मात्र एक मिनेटमा इन्टरनेटमा के–के हुन्छ ?

प्रतिकात्मक तस्बिर

एजेन्सी । यदि तपाईलाई प्रश्न गरियो कि एक मिनेटमा तपाई के–के गर्न सक्नुहुन्छ ? यसको उत्तर के हुन्छ तपाईको ? तपाईले भन्न सक्नुहोला म १० म्यासेज पठाउन सक्छु या १०० मिटर दौडन सक्छु । तर सोँच्नुहोस् यही काम यदि विश्वभरमा लाखौं मानिसहरु एकैसाथ गरेमा के होला ?

 

आज हामी यसै सन्दर्भमा चर्चा गर्छौं कि एक मिनेटमा इन्टरनेटको क्षेत्रमा विश्वभर के–के हुन्छ ? डाटा एनालिस्ट कम्पनी ‘डोमो’ले यसको सुची सार्वजनिक गरेको छ कि एक मिनेटमा इन्टरनेटमा के–के हुन्छ । 

 

व्हाट्सएप 

 

एक मिनेटमा व्हाट्सएपमा ४.१ करोड म्यासेजहरु पठाइन्छ । व्हाट्सएप सबैभन्दा व्यस्त नयाँ वर्षको बेलुका हुने गर्दछ । यसै वर्ष व्हाट्सएपले एक रिपोर्ट सार्वजनिक गरेको थियो जसअनुसार नव वर्ष २०२० को पूर्व सन्ध्यामा पुरा विश्वमा १०० अर्ब व्हाट्सएप म्यासेज पठाइएको थियाे । जसमध्ये २० अर्ब म्यासेज भारतबाट पठाइएको आँकडा थियो । 

युट्युब 

 

युट्युबको बारेमा तपाईलाई थाहा नै छ । तर यो जानकारी सुन्दा तपाई अचम्ममा पर्न सक्नुहुन्छ कि युट्युबमा एक मिनेटमा ४५ लाख भिडियो हेरिन्छ । यसका साथै मानिसहरु गीत सुन्नका लागि पनि युट्युबको प्रयोग गर्दछन् । 

गुगल 

 

गुगलको सर्च इञ्जिनलाई विश्वको बादशाह पनि भन्ने गरिन्छ । किनभने आजसम्म यस्तो कुनै सर्च इञ्जिन पैदा भएको छैन जसले गुगललाई पछि पारेको छ । गुगलमा एक मिनेटमा ३८ लाख सर्च गरिन्छ । 

फेसबुक 

 

फेसबुकमा हरेक मिनेट १० लाख मानिसहरु ‘लग ईन’ गर्दछन् । तपाई अनुमान गर्न सक्नुहुन्छ कि हरेक मिनेटमा १० लाख मानिसलाई सम्हाल्नका लागि कति ठूलो सर्भरको आवश्यकता पर्दछ । 

इन्स्टाग्राम 

 

इन्स्टाग्राममा हरेक मिनेट २ लाख ७७ हजार ७ सय ७७ तस्बिरहरु अपलोड हुन्छन् । जानकारीका लागि, इन्स्टाग्रामलाई सन् २०१२ मा फेसबुकले किनेको थियो । 

एप स्टोर 

 

गुगल प्ले र एप्पलको एप स्टोरमा हरेक मिनेटमा ३ लाख ९० हजार एपहरु डाउनलोड हुन्छन् । जसमा हरेक प्रकारका एपहरु रहेका छन् । 

 

ट्विटर 

 

ट्विटरमा एक मिनेटमा ५ लाख ११ हजार २ सय ट्विट गरिन्छ । सबैभन्दा बढी ट्विट देश तथा विदेशमा चर्चामा रहेको सामाजिक मुद्धा तथा ह्यासट्यागको साथमा हुने गर्दछ । 

नेटफ्लिक्स 

 

हरेक मिनेटमा नेटफ्लिक्समा कुल ६ लाख ९४ हजार ४ सय ४४ भिडियो हेरिन्छ । 

अनलाइन शपिङ

 

अनलाइन शपिङमा एक मिनेटमा मानिसहरु १० लाख डलर खर्च गर्दछन् । यी अनलाइन शपिङ साइट अमेजन, फिलप्कार्ट र इबे रहेका छन् । 

जिफी 

 

जिफीमा एक मिनेटमा ४८ लाख जिफ बनाइन्छ , व्हाट्सएपमा जिफको सपोर्ट भएसँगै जिफीको लोकप्रियता बढ्दो छ । जिफ पाइल एक मिडिया फाइल हो जसमा कुनै अडियो हुँदैन । 

 


थप समाचार

अफगानिस्तानमा २४ घन्टामा ५६० कोरोना संक्रमित थपिए

  • 16 minutes ago
अफगानिस्तानमा २४ घन्टामा ५६० कोरोना संक्रमित थपिए

एजेन्सी । अफगानिस्तानमा गएको २४ घन्टायता ५६० जना कोरोना संक्रमित थपिएका जनस्वास्थ्य मन्त्रालयले बिहीबार जानकारी दिएको छ ।यो समेत गरी बिहीबारसम्म यहाँ कोभिड १९ का संक्रमितको संख्या १३ हजार १६ पुगेको पन

रसियाद्वारा एससीओ, ब्रिक्स शिखर सम्मेलन स्थगित

  • 21 minutes ago
रसियाद्वारा एससीओ, ब्रिक्स शिखर सम्मेलन स्थगित

एजेन्सी । रसियामा जुलाईमा आयोजना गर्न लागिएका ब्रिक्स र शाङ्घाई सहयोग संगठन (एससीओ) का शिखर सम्मेलनहरु स्थगित भएका छन् ।

हावाहुरीले विद्यालयका छाना उडाएपछि गुल्मीमा क्वारेन्टिन व्यवस्थापनमा समस्या

  • 40 minutes ago
हावाहुरीले विद्यालयका छाना उडाएपछि गुल्मीमा क्वारेन्टिन व्यवस्थापनमा समस्या

गुल्मी । गुल्मीमा हावाहुरीले विद्यालयका छाना उडाएपछि क्वारेन्टिन व्यवस्थापनमा समस्या भएको छ । जिल्लाको इस्मा गाउँपालिका वडा नम्बर १ स्थित रातचौर प्राथमिक विद्यालयमा भारतबाट आउने १२ जनालाई व्यवस



प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

श्रीमतीलाई खुसी राख्न कपडा धोइदिनुहोस्

श्रीमतीलाई खुसी राख्न कपडा धोइदिनुहोस्

तपाई आफ्नी पार्टनर या श्रीमतीलाई खुसी राख्न के गर्नु हुन्छ ? नयाँ–नयाँ गिफ्ट या मिठा खानेकुरा ल्याएर फकाउनु हुन्छ होला । तर, अब उनीहरुलाई खुसी राख्न त्यती कष्ट गर्नु पर्दैन । मात्र कपडा धोईदिए पुग्छ । ब्रिटेनमा भएको एक अध्ययनले यस्तो पत्ता लागेको हो ।