IIMS College

ISMT

HUB Education

१३औँ साग : महिला फुटबलमा नेपालकाे विजयी शुरूवात

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

पोखरा । १३औँ दक्षिण एशियाली खेलकूद प्रतियोगिता (साग) अन्तर्गतको महिला फुटबल प्रतियोगिताको आज सम्पन्न भएको पहिलो खेलमा नेपालले विजयी शुरुवात गरेको छ । 

 

पोखरा रङ्गशालामा सम्पन्न भएको खेलमा नेपालले प्रतिद्वन्द्वी श्रीलङ्कालाई १–० ले पराजित गरेको हो । नेपालले पूरा समय श्रीलङ्कालाई दवावमा राखेको भए पनि खेलको अन्तिम मिनेटमा गोल गर्न सफल भयो । 

 

नेपालका लागि सरु लिम्बूले ८८औँ मिनेटमा गोल गर्दै नेपाललाई अग्रता दिलाउनुभएको थियो । खेलको १५औँ मिनेटमा सावित्रा भण्डारीले डिबक्सभित्र पाएको अवसरलाई सही दिशा दिन सकिनन् । 

 

श्रीलङ्काले खेल अवधिभर रक्षात्मक खेल खेलेको थियो । सो अवसरमा नेपाली खेलाडीहरूले पटक पटक डिबक्सभित्र पाएको राम्रो अवसरलाई सदुपयोग गर्न सकेका थिएनन् । 

 

टोलीका क्याप्टेन निरु थापाले खेलको ३८औँ मिनेटमा हानेको प्रहारलाई श्रीलङ्काका गोलकिपर अयोमी विजेराथनाले सहजै विफल पारेकी थिइन् । 

 

खेल अवधिभर नेपालले दवाव राखेको भए पनि नतिजा निकाल्न नसकेपछि नेपाली महिला टोलीका मुख्य प्रशिक्षक हरि खड्काले खेलको ३२औँ मिनेटमा दीपा राई मैदानबाहिर निकालेर सरु लिम्बूलाई मैदानभित्र उतारेका थिए । 

 

पाएको धेरै अवसरलाई सदुपयोग गर्न सकेनौँः हरि खड्का

 

नेपाली महिला फुटबल टोलीका मुख्य प्रशिक्षक खड्काले आज भएको श्रीलङ्का विरुद्धको खेलमा उत्कृष्ट प्रदर्शन गरेको बताए । जितका लागि अन्तिम समय कुर्नुपरेकामा भने उनले विपक्षीको ‘डिफेन्सिभ’ राम्रो भएको बताए । 

 

‘हामीले ‘अट्याकिङ’ खेलेका थियौँ । तर श्रीलङ्काको डिफेन्सिभ खेलले जितका लागि अन्तिम समय कुर्नुपरेको हो’, प्रशिक्षक खड्काले भने, ‘तर आजको समग्र खेललाई हेर्ने हो भने पनि हाम्रै उत्कृष्ट थियो ।’ 

 

उनले गोल गर्ने सरु लिम्बूले अट्याकिङ भूमिका राम्रो निभाएकाले खेल सम्भव भएको बताए । 


थप समाचार

महोत्तरीका विद्यार्थी वोरामा बसेर अध्ययन

  • 13 minutes ago
महोत्तरीका  विद्यार्थी वोरामा बसेर अध्ययन

महोत्तरी । महोत्तरीको गौशाला नगरपालिका ६ स्थित श्री जनता आधारभूत विद्यालयको वालकक्षाका विद्यार्थी वोरामा बसेर अध्ययन गर्दै । क्रमिक रुपमा चिसो बढेपछि विद्यालयमा मेचको व्यवस्था नभएकोले विद्यार्थी घरबा

क्रिकेटर बन्दै तापसी !

  • 24 minutes ago
क्रिकेटर बन्दै तापसी !

अभिनेत्री तापसी पन्नुले भारतीय क्रिकेट टीमको पूर्व कप्तान मिलाती राजको बायोपिक ‘शाबाश मिठू’मा काम गर्नका लागि कम्मर कसेकी छन् । तापसीको यस नयाँ फिल्मको चर्चा खुब भइरहेको छ । यस फिल्मको लागि तापसीले वि

खरले छाएको घरमा आगलागी

  • 29 minutes ago
खरले छाएको घरमा आगलागी

तुलसीपुर । दाङमा खरले छाएको एक घरमा आगलागी भएको छ । आज बिहान सवा १ः०० बजेतिर गढवा गाउँपालिका वडा नं ७ विजयपुर निवासी चुमा थापाको फुसले छाएको एकतले घरमा आगलागी भएको हो ।



प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

जीवनशैली/स्वास्थ्य

यस्तो रहेको छ मंगलबारको तपाईको भाग्य–मंसिर २४ गते

यस्तो रहेको छ मंगलबारको तपाईको भाग्य–मंसिर २४ गते

वि.सं.२०७६ साल मंसिर २४ गते । मंगलबार । ईश्वी सन् २०१९ डिसेम्बर १० तारिख । नेपाल संवत् ११४० । परिधावी संवत्सर । दक्षिणायन । हेमन्त ऋतु । श्रीशाके १९४१ । काठमाडौंमा सूर्योदय ०६ बजेर ४४ मिनेट, सूर्यास्त बेलुकी ०५ बजेर ०७ मिनेट ।