फेसबुक धेरै चलाउने व्यक्ति, धेरै नै दुःखी हुने !

एजेन्सी ।  फेसबूकले स्वास्थ्य चेतावनी दिनुपर्छ शायद । सामाजिक सञ्जालमा धेरै समय बिताउने बालबालिका खुशी नहुने एक अध्ययनले देखाएको छ ।

 

बेलायतको शेफिल्ड विश्वविद्यालयका अर्थशास्त्रीहरूको एक टोलीले गरेको अध्ययन अनुसार फेसबूक, स्न्यापच्याट, ह्वाट्सयाप र इन्स्टाग्राममा बालबालिकाले जति बढी समय च्याट गर्न बिताउँछन्, उति कम उनीहरू विद्यालयको काम गर्न, विद्यालय जान, आफ्नो लवाइखवाइ, आफ्नो परिवार र आफ्नो समग्र जीवनप्रति खुशी हुन्छन् । आफ्नो अनलाइन मित्रताप्रति भने उनीहरू खुशी हुन्छन् ।

 

सामाजिक सञ्जालमा जम्मा एक घण्टा मात्र बिताउँदा पनि बालबालिकाले जीवनप्रतिको खुशी १४ प्रतिशतले घटाउने अर्थशास्त्रीहरूले पाए । एकल मातापिताका सन्तान हुनुको बेफाइदा र विद्यालय हाप्न मन लाग्नेभन्दा यो तीन गुणा बढी खतरनाक भएको उनीहरूको निष्कर्ष छ ।

 

यो निष्कर्षले सामाजिक सञ्जालका राम्रा र नराम्रा पक्षसम्बन्धी बहस चर्काउने सम्भावना छ ।सोह्रदेखि २४ वर्ष समूहका ९० प्रतिशतभन्दा बढी व्यक्तिले सामाजिक सञ्जाल प्रयोग गर्छन् । धेरै साइटले कम्तीमा १३ वर्ष भनी प्रयोगकर्ताको उमेरहद तोकेपनि कमैले मात्र नियन्त्रणका उपाय अपनाउँछन् ।

 

हिजोआज त तीनदेखि चार वर्षका बालबालिकाको आफ्नै ट्याब्लेट हुने र सामाजिक सञ्जालमा अकाउन्ट पनि हुने देखिएको छ ।अहिलेका टीनएजरहरू एक हप्तामा टिभी हेर्नुभन्दा करीब साढे तीन घन्टा बढी समय अनलाइनमा बिताउँछन् ।


थप समाचार

चीनमा पक्राउ परेका क्यानाडाली नागरिकलाई माफी दिन आग्रह

  • 5 minutes ago
चीनमा पक्राउ परेका क्यानाडाली नागरिकलाई माफी दिन आग्रह

मन्ट्रीयल । क्यानाडाले लागूऔषधको ओसारपसारमा चीनमा मृत्युदण्डको सजाय सुनाइएका एक क्यानाडाली नागरिकलाई माफी दिन बेइजिङ समक्ष आग्रह गरेको छ । क्यानाडाली नागरिकलाई उक्त सजाय सुनाएलगत्तै चीन र क्यानाडाबीच

बेलयातमा एकाएक फेरिएको राजनीतिक तरंग, प्रधानमन्त्री मेमाथि नैतिक दबाब

  • 13 minutes ago
बेलयातमा एकाएक फेरिएको राजनीतिक तरंग, प्रधानमन्त्री मेमाथि नैतिक दबाब

लन्डन । बेलायतको संसदले प्रधानमन्त्री थेरेसा मेले युरोपेली युनियन (इयू) सँग गरेको बहिर्गमन (ब्रेक्जिट) सहमतिलाई अस्वीकृत गरेको छ । स्थानीय समयअनुसार मङ्गलबार राति भएको उक्त मतदानमा ब्रेक्जिटको विपक्षम

सचिव कुट्ने मन्त्रीलाई बर्खास्त गर्न काँग्रेसकाे माग

  • 23 minutes ago
सचिव कुट्ने मन्त्रीलाई बर्खास्त गर्न काँग्रेसकाे माग

जनकपुरधाम । पूर्वमन्त्री एवं नेपाली काँग्रेसका केन्द्रीय सदस्य नवीनन्द्रराज जोशीले प्रदेश नंं २ का आर्थिक मामिला मन्त्रीले सचिवलाई कुटपिट गरेको घटनाको तत्काल यथार्थ सार्वजनिक गर्न माग गरेका छन् ।



जीवनशैली/स्वास्थ्य

कागती पानीको फाइदा र बेफाइदा दुवै ? विस्तृत जानकारीको लागि पूरा पढ्नुहोस्

कागती पानीको फाइदा र बेफाइदा दुवै ? विस्तृत जानकारीको लागि पूरा पढ्नुहोस्

काठमाडौं । भिटामिन ‘सी’ पर्याप्त हुने भएकाले कागती खाने गरेमा हाम्रो छाला स्वस्थ र चम्किलो भई शरीरमा स्पूmर्ति बढ्छ । कागती पानी पिउनुको मुख्य फाइदा के हो भने यसले तौल घटाउन ठूलो सहयोग पु¥याउँछ ।