सामाजिक सुरक्षा भत्ता नपाउँदा तिहार खल्लो

  • बुधबार, २१ कार्तिक, २०७५
  • 4 months ago
  • अर्थ

 सामाजिक सुरक्षा भत्ता नपाएपछि कञ्चनपुर शुक्लाफाँटा नगरपालिकाका ज्येष्ठ नागरिकको दशैँ र तिहारजस्ता मूख्य चाडवाड खल्लो भएको छ । 

 

नगरपालिका कार्यालयले समयमै भत्ता रकम निकासा नगर्दा जेष्ठ नागरिकको दशैँजस्तै तिहार पनि खल्लो हुने भएको हो । रमाइलो गरी तिहार मनाउने सोच बनाएका शुक्लाफाँटा नगरपालिकाका ज्येष्ठ नागरिक भत्ताको रकम नपाउने निश्चित भएपछि खिन्न भएका छन् । 

 

नगरपालिकाले समयमा सामाजिक सुरक्षा भत्ताको रकम वितरणका लागि बैङ्कलाई स्पष्ट निर्देशन दिन नसक्दा यहाँका ज्येष्ठ नागरिक, एकल महिला, अपाङ्ग, दलित बालबालिकाले रकम पाउन सकेका छैनन् । 

 

शुक्लाफाटा नगरपालिका–४ का जानकी देवी डगौराले सामाजिक सुरक्षाभत्ता नपाउँदा दशैँ जस्तै तिहारमा समेत नयाँ लुगा लगाउन नपाइने भएको बताउनुभयो । “तिहारमा भत्ताको आशमा बसेका थियौ, भत्ता नपाएपछि मिठो मसिनासमेत खान नपाइने भइयो”, ज्येष्ठ नागरिक डगौराले बताए । 

 

नगरपालिकाका–७ का एकल महिला लालमती देवी जागरीले आर्थिक अवस्था कमजोर हँुदा घर परिवारले ऋण निकालेर दशैँ मनाएको उल्लेख गर्दै तिहारमा समेत भत्ताको रकम नपाइदा निकै निरास हुनुपरेको बताए । 

 

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रघुनाथ अवस्थीले बैङ्कबाट भत्ता प्राप्त गरिने भएकाले समयमै बैङ्कको खातामा सो रकम जम्मा गरेको बताउँदै समयमै खातामा रकम जम्मा गरिए पनि सम्बन्धीत व्यक्तिलाई उपलब्ध नगराउनु बैङ्कले जम्मेवारी लिनुपर्ने धारणा व्यक्त गरे । 

 

भत्ताको रकम वितरणको जिम्मा पाएको कुमारी बैङ्क झलारी शाखाका प्रवन्धक सुशील जोशीले सामाजिक सुरक्षा भत्ता प्राविधिक कारणले बैङ्कले उपलब्ध गराउन नसकेको बताउनुभयो । उहाँले जनशक्ति अभावका कारण समयमै भत्ता उपलब्ध गराउन नसकिएको जानकारी दिए । 

 

यसरी सामाजिक सुरक्षा भत्तावापतको रकम बुझ्नेमा ५६१ दलित, एक हजार ५९१ ज्येष्ठ नागरिक र एक हजार छ सय १० एकल महिला छन् । यसैगरी, अपाङ्गता भएका व्यक्ति दुई सय ९३, पाँच वर्ष पोषणवापतको भत्ताको रकम पाउने पाँच वर्ष मुनिका दलित वालवालिका सात सय ७४ छन् । 

 

सामाजिक सुरक्षावापत नगरपालिकाले रु सात करोड ८७ लाख ९३ हजार छ सय रकम वितरण गर्दै आएको छ । 

 


थप समाचार

के बेवास्तामा परेकै हो त बिजिडब्लुएस ?

  • 3 hours ago
के बेवास्तामा परेकै हो त बिजिडब्लुएस ?

लण्डनस्थित नेपाली दूतावास र राजदूत डा दुर्गाबहादुर सुवेदीले समेत अरु गोर्खा संगठनलाई काखा र बिजिडब्लुएसलाई पाखा गरेको आरोप अध्यक्ष देवानले लगाएका छन् ।

वैज्ञानिक आविस्कारसँगै चर्चामा आएका पाँच महिलाहरु

  • 3 hours ago
वैज्ञानिक आविस्कारसँगै चर्चामा आएका पाँच महिलाहरु

संसारमा केही त्यस्ता महिलाहरु छन् जो आफ्नो सफतला र प्रभावको कारण सर्वप्रख्यात छन् । त्यस्ता महिलाहरुको प्रसंगमा पाँच महिला सधै अग्रणी स्थानमा आउँछन् जसले आफुलाई विज्ञानको क्षेत्रमा शोध र प्रयोगमा मात्

विश्वकै शक्तिशाली नेताहरु जसले गरेका छन् पिएचडी

  • 3 hours ago
विश्वकै शक्तिशाली नेताहरु जसले गरेका छन् पिएचडी

विश्वका धेरै प्रख्यात नेताहरुले आफ्नो देशको कार्यकारी पदमा रहेर आफुलाई प्रमाणित त गरे नै त्यसबाहेक उनीहरुले विश्वविद्यालयमा पनि आफुलाई अब्बल साबित गराउन सफल रहे ।



प्रेम र यौन

के हो राम्रो सेक्स ?

के हो राम्रो सेक्स ?

पुरुषहरु बढी सेक्सको बारेमा धेरै कुरा गर्छन् तर, महिलाहरु भने भित्रभित्रै धेरै सेक्सको चाहना धेरै राख्छन् । राम्रो सेक्स धेरै मानिसहरुका लागि अपरिहार्य कुरा हो । भोक लाग्दा खाना खाए जस्तै शरिरले मागेको बेलामा सेक्स गर्नु पनि साधारण कुरा हो । आजकाल धेरैजसो महिलाको आफ्नो पुरुषले शारिरिक सन्तुष्टि प्रदान गर्न नसकेको कुराहरु धेरै सुन्न पाइन्छ ।

जीवनशैली/स्वास्थ्य

विश्वकै शक्तिशाली नेताहरु जसले गरेका छन् पिएचडी

विश्वकै शक्तिशाली नेताहरु जसले गरेका छन् पिएचडी

विश्वका धेरै प्रख्यात नेताहरुले आफ्नो देशको कार्यकारी पदमा रहेर आफुलाई प्रमाणित त गरे नै त्यसबाहेक उनीहरुले विश्वविद्यालयमा पनि आफुलाई अब्बल साबित गराउन सफल रहे ।

विचित्र विश्व

ब्याचलर पास हुनुहुन्छ - करिअर बनाउन चाहनेका लागि यी हुन् उत्कृष्ट देशहरु

ब्याचलर पास हुनुहुन्छ - करिअर बनाउन चाहनेका लागि यी हुन् उत्कृष्ट देशहरु

यो भन्न अब निकै कठिन भइसकेको छ कि ग्रयाजुएसन पश्चात राम्रो जागिरको ग्यारेण्टी हुन्छ भनेर । सन् २०२० सम्ममा ४० मिलियन कलेजका शिक्षित कामदारहरु ग्लोबल इकोनोमीमा हुने द मिकिन्से ग्लोबल इन्सिटुटले अनुमान गरेको छ ।