ISMT

HUB Education

गोर्खाकपमा आउने भयो 'एफए कप'

  • बुधबार, ९ जेष्ठ, २०७५
  • 1 year ago
  • युके
Education Park

