IIMS College

ISMT

HUB Education

संसार ध्वस्त हुने दिनको प्रतिक्षामा ९ वर्ष भूमिगत रहेको यो परिवार

प्रतिकात्मक तस्बिर
Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

एजेन्सी । सन् २०१२ मा विश्व ध्वस्त हुने भविष्यवाणी एकदमै प्रचलित रह्यो । कैयौं मानिसहरु विश्वको अन्त्यको कुरालाई साँचो पनि माने र बाँच्नका लागि अनेकौं उपायहरु पनि अपनाउन थाले । तर अन्तमा विश्व ध्वस्त भएन र सबैलाई थाहा भयो उक्त भविष्यवाणी झुटो रह्यो । बाँच्नका लागि कैयौं मानिसहरु अनेकौं उपायहरु अपनाय ।

 

जसमा एक परिवारले यस्तो उपाय अपनाए जुन सुन्दा अचम्म लाग्न सक्छ । उक्त परिवारले विश्व ध्वस्त हुने समयको प्रतिक्षा गर्दै ९ वर्षसम्म जमीन भित्रको कोठामा भूमिगत रहे । घटना नेदरल्यान्डको राजधानी एम्सटर्डम बाट करीब १४० किलोमिटर उत्तर–पूर्व को ओर ड्रेन्थ प्रान्तको रुइनरवल्र्ड गाउँस्थित फर्महाउसको हो । उक्त फर्महाउसको अन्डरग्राउन्ड कोठामा एक डच परिवार नौ वर्षदेखि विश्व ध्वस्त हुने प्रतिक्षा गर्दै बसे । यस परिवारमा ५८ वर्षका एक वृद्ध सँगै १६ देखि २५ वर्षका बीचका ६ जना साथमा थिए ।

 

तीनैमध्ये २५ वर्षीय युवा फर्महाउसबाट भाग्न सफल रहे र नजिकैको एक बियर बारमा पुगे र उक्त बारका मालिक क्रिस वेस्टबीकसँग सहयोग मागे, जसपछि उक्त घटना बाहिर आयो र प्रहरीकोमा सूचना पुग्यो । बियर बारका कालिक क्रिसका अनुसार २५ वर्षका ती युवा उनको बार आए र ५ बियर पिए । त्यसपछि ती युवकले बताए की उ घरबाट भागेर आएको छ र उसलाई मद्दतको आवश्यकता रहेको छ । त्यसपछि क्रिसले प्रहरीलाई खबर गरेका हुन् । जानकारी प्राप्त भएपछि प्रहरी फर्महाउस पुगे र भूमिगत कोठामा ५८ वर्षीय जेन जोन वेन डोर्सटन नामका वृद्ध खाटमा सुतिरहेका थिए । साथसाथै त्यहाँ १६ र २५ वर्षको बीचका उमेर रहेका अन्य बच्चा तथा किशोर पनि रहेका थिए ।

 

प्रहरीले डोर्सटनलाई छानवीनमा सहयोगका लागि भन्दै हिरासतमा लिएको छ । जाँचमा पत्ता लागेअनुसार उक्त परिवार फर्महाउसमा सागसब्जी लगाउने र शिुपालन गर्दै आफ्नो गुजारा गर्थे । ती किशोर–किशोरीहरुको र डोर्सटनको सम्बन्ध भने खुलाइएको छैन । उनीहरुले डोर्सटनलाई आफ्नो बुबा भनेका छैनन् । बारका मालिक वेस्टबीकका अनुसार २५ वर्षीय ती युवक जो उनी भएको ठाउँमा आएका थिए उसको दाह्री–जुँगा बढेर ठूलो भएको थियो । उनले धेरै समयदेखि कपाल पनि काटेका थिएनन् ।

 

ती युवक ९ वर्षदेखि भूमिगट कोठामा रहेका थिए र फर्महाउसबाट बाहिर निस्कन सक्दैनथे । उसका भाइ–बहिनीको अवस्था ती युवकको जस्तै रहेको थियो । यसका साथै ती युवक भूमिगत कोठामा बस्न चाहँदैनथे । युवकले संवादको क्रममा बताए की, उनी रातमा भागेका थिए, किनभने अन्य समयमा त्यहाँबाट भाग्न असम्भव नै रहेको थियो । 

 

 

