यस्तो छ शुक्रबारको तपाइको भाग्य ! कुन राशिलाई राम्रो हुनेछ ?

वि.सं.२०७५ साल मंसिर २१ गते । शुक्रबार । ईश्वी सन् २०१८ डिसेम्बर ०७ तारिख । नेपाल संवत् ११३९ । विरोधकृत् संवत्सर । दक्षिणायन । हेमन्त ऋतु । श्रीशाके १९४० । मार्ग कृष्ण पक्ष । 

 

तिथि औषिं,१४ घडी १८ पला, दिउँसो १२ बजेर २६ मिनेट उप्रान्त प्रतिपदा । नक्षत्र ज्येष्ठा, ५८ घडी ५९ पला । योग धृति, ३८ घडी २७ पला,बेलुकी १० बजेर ०२ मिनेट उप्रान्त शूल । करण नाग,दिउसो १२ बजेर २६ मिनेट उप्रान्त किंस्तुध्न, रातको १२ बजेर ४७ मिनेट उप्रान्त वव । आनन्दादिमा चर योग । चन्द्रराशि बृश्चिक । अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस  । स्नानदान गर्ने औंसी । हलो बार्ने । काठमाडौंमा सूर्योदय ०६ बजेर ४३ मिनेट, सूर्यास्त बेलुकी ०५ बजेर ०७ मिनेट । दिनमान २६ घडी ०१ पला ।

 

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) पढाई लेखाईमा समय दिन नसक्दा अरुभन्दा पछि परिने चिन्ताले सताउँनेछ । सवारी साधनको प्रयोग गर्दा वा चलाउँदा ध्यान दिनुहोला नराम्रो घट्ना घट्न सक्छ । व्यापार व्यावसायमा समय दिन नसक्दा घाटा लाग्ने तथा आर्थिक कारोबार बिग्रन सक्छ ध्यान दिनुहोला । माया प्रेममा धोका हुनेछ भने पति दाम्पत्य जीवनमा घटपट आउँनेछ । आफन्त तथा साथिभाई बिच बैमनस्यता बढ्ने ग्रहयोग रहेकोछ सचेत रहनुहोला । 

 

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वा) आफ्नै बलबुताले व्यापार व्यावसायमा लागनी गरिन मनग्गे धन सम्पति संग्रह गर्न सकिनेछ । बिगतका कमजोरीहरुलाई सुधार गर्दै सफलताको मार्गमा पढाई बढ्न सकिनेछ । लेखाईमा भनेजस्तो सफलता हात पार्न सकिने हुदा आफन्त तथा साभिभाईहरुबाट बधाईको ओइरो आउनेछ । भौतक सम्पतिको प्रयोग गर्न पाईने तथा बिलाशी बस्तुको उपयोग मार्फत अरुको मन आफुनिर तान्न सकिनेछ । प्रेम प्रसङमा रमाउन चाहनेहरुका लागि समयले साथ दिनेछ । साझपख समय मध्यमय रहेकोले आफन्तसँग बिवाद हुने योग रहेकोछ ।  

 

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) मामा तथा मावलीबाट तपाईको काममा सहयोग हुनेछ भने परिवारका आवस्यक्ताहरु पुरा गर्न सकिनेछ । अदालत तथा न्यालयबाट हुने न्यायिक निर्णयहरु तपाई आफ्नै पक्षमा हुँनेछन् । पढाई लेखाईमा अरुभन्दा अग्र पंतिमा तपाईको नाम आउँने तथा बिजयको योग रहेकोछ । व्यापार व्यावसायमा प्रशस्त नाँफा कमाउँन सकिनेछ भने व्यावसायमा लगानि बढाई आम्दानीका स्रोतहरु बढाउँन सकिनेछ । माया प्रेममा सामिप्यता बढ्नेछ भने पति पत्निबीच मायाको डोरो कसिलो भएर जानेछ । 

 

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) अन्य क्षेत्रमा व्यास्त हुदा पढाई लेखाईमा तपाईको नाम अरुभन्दा पछि आउनेछ । प्रेममा अबिश्वास बढ्नेछ भने सन्तान तथा छोराछोरीले तपाईको काममा खासै सहयोग गर्ने छैनन् । भौतिक सम्पति तथा बिलाशि सामानको प्रयोग गर्दा ध्यान दिनुहोला । प्रेममा नचाहादा नचाहादै छुट्टीनु पर्ने बाध्यता आउनेछ । व्यावसायमा लगानी गरेपनि प्रतिफल प्राप्त गर्न केही समय कुर्नु पर्नेछ ।

 

सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) भौतिक सम्पति तथा बिलाशी बस्तुको व्यापार कमै हुनेछ भने कृषि सहकारी तथा पशुपालन व्यावासाय फस्टाएर  जानेछ । आमा तथा आफन्त सँग सानो सानो कुरामा मनमुटाब बढ्ने तथा टाडिएर टाडाको यात्राको तय गर्नु पर्नेछ । पढाई लेखाईमा मन नजाने तथा खोजमुलक क्षेत्रको कामहरु थाति रहनेछन् । राजनीति तथा समाजसेविहरुले समाजमा काम देखाउन नसक्दा बिश्वास जित्न अलि बढिनै समय खर्चनु पर्नेछ ।

 

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) सानो प्रयत्नले राम्रो काम गरी फाईदा लिन सकिनेछ भने प्रतिस्पर्धिहरु परास्त हुँनेछन् । माया प्रेममा सामिप्यता बढेर जानेछ । अध्ययन अध्यापनमा प्रगति गरी गन्तब्य भेटाउँन सकिनेछ । दाजुभाई तथा छिमेकीहरु सँगको सम्बन्धमा सुधार भएर जानेछ भने आफन्त सँग गरिने व्यापार व्यावसायबाट प्रशस्त आम्दानी हुने ग्रहयोग रहेकोछ । उत्पादित उद्योगमा लगानी बढाई भने जस्तो रुपैया पैसा कमाउँन सकिनेछ । छोटो तथा रमाईलो यात्रा गरी सकारात्मक नतिजा हात लगाउँन सकिनेछ । पराक्रम बढेर जाने हुनाले जोसिलो काम गर्ने जागर आउँनेछ । 

 

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) आफन्त तथा परिवार बाट अप्रिय तथा दुःखद समाचार सुनिने हुँदा मनमा खिन्नता पैदा हुनेछ । अध्ययन तथा अध्यापनको क्षेत्र तपाई आफ्नै कारणले कमजोर रहनेछ । बोल्दा वा कुनैपनि प्रश्तुतिमा भाग लिदा प्रशस्त तयारि गर्नुहोला कमजोरी गरेको वा भएको आभास हुनेछ । तयारी बिनानै प्रश्तुत गरिने कुनै पनि योजना बिफल हुन सक्छ ध्यान दिनुहोला । स्वास्थ्यमा समस्या आई दैनिक कामकाज गर्न नसकिने हुनाले रुपैया पैसाको ब्यवस्थापन गर्न गाह्रो हुनेछ ।

 

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) पुराना कामबाट लाभ लिने समय रहेकोछ भने नया काम शुरु गर्दा मनग्गे आम्दानी हुनेछ । समयको सही सदुपयोग गरी रचानात्मक काम गरी समाजमा नाम कमाउन सकिनेछ । साथिभाईको सहयात्रा तथा सहकार्यबाट राम्रा काम गर्न सकिनेछ । प्रेम गर्ने जोडिहरुका लागि समयले साथ दिनेछ भने नया नया प्रेम प्रस्ताब आउनेछ । बिद्यार्थीहरुले पढाईमा राम्रो प्रगति गरि आफन्त तथा गुरुवर्गहरुलाई खुरी राख्न सक्नेछन् ।

 

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) खर्च भावमा गोचर गर्ने चन्द्रमाले स्वास्थ्यमा समस्या आई उपचार तथा औषधि खर्च बढेर जानेछ ।  व्यापार व्यावसायमा लगानी गरेपनि आम्दानि कम हुनेछ भने बिदेशमा उत्पादित सामानको व्यापार भने फस्टाएर जानेछ । पढाई लेखाईमा समय दिन नसक्दा अरुभन्दा पछि परिनेछ । आफुभन्दा अग्रज सँग राय बाजिने तथा मनमुटाब बढ्ने योग रहेकोछ । प्रेममा अबिश्वास तथा मनमुटाब बढ्नेछ ।

 

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) घर परिवार तथा समाजमा तारिफयोग्य कामगरी नाम तथा दाम दुवै कमाउन सकिनेछ । व्यापार व्यावसाय फस्टाएर जानेछ भने आए आर्जनका स्रोतहरु फराकिला हुनेछन् । खनिज पदार्थ तथा तरल पदार्थको व्यापार व्यावसाय फस्टाएर जानेछ । पढाई लेखाईमा भनेजस्तो नतिजा हात पार्न सकिने हुदा स्कुल कलेजमा शिक्षक तथा आफन्तहरु खुसी हुनेछन् । नया प्रेम प्रस्ताब आउनेछ ।

 

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) आफन्त तथा परिवारका साथ उपलब्धिमुलक रमाइलो यात्राको सम्भावना देखिन्छ । काम गर्ने जोश, जाँगर र आत्मबल बढ्नेछ । न्यायिक काममा भएको उल्झन बिस्तारै हराउदै जानेछ । साथिभाई तथा ईष्टमित्रको सहयोग मिल्नेछ । मान्यजनको सहयोगमा गरेको काममा सफलता मिल्नेछ । नयाँ काम गरी मनग्गे लाभ लिन सकिनेछ भने रोजगारीको खोजिमा हुनेहरुले काम पाउने प्रशस्त सम्भावना रहेकोछ । काम गर्ने ठाउँमा तपाईको कामको प्रशंसा हुनेछ । 

