लण्डनको नेपाली मेला आज, मेला हेर्न आउंदै हजारौं नेपाली

  • आइतबार, १० भदौ, २०७५
  • 2 months ago
  • युके

 

लण्डन । बेलायतका नेपालीहरुमाझ एक रमाइलो पर्वकै जस्तो महत्व राख्ने नेपाली मेला आइतबार आयोजना हुंदैछ । लण्डनको केम्पटन पार्क रेस कोर्समा मध्यान्ह १२ बजेदेखि  कार्यक्रम सुरु हुंदैछ । 

 

यस वर्ष नेपाली मेलाको दशौं संस्करण हो । मेला हेर्न बेलायतका विभिन्न क्षेत्रबाट हजारौं नेपालीहरु भेला हुंदैछन । 

 

मेलामा विगतका वर्षहरुमा जस्तै सबैभन्दा ठूलो आकर्षण विभिन्न संघसंस्था र समुदायका सांस्कृतिक झांकीहरु रहनेछन् । यस वर्ष झांकीको प्रस्तुतिका लागि २ दर्जनभन्दा बढि संस्थाले नाम दर्ता गराएका छन् । 

 

मेलमा युवाहरुको सअभागितामा विशेष सांगीतिक कार्यक्रम पनि प्रत्यक्ष रुपमा प्रस्तुत गरिदैछ । 

 

मेलास्थलमा नेपाली खानाका साथै व्यवसाय र केहि च्यारिटीमुलक गरी दर्जनौं स्टलहरु राखिनेछन् । बालबालिकाको लागि विविध आकर्षक खेलहरु रहनेछन् । 

 

कार्यक्रममा बेलायतस्थित २० भन्दा बढि देशका राजदूत, नेपालीहरुको बाक्लो बस्ती रहेका विभिन्न क्षेत्रका सांसद, मेयर तथा काउन्सिलर लगायतका विशिष्ट अतिथीहरुको सहभागिता रहनेछ । 

 

नेपाली मेला आयोजक तमु धि यूकेले सहभागिताका लागि बेलायतस्थित सम्पुर्ण नेपालीहरुलाई आग्रह गरेको छ । 

 

 


थप समाचार

क्यालिफोर्नियामा डढेलोः अग्नि नियन्त्रकहरुको प्रयास जारी, ५० जनाको मृत्यु

  • 1 hour ago
क्यालिफोर्नियामा डढेलोः अग्नि नियन्त्रकहरुको प्रयास जारी, ५० जनाको मृत्यु

प्याराडाइज । अमेरिकाको क्यालिफोर्निया राज्यको जङ्गलमा लागेको डढेलोका कारण मृत्यु हुनेको संख्या कम्तीमा ५० पुगेको छ । अझै एकसय भन्दा बढी व्यक्ति बेपत्ता रहेको अधिकारीहरुले मङ्गलबार जानकारी दिएका छन् ।

नेपाल प्रहरीलाई ‘डिजिटल गर्भनेन्स अवार्ड’

  • 1 hour ago
नेपाल प्रहरीलाई ‘डिजिटल गर्भनेन्स अवार्ड’

काठमाडौँ । सूचना प्रविधिको उत्कृष्ट प्रयोग गरी कार्य गरेबापत सरकारी संस्थालाई दिइने ‘डिजिटल गभर्नमेन्ट अवार्ड’ नेपाल प्रहरीले प्राप्त गरेको छ । जापानस्थित एशियन–ओसिएनियन कम्युटिङ इन्डष्ट्री अर्गनाइजेस

नेपालमा लगानी र व्यापारका अवसरहरुबारे लण्डन दूतावासमा चर्चा

  • 2 hours ago
नेपालमा लगानी र व्यापारका अवसरहरुबारे लण्डन दूतावासमा चर्चा

दूतावास र ब्रिटेन नेपाल चेम्बर अफ कमर्स (बिएनसिसी) मिलेर आयोजना गरिएको कार्यक्रमका सहभागीहरुले नेपालमा विदेशी लगानी तथा व्यापारको लागि अहिले अनुकुल समय रहेको धारणा राखे ।



भिडियो

प्रेम र यौन

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

काठमाडौँ । उमेर पुगेका हरेक व्यक्तिलाई यौनको चाहाना हुनु स्वाभाविक नै मानिन्छ तर यदि कोहि महिला वा पुरुषलाई यौन चाहानामा गडबढी हुनु पनि सामान्य हुँदै गएको छ ।

जीवनशैली/स्वास्थ्य

किन युवतीलाई दारी पाल्ने युवक मनपर्छ ?

किन युवतीलाई दारी पाल्ने युवक मनपर्छ ?

युवतीहरुलाई इम्प्रेस पार्नका लागि केटाहरु हरेक प्रकारका कोशिसहरु गर्ने गर्छन् । तर, हालै गरिएको एक अनुसन्धानले केटीहरुलाई ट्रिम दारी भएका केटाहरुतर्फ आकर्षित हुने बताएको छ ।

विचित्र विश्व

यी हुन् सबैभन्दा कम उमेरमा पिएचडी गर्ने १० मानिसहरु

यी हुन् सबैभन्दा कम उमेरमा पिएचडी गर्ने १० मानिसहरु

धेरै विद्यार्थीहरुको मनमा ग्य्राजुएट गरेपछि पढु कि नपढु भन्ने दुविधा हुन्छ । यो विषय पढौं कि त्यो विषय पढौं भन्ने प्रश्न पनि धेरै ग्य्राजुएटहरुको दिमागमा खेलिरहेको हुन्छ ।