IIMS College

ISMT

HUB Education

कस्तो अचम्म ! २७ वर्ष काटेपछि बुढीकन्ये

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

२७ वर्षभन्दा उमेर कटेका युवतीलाई चिनीयाँ समाजमा ‘बुढी कन्या’ भनेर हैरान पार्छ । समयमै विवाह गर्नुपर्ने राय बाड्ने यहाँको समाज उमेर उकालो लाग्ने बित्तिकै छानेर छाडिएकी वा कुनै गम्भिर समस्या भएकी भन्नेसम्म शंका गर्छ ।

 

बेइजिङस्थित एउटा रेडियो स्टेशनमा काम गर्ने हुआङ युनयुन आफ्नो बढ्दो उमेरदेखि डर लाग्न थालेको बताउँछिन् ।

 

यही साता उनी २९ लाग्दैछिन्  प्रतिक्रियामा भन्छिन्,‘मलाई डर लाग्न थालेको छ र ज्यादैनर्वस भएकी छु किनभने म अहिलेसम्म एक्ली छु । केटा साथी पनि छैन । विहे गर्नुपर्छ भन्ने ठूलो दबाब झेलिरहेकी छु । 

 

हुआङले चीनको उत्कृष्ट विश्वविद्यालयबाट स्नातकोत्तर गरेकी छिन् र राम्रो तलब भएको जागिर पनि खाइरहेकी छिन् । यति हुँदा हुँदै पनि एक्ली, सहरी, शिक्षित महिलालाई ‘बुढी कन्या’ भन्ने बात् लाग्ने र आफूलाई यस्तो मन नपर्ने उनी बताउँछिन् । 

 

विहेका लागि उनका साथी र परिवारले मात्र होइन देशकै राष्ट्रिय सञ्चारमाध्यमले समेत कम्ता दबाब दिँदैनन् । हुँदा –हुँदा अखिल चीनियाँ महिला महासंघले समेत बुढीकन्या बारे लेख लेख्यो । 

 

तर चर्को आलोचना भएपछि सो लेख वेभसाइटबाट हटाइयो । सरकारी सञ्चारमाध्यमले नै बुढीकन्या भन्न थालेको २००७ बाट हो । एकल नीति सन्तान नीति पछि देशमा बढ्दो लैगिंक असमानता अन्त्य गर्ने र महिलाहरुलाई विहे प्रति आकर्षित गर्न सरकारले यस्तो नीति लिएको थियो ।

 

 छोरीहरुको कमीका कारण अविवाहित पुरुषको संख्या बढी भएपनि अविवाहित नै बस्न रुचाउनेहरु प्रति सरकारले विभेद गरेको केही महिला अधिकारकर्मीको धारणा छ । 

 

‘क’ स्तरको पुरुषले ख गुणस्तरको युवती पाउँछ । ‘ख’ स्तरको केटाले ‘ग’ स्तरको दुलही पाउँछ । ‘ग’ स्तरको पुरुषले ‘घ’ स्तरकी महिलालाई विवाह गर्छ तर ‘क’ गुणस्तरकी महिला र ‘घ’ स्तरका पुरुष प्रायः अविवाहित हुने गर्छन् । र त्यस्ता महिलालाई बूढी कन्या भनेर बात लाउने हुआङ बताउँछिन् । 

 

पुरुषबारे भने समाज चुप हुनमा उनको असन्तुष्टि छ । आउँदो पुस्ता उच्च गुणस्तरको बनाउने पुरुषले आफु भन्दा जान्ने युवतीलाई विहे गर्नुपर्ने लेता होङ फिन्चरले २००७ को स्टेट काउन्सिलमा सुझाव दिएकी थिइन् । 

 

पढेलेखेकी र आत्मविश्वासले भरिएकी युवती प्राय विहे गर्न नचाहने प्रवृत्ति बढ्दै गएपछि कतिपय चीनियाँ राज्यले विहेका लागि उपर्युक्त वर खोजी दिने कार्यक्रम सञ्चालन गरेका छन् । 

 