 

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) सानो प्रयत्नले हुने काम पनि दिन भर लगाएर गर्नुपर्दा समय त्यतिकै व्यतित हुनेछ । बन्द व्यापारमा मन्दि आउनेछ भने लगानी फस्ने योग रहेको छ । स्वास्थ्यमा समस्या आउने योग रहेको छ । पढाईमा समय दिन नसक्दा अरुभन्दा पछि परिनेछ । साथिभाई तथा छिमेकमा असमजदारी बढ्नेछ । धार्मिक क्षत्रतिरको यात्रामा मन जानेछ ।  माया प्रेममा अबिश्वास बढ्ने तथा जीवन साथिसँग मनमुटाब बढ्नेछ ।

 


थप समाचार

अल्डरसटको शिव मन्दिर राजदूत डा सुवेदीबाट अवलोकन, सहयोगको आश्वासन

  • 9 hours ago
अल्डरसटको शिव मन्दिर राजदूत डा सुवेदीबाट अवलोकन, सहयोगको आश्वासन

राजदूत डा सुवेदीले आफ्नो तथा नेपाल सरकारका तर्फबाट गर्नुपर्ने सहयोगका लागि तयार रहेको बताउंदै मन्दिरको लागि उत्कृष्ट भवन छनौट गरेकोमा शिव कल्चरल सेन्टर समितिलाई बधाई ज्ञापन गरे ।

चीनद्वारा हुवावेका वित्तीय प्रमुखको पक्राउबारे राजदूतसँग सोधपुछ

  • 9 hours ago
चीनद्वारा हुवावेका वित्तीय प्रमुखको पक्राउबारे राजदूतसँग सोधपुछ

बेइजिङ । हुवावेका वित्तीय प्रमुख मेङ वाङझाओलाई क्यानडामा पक्राउ गरिएपछि यसको कडारूपमा विरोध जनाउँदै बेइजिङले चीनका लागि क्यानडाका राजदूत जोन म्याककालमलाई विदेश

समलिङ्गी विवाहसम्बन्धी कानूनको माग

  • 10 hours ago
समलिङ्गी विवाहसम्बन्धी कानूनको माग

काठमाडौँ । नेपालको संविधान र कानूनले वैवाहिक समानतालाई स्वीकार गरेको भन्दै यस क्षेत्रका सरोकारवालाहरूले समलिङ्गी विवाहसम्बन्धी कानून बनाउन माग गरेका छन् ।



प्रेम र यौन

महिनावारीको बेलामा यौन सम्पर्क गर्न हुन्छ कि हुँदैन ?

महिनावारीको बेलामा यौन सम्पर्क गर्न हुन्छ कि हुँदैन ?

एजेन्सी । महिनावारी भएको बेला यौन सम्पर्क गर्न हुन्छ ? या हुँदैन यो प्रश्नले धेरै जोडीहरुले सोध्ने गरेका छन् । यस्तो बेला यौन सम्पर्क गर्ने कुरा इच्छामा भर पर्छ । तर, हाम्रो समाजको चलनचल्तीको कुरा गर्ने हो भने महिनावारीको बेला सम्पर्क गर्नुलाई राम्रो मानिँदैन ।

जीवनशैली/स्वास्थ्य

यस्तो छ विश्वकै धनी बिल गेट्सकी छोरीको लाइफस्टाइल

यस्तो छ विश्वकै धनी बिल गेट्सकी छोरीको लाइफस्टाइल

एजेन्सी । संसारकै सर्वाधिक धनी ब्यक्ति हुन् विल गेट्स र उनकी श्रीमती मेलिण्डा तर सधै यो जोडीले आफ्नो ब्यक्तिगत लाइफलाई प्राइभेट राख्छ । उनकी २१ वर्षीया छोरी जेनिफर गेट्स यसको ठिक उल्टो छिन् । जो घुमफिर गर्न सौखिन छन् र आफ्ना फोटोहरु सोसल मिडियाहरुमा जमेर सेयर गर्छिन् ।

विचित्र विश्व

स्लीपिङ ब्युटी: एकपटक सुतेपछि ६ महिनापछि मात्रै उठ्छिन्

स्लीपिङ ब्युटी: एकपटक सुतेपछि ६ महिनापछि मात्रै उठ्छिन्

हामीले इतिहास पढेका छौ जहाँ कुम्भकर्ण एकपटक सुतेपछि ६ महिनापछि मात्रै उठ्थे । एक यस्तै युवती रहेकी छिन् जसलाई कलियुगको कुम्भकर्ण भनिन्छ ।