IIMS College

ISMT

HUB Education

महिला भलिबलमा स्वर्ण जित्ने अवसर गुम्याे, नेपाल रजत पदकमै सीमित

सांकेतिक तस्वीर
Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

काठमाडौँ ।  १३औँ दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत महिला भलिबलको प्रतिस्पर्धात्मक फाइनल खेलमा नेपालले रजत पदक जितेको छ । 

 

त्रिपुरेश्वरस्थित कर्भड हलमा भएको खेलमा भारतले ३–२ को विजय निकाल्दै स्वर्ण पदक हात पार्‍यो । पाँच सेटमा भएको खेलमा नेपालले पहिलो सेट २५–१७ अन्तरले गुमाएको थियो । 

 

दोस्रो र तेस्रो सेट नेपालले लगातार २५–२३ र तेस्रो सेट २५–२२ को अन्तरले जितेको थियो । चौथो सेट भने भारतले २५–२० को अन्तरले जित्यो ।

 

१५ अंकको लागि भएको पाँचौ सेटको खेलमा भारतले १५–६ को फराकिलो जित निकालेपछि स्वर्ण पदक चुम्ने ऐतिहासिक अवसर नेपालले गुमाउन पुग्यो ।

 

नेपाल श्रीलंकाविरुद्ध शानदार जित निकाल्दै फाइनलमा पुगेको थियो ।  शनिबार राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्ड हल त्रिपुरेश्वरमा भएको दोस्रो सेमिफाइनलमा नेपालले श्रीलंकाविरुद्ध ३–० को सोझो सेटको जित निकालेको थियो । 

 

यो नै अहिलेसम्म महिला भलिबलमा नेपालको ऐतिहासिक जित हो । यसअघि भएका सागमा नेपालले कास्य पदक मात्र हात पार्न सकेको थियो ।

 

भारत सेमिफाइनलमा माल्दिभ्सविरुद्ध ३–० को सेटमा विजयी हुँदै फाइनल प्रवेश गरेको हो । समूह चरणको खेलमा भने नेपाल भारतसँग पराजित भएको थियो । भारतसँग पराजित भए पनि समूह उपविजेता बन्दै नेपाल सेमिफाइनलमा प्रवेश गरेको थियो ।


थप समाचार

महोत्तरीका विद्यार्थी वोरामा बसेर अध्ययन

  • 19 minutes ago
महोत्तरीका  विद्यार्थी वोरामा बसेर अध्ययन

महोत्तरी । महोत्तरीको गौशाला नगरपालिका ६ स्थित श्री जनता आधारभूत विद्यालयको वालकक्षाका विद्यार्थी वोरामा बसेर अध्ययन गर्दै । क्रमिक रुपमा चिसो बढेपछि विद्यालयमा मेचको व्यवस्था नभएकोले विद्यार्थी घरबा

क्रिकेटर बन्दै तापसी !

  • 30 minutes ago
क्रिकेटर बन्दै तापसी !

अभिनेत्री तापसी पन्नुले भारतीय क्रिकेट टीमको पूर्व कप्तान मिलाती राजको बायोपिक ‘शाबाश मिठू’मा काम गर्नका लागि कम्मर कसेकी छन् । तापसीको यस नयाँ फिल्मको चर्चा खुब भइरहेको छ । यस फिल्मको लागि तापसीले वि

खरले छाएको घरमा आगलागी

  • 35 minutes ago
खरले छाएको घरमा आगलागी

तुलसीपुर । दाङमा खरले छाएको एक घरमा आगलागी भएको छ । आज बिहान सवा १ः०० बजेतिर गढवा गाउँपालिका वडा नं ७ विजयपुर निवासी चुमा थापाको फुसले छाएको एकतले घरमा आगलागी भएको हो ।



प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

जीवनशैली/स्वास्थ्य

यस्तो रहेको छ मंगलबारको तपाईको भाग्य–मंसिर २४ गते

यस्तो रहेको छ मंगलबारको तपाईको भाग्य–मंसिर २४ गते

वि.सं.२०७६ साल मंसिर २४ गते । मंगलबार । ईश्वी सन् २०१९ डिसेम्बर १० तारिख । नेपाल संवत् ११४० । परिधावी संवत्सर । दक्षिणायन । हेमन्त ऋतु । श्रीशाके १९४१ । काठमाडौंमा सूर्योदय ०६ बजेर ४४ मिनेट, सूर्यास्त बेलुकी ०५ बजेर ०७ मिनेट ।