहोस्

एजेन्सी । केही प्रेरणादायक शब्द वा बाक्यले मानिसको सोचमा परिवर्तन गरेर जिन्दगीको मार्ग नै परिवर्तन गरिदिने गर्दछ । खासमा हामी ती शब्दका बारेमा सुनिरहेका हुन्छौँ, केही सन्दर्भका अरुलाई भन्छौँ पनि तर आफ्नो जीवनमा स्थान दिइरहेका हुदैनौ ।

विचित्र विश्व

श्रीमतीले आफ्नै श्रीमानको हत्या गर्न रचेको डरलाग्दो षड्यन्त्र

श्रीमतीले आफ्नै श्रीमानको हत्या गर्न रचेको डरलाग्दो षड्यन्त्र

एजेन्सी । पुर्व पतिको हत्या गर्न खोज्ने एक महिलालाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनको यो हर्कत सुनेर सबै आश्चर्यमा परेका छन् । पुर्ण योजनाका साथ ती महिलाले पुर्व पतिको हत्याको षडयन्त्र रचेकी थिइन् । एक मिडिया रिपोर्टका अनुसार पुर्व पतिलाई मार्नु पुर्व उनले ४ घण्टासम्म सेक्स गरेकी थिइन् ।