क्यानडाले अबको तीन वर्षमा १० लाख आप्रवासीलाई प्रवेश अनुमति दिने

एजेन्सी । तपाईलाई क्यानडा जान रहर छ ? अब यो रहर यथार्थतामा बदलिने भएको छ । अबको तीन वर्षमा क्यानडाले १० लाख आप्रबासीहरुलाई आफ्नो देशमा प्रवेश अनुमति दिने भएको छ । यसका लागि क्यानडा सरकारले नीति नियम बनाइसकेको मिडिया रिपोर्टमा उल्लेख छ । 

 

क्यानडाको संसदले योजना सार्वजनिक गर्दै अबको तीन वर्षभित्र करिब दश लाख आप्रबासीहरुलाई स्थायी रुपमा प्रवेश अनुमति दिन लागेको हो । 

 

सन् २०१७ मा क्यानडामा २ लाख ८६ हजारले स्थायी निवास दिएको थियो । सन् २०१८ मा यो संख्या ३ लाख ५० हजारसम्म पुग्ने बताइएको छ । सन् २०२० मा यो संख्या ३ लाख ६० हजार, सन् २०२१ मा ३ लाख ७० हजार पुग्ने बताइएको छ । 

 

क्यानडाले नयाँ तथा युवा अनुहारलाई आफ्नो देशमा स्वागत गर्ने बताएको छ । क्यानडामा वृद्धहरुको संख्या अत्याधिक रुपमा बढिरहेको र जन्मदर पनि निकै कमी भएका  कारण विश्वभरबाट करिब १० लाख आप्रबासीहरुलाई क्यानडामा स्थायी बसोबास दिन लागिएको हो ।

 

क्यानडामा आवश्यक जनशक्तिको कमी नआउन दिन क्यानडा सरकारले यस्तो कदम चालेको हो । क्यानडामा प्रत्येक पाँच जानमा एक जना आप्रबासीहरु रहेका छन् । 

 


थप समाचार

बलात्कार मुद्दामा थुनामा रहेका कैदीकाे मृत्यु

  • 46 minutes ago
बलात्कार मुद्दामा थुनामा रहेका कैदीकाे मृत्यु

चितवन । जबरर्जस्ती करणी मुद्दामा थुनामा रहेका एक कैदीको मृत्यु भएको छ ।

‘रिल’का गोपी बिपिनले ‘रियल लाइफ’कै गोपी भेटे

  • 46 minutes ago
‘रिल’का गोपी बिपिनले ‘रियल लाइफ’कै गोपी भेटे

चितवन । शनिबारबाट फिल्म ‘गोपी’को प्रचारमा निस्किएका बिपिन कार्कीले चितवनमा साँच्चिकैका गोपी भेटेका छन् । उनले फिल्मको प्रचारका क्रममा फिल्ममा झैं गाई व्यवसाय गर्ने गोपी ढकाललाई भेटेका हुन् । बिपिनले च

कङ्गोको राष्ट्रपतिमा शिसेकेडी विजयी भएको अदालतको घोषणा

  • 52 minutes ago
कङ्गोको राष्ट्रपतिमा शिसेकेडी विजयी भएको अदालतको घोषणा

किन्सासा । प्रजातान्त्रिक गणतन्त्र कङ्गोको संवैधानिक अदालतले विपक्षी नेता फेलिक्स शिसेकेडी राष्ट्रपतिमा निर्वाचित भएको घोषणा गरेको छ । उनका निकटतम प्रतिद्वन्द्वी मार्टिन फायुलुले चुनावमा धाँधली भएको आ



जीवनशैली/स्वास्थ्य

घरमा सुख शान्ति बनाइराख्न यस्ता कामहरु गर्नुहोस्

घरमा सुख शान्ति बनाइराख्न यस्ता कामहरु गर्नुहोस्

घरमा सुख समृद्धि बनाइराख्नको लागि हाम्रा पूर्वजहरुले पहिलेदेखी नै धेरै परम्पराहरु मान्दै आएको पाइन्छ । तर आजकालको आधुनिक युगमा धेरै मानिसहरुले पुराना परम्पराहरु मान्न छाडिसके ।

विचित्र विश्व

सिङ्गै गाउँ चार जनाको नाममा

सिङ्गै गाउँ चार जनाको नाममा

डोल्पा । जिल्लाको त्रिपुरासुन्दरी नगरपालिका, ५ फुल्चिङका ६९ वर्षीय चन्द्रलाल चलाउनेको नाममा एक टुक्रा पनि जग्गा छैन । घरअगाडिको प्रशस्त जमिनमा मेहनतका साथ अधियाँ खेती गरे पनि उनको परिवारलाई वर्षभरि जीविका चलाउन मुस्कल पर्छ ।