च्याम्पियन्स लिग विजेता रियल मड्रिडलाई पछि पार्दै बार्सिलोना युरोपको सर्वोत्कृष्ट क्लब

  • मंगलबार, १५ जेष्ठ, २०७५
  • 2 years ago
  • खेल

काठमाडौं । च्याम्पियन्स लिग विजेता रियल मड्रिडलाई पछि पार्दै सिजन २०१७ १८ मा दुईवटा महत्वपूर्ण घरेलु उपाधि जित्ने स्पेनिस क्लब बार्सिलोना युरोपको सर्वोत्कृष्ट क्लब बनेको छ ।

 

खेलकुदको डाटा संकलन तथा मूल्याकंन गर्ने कम्पनी ग्रेसनोटले सार्वजनिक गरेको उत्कृष्ट क्लबको वरीयताक्रममा बार्सिलोनाले रियलभन्दा १४३ अंक बढी ल्याएर अग्रस्थान कायम गरेको छ । बार्सिलोनाले ४३३३ अंक जोडेको छ भने रियलको ४१९० अंक छ ।

 

 

क्लबले चार सिजनमा गरेको प्रदर्शनका आधारमा यो वरीयता निर्धारण गरिएको हो । तर, वरीयताक्रममा हालको सिजनबाट दुई तिहाई अंक निर्धारण हुन्छ ।

 

वरीयता क्रममा स्पेनिस ला लिगा खेल्ने क्लबहरुको वर्चस्व छ । १०० क्लबमध्ये ला लिगाबाट १६ वटा क्लबहरु उत्कृष्ट सूचीमा परेका छन् भने जर्मन लिग बुन्डेसलिगाबाट १५ वटा क्लब तथा इंग्लिस प्रिमियर लिगबाट १४ वटा क्लबहरु परेका छन् ।

 

 

त्यस्तै, वरीयता क्रममा जर्मन क्लब बायर्न म्युनिख तेस्रो, इटालियन क्लब युभेन्टस चौथो, इंग्लिस क्लब म्यान्चेष्टर सिटी पाँचौं, फ्रेन्च क्लब पीएसजी छैटौं, एथलेटिको मड्रिड सातौं, नेपोली आठौं, टोटनह्याम नवौं र म्यान्चेष्टर युनाइटेड दशौं स्थानमा छन् ।

 


थप समाचार

क्वारेन्टिनमा रहेका एक पुरुषको उपचारका क्रममा मृत्यु

  • 5 hours ago
क्वारेन्टिनमा रहेका एक पुरुषको उपचारका क्रममा मृत्यु

पूर्वखोला । भारतबाट फर्किएर क्वारेन्टिनमा रहेका एक पुरुषको उपचारका क्रममा आज मृत्यु भएको छ । पूर्वखोला गाउँपालिका–२ का ४५ वर्षीय पुरुषको युनाइटेड मिशन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको अस्पतालका

लकडाउनले साइकल चलाउने बढे

  • 5 hours ago
लकडाउनले साइकल चलाउने बढे

भरतपुर । भरतपुरको एक बैंकका प्रबन्धक अर्जुन अर्याल र छिमेकी कृष्ण भट्टराई आज भोलि दैनिक एक घण्टाभन्दा बढी साइकल यात्रा गर्ने गर्छन् । भरतपुर महानगरपालिका–११ का उनीहरु हरेक दिन बिहान आफ्नै वडा पूरै घुम

सुत्केरीको हेलिकोप्टरबाट उद्धार

  • 6 hours ago
सुत्केरीको हेलिकोप्टरबाट उद्धार

पोखरा । बडिगाड गाउँपालिका–१ की २२ वर्षीया सुत्केरी सरस्वती पोखरेल अस्वस्थ भएपछि हेलिकोप्टरबाट उद्धार गरी पोखरास्थित गण्डकी अस्पताल पु¥याइएको छ ।



प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

आज घरघरमा तुलसीको दल राखेर निर्जला एकादशी पर्व मनाइँदै

आज घरघरमा तुलसीको दल राखेर निर्जला एकादशी पर्व मनाइँदै

महोत्तरी । हिन्दू मैथिल आज मङ्गलबार घरघरमा तुलसीको दल राखेर निर्जला एकादशी पर्व मनाउँदैछन् । जेठ शुक्ल एकादशीका दिन धार्मिक महत्वको वनस्पति तुलसीको दल राख्ने परम्परानुसार आज हिन्दू मैथिलका घरघरमा उत्सवकै रूपमा यो पर्व मनाइँदै गरिएको हो ।