प्रहरीका अनुसार छानवीन प्रक्रिया अझै जारी रहेको छ । जसकारण यो भन्दा बढी जानकारी बाहिर ल्याउन नमिल्ने पनि प्रहरी बताउँछ । ती युवा, बालबालिकाको आमाको बारेमा भने कुनैपनि जानकारी प्राप्त भएको छैन । एक स्थानीयका अनुसार बच्चाहरुको आमाको बारेमा कसैलाई थाहा छैन । ती स्थानीयको अनुमान छ, शायद आमा लाई फर्महाउसमा नै गाडिएको थियो ।

 

क्षेत्रमा मेयर रोजर डि ग्रुटले एक पत्रकार सम्मेलनमा भने की उनले अहिलेसम्म आफ्नो जीवनमा यस्तो अप्रिय घटना देखेका थिएनन् । मानिसहरुले घटनाको उजुरी दिएसँगै प्रहरी छानवीनमा जुटिरहेको छ र छिट्टै सबै सत्य–तथ्य पत्ता लाग्ने अनुमान पनि गरिएको छ । 

 

 


थप समाचार

यी हुन् कोरोना भाइरसबाट संक्रमित भएकी पहिलो बिरामी, हाल कस्तो छ उनको अवस्था ?

  • 8 minutes ago
यी हुन् कोरोना भाइरसबाट संक्रमित भएकी पहिलो बिरामी, हाल कस्तो छ उनको अवस्था ?

एजेन्सी । कोरोना भाइरसका कारण हालसमम विश्वभरी ३४ हजारभन्दा बढकिो मृत्यु भइसकेको छ । त्यस्तै ७ लाख २३ हजारभन्दा बढी यो भाइरसबाट संक्रमित भएका छन् । तर, यो भाइरसबाट संक्रमित हुने पहिलो बिरामीबारे कमैलाई

अष्ट्रेलिया र चीन उड्दै दुई वटा वाइडबडी

  • 25 minutes ago
अष्ट्रेलिया र चीन उड्दै दुई वटा वाइडबडी

काठमाडौँ । नेपाल एअरलाइन्सका दुई वटा वाइडबडी जहाज अष्ट्रेलिया र चीन जाने भएका छन् । जहाज अप्रिल २ तारिखमा नेपालमा रहेका अष्ट्रेलियाका नागरिक बोकेर ब्रिस्बेन जाने र अर्को जहाज चीनमा मेडिकल सामग्री लिन

चीनको बुहानमा कोरोना भाइरसका कारण ४२ हजार जनाको मृत्यु भएको खुलासा !

  • 28 minutes ago
चीनको बुहानमा कोरोना भाइरसका कारण ४२ हजार जनाको मृत्यु भएको खुलासा  !

एजेन्सी । चीनको बुहानमा त्यहाँ रहेका केही मानिसहरुले करिब ४२ हजार नागरिक कोरोना भाइरसका कारण मृत्यु भएको बताएका छन् । चीन सरकारले भने ३३ सय जनाको मृत्यु भएको बताउँदै आइरहेको छ ।



प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

कुन ब्लड ग्रुपले कस्ता खाना सेवन गर्ने ?

कुन ब्लड ग्रुपले कस्ता खाना सेवन गर्ने ?

ओः यो रक्तसमूह भएका मानिसहरुको पाचन क्रिया अन्य मानिसको भन्दा कमजोर हुन्छ । त्यसैले ओ रक्तसमूह भएका मानिसहरुले अन्न तथा गेडागुडी कम मात्रामा खानु पर्दछ ।

विचित्र विश्व

यी हुन् कोरोना भाइरसबाट संक्रमित भएकी पहिलो बिरामी, हाल कस्तो छ उनको अवस्था ?

यी हुन् कोरोना भाइरसबाट संक्रमित भएकी पहिलो बिरामी, हाल कस्तो छ उनको अवस्था ?

एजेन्सी । कोरोना भाइरसका कारण हालसमम विश्वभरी ३४ हजारभन्दा बढकिो मृत्यु भइसकेको छ । त्यस्तै ७ लाख २३ हजारभन्दा बढी यो भाइरसबाट संक्रमित भएका छन् । तर, यो भाइरसबाट संक्रमित हुने पहिलो बिरामीबारे कमैलाई थाहा रहेको छ ।