गृहमन्त्री थापाको दाबीः समृद्धिका लागि सबैखाले सिण्डिकेट अन्त्य गरेरै छाड्छु

धनगढी । गृहमन्त्री रामबहादुर थापाले भ्रष्टाचार, अनियमितता र सिण्डिकेटको अन्त्य नभएसम्म मुलुकमा विकास र समृद्धि आउन नसक्ने बताएका छन् ।  

 

वुधबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘विकास निर्माण, यातायात, स्वास्थ्य, शिक्षा, कृषिलगायत हरेक क्षेत्रमा देखिएको भ्रष्टाचार, अनियमितता र सिण्डिकेट अन्त्यका लागि सरकार पूर्ण प्रतिवद्ध छ ।’

 

गृहमन्त्री थापाले सरकार विकास र समृद्धिको मार्गमा अगाडि बढिरहेको बताउँदै तस्करीलाई समर्थन गर्ने प्रहरीलाई तत्काल कारबाही गर्ने दृढता व्यक्त गरे । 

 

प्रहरी, कर्मचारी संयन्त्र र राजनीतिक दलमा सुधारको ठूलो खाँचोको आवश्यकता महसुस गरेर सरकारले शुद्धिकरणको अभियान चलाइरहेको बताउँदै उनले यो कार्यमा सहयोग गर्न सञ्चारकर्मीलाई आग्रह गरे ।  

 

पत्रकारद्वारा सोधिएको एक प्रश्नको जवाफमा गृहमन्त्री थापाले विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका संविधान विरोधी क्रियाकलापलाई राजनीतिक र प्रशासनिक ढंगबाट समाधान खोज्ने गृहकार्यमा सरकार लागिपरेको बताउँदै दुई ठूला कम्युनिष्ट पार्टीबीचको एकताले देशमा राजनीतिक स्थायित्वलाई सुनिश्चित गरेको छ भने ।  

 

उनले आन्तरिक सुरक्षा नीतिलाई सबल र सुदृढ बनाई मुलुकको विकास र समृद्धिलाई सुनिश्चित गर्न सातवटै प्रदेशमा सुरक्षा गोष्ठी गरिएको पनि बताए । 


थप समाचार

सूचनामा संकीर्णता : ‘निर्णय कार्यान्वयनमा गइसकेपछि थाहा दिनुको अर्थ छैन’

  • 2 minutes ago
सूचनामा संकीर्णता : ‘निर्णय कार्यान्वयनमा गइसकेपछि थाहा दिनुको अर्थ छैन’

काठमाडौं। संसार सूचना प्रविधिको युगमा छ। सूचना सम्प्रेषणको तीव्रताले समाज विकासको गति पनि बढाउँछ। गणतन्त्रपछिको सरकार भने सूचना लुकाउनुलाई नै आफ्नो शक्ति ठान्न थालेको छ।

व्यापारीसँग एक लाख घुस लिने प्रहरी हवल्दार पक्राउ

  • 4 minutes ago
व्यापारीसँग एक लाख घुस लिने प्रहरी हवल्दार पक्राउ

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक लाख रुपैयाँ घुससहित नेपाल प्रहरीका एक जना हवल्दारलाई पक्राउ गरेको छ । आयोगको हेटौंडाको टोलीले टोलीले जिल्ला प्रहरी कार्यालय बाराका हवल्दार सुदामा हजराल

आचरण सुधार्न सेनामा विशेष अभियान, ‘उपहार’ लेनदेनमा कडाइ

  • 6 minutes ago
आचरण सुधार्न सेनामा विशेष अभियान, ‘उपहार’ लेनदेनमा कडाइ

काठमाडौं । पछिल्लो समय नेपाली सेनाको छवि अपारदर्शी बन्दै गएको भन्दै आचरण सुधार्न सैनिक मुख्यालयले अभियान सुरु गरेको छ।



भिडियो

प्रेम र यौन

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

काठमाडौँ । उमेर पुगेका हरेक व्यक्तिलाई यौनको चाहाना हुनु स्वाभाविक नै मानिन्छ तर यदि कोहि महिला वा पुरुषलाई यौन चाहानामा गडबढी हुनु पनि सामान्य हुँदै गएको छ ।

जीवनशैली/स्वास्थ्य

यसरी बस्दै नबस्नुहोस्...

यसरी बस्दै नबस्नुहोस्...

हरेकको आफ्नो आफ्नो बस्ने तरिका हुन्छ । प्राय जसो मानिसहरु लेग क्रस गरेर बस्ने गर्छन् । यो बस्ने तरिकाले शरिरलाई हानी गर्छ । लेग क्रस गरेर बस्नाले तपाईलाई बिमारी समेत बनाउन सक्छ । यसरी बस्नाले शरिरमा यस्ता हानीहरु हुने गर्छ ।

विचित्र विश्व

विश्वकै खतरनाक मार्गहरु

विश्वकै खतरनाक मार्गहरु

संसारमा यस्ता धेरै ठाउँहरु रहेका छन् जसको मार्ग आश्चर्य चकित पार्ने तथा खतरनाक खालका रहेका छन् । आज पनि यी मार्गहरु मानिसहरुले प्रयोग गर्ने गरेका छन् ।