एक्ली महिला भन्दा एक्लो पुरुष समाजका लागि खतरा भएकाले महिलाले विहे गर्नुपर्ने राय फिन्चरको छ । तर चेनलाई (नाम परिवर्तन) यी सबै कुरा थाहा भएपनि बेइजिङमा एक्लै रमाएकाले तनाव निम्त्याउन विहे नगर्ने सोचमा छिन् । 

 

सेयर बजारमा काम गरेर कुस्त कमाएकी चेनका बाबु आमा भने ३८ वर्षको उमेरसम्म उनी अविवाहित रहेकोमा उनी लज्जित छन् । सार्वजनिक कार्यक्रममा बाबु आमाले उनलाई लैजान चाहदैनन् । किनभने यत्री बढी कन्या पाल्ने भनेर बुवा आमाको आलोचना होला भनेर डराउँछन् । चेनले बताइन् । 

 

सुन्दर युवती पढेलेखेकी नभएपनि चाँडै विहे गर्छन् । तर सामान्य अनुहार र कुरुप महिलाको समयमै विहे हुन गाहे हुने गरेको छ । २७ देखि ३० वर्ष उमेरका युवतीलाई बुढी कन्या भन्न नहुने केहीको तर्क छ । १९५० ताका सबैभन्दा ढिला विहे हुने उमेर २० हुन्थ्यो । १९८० को दशकमा २५ भयो भने यतिबेला २७ पुगेको छ । 

 

ि


थप समाचार

फेवातालमा डुंगा पल्टिदा एक जना वेपत्ता, दुई जनाको उद्धार

  • 11 hours ago
फेवातालमा डुंगा पल्टिदा एक जना वेपत्ता, दुई जनाको उद्धार

पोखरा । पोखराको फेवातालमा डुंगा पल्टिँदा एक युवक बेपत्ता भएका छन् । ३ जना सवार डुंगा सोमबार पल्टिएको हो । बेपत्ता हुनेमा काठमाडौँका २५ वर्षीय सुमित लुइँटेल रहेको प्रहरीले जनाएको छ । चढेको र २ ज

सरकारविरुद्ध तीन दल मिलेर मोर्चाबन्दी गर्ने सहमति

  • 11 hours ago
सरकारविरुद्ध तीन दल मिलेर मोर्चाबन्दी गर्ने सहमति

काठमाडौँ । काँग्रेससहितको तीन दलले सरकारविरुद्ध मोर्चाबन्दी गर्ने सहमति गरेका छन् । समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनता पार्टी (राजपा) लाई लिएर नेपाली काँग्रेसले मोर्चाबन्दी गर्ने भएको छ ।

विनाशर्त कुनै विदेशी सहयोग स्वीकार गर्न हुँदैनः नेमकिपा

  • 11 hours ago
विनाशर्त कुनै विदेशी सहयोग स्वीकार गर्न हुँदैनः नेमकिपा

काठमाडौँ । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँले इन्डो प्यासिफिक स्ट्राटेजी नेपालका लागि लाभदायक नभएको बताएका छन् । भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप इञ्जिनीयरिङ कलेज र ख्वप कले



प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

जीवनशैली/स्वास्थ्य

थाहा पाउनुहोस् अदुवाको प्रयोग कसरी गर्ने ?

थाहा पाउनुहोस् अदुवाको प्रयोग कसरी गर्ने ?

एजेन्सी । अदुवाको रस पानीमा मिसाएर नियमित रुपमा पिउँदा कयौं बिमारीबाट छुटकारा पाउन सकिन्छ । मानिसको स्वास्थ्य समस्याको लागि घरेलु उपचार विधिका रुपमा अदुवाको प्रयोग उपयोगी मानिएको छ ।

विचित्र विश्व

कहिल्यै सुन्नु भएको छ डिभोर्सबारे यस्ता रोचक घटनाहरु

कहिल्यै सुन्नु भएको छ डिभोर्सबारे यस्ता रोचक घटनाहरु

एजेन्सी । विश्वमा केही यस्ता डिभोर्सका घटनाहरु रहेका छन् जसले सबैलाई आश्चर्य चकित पारेको थियो । डिभोर्स गर्नुको कारण पनि उत्तिकै रोचक र अनौठो खालका थिए । आउनुहोस् ती डिभोर्स केशबारे चर्चा गरौँ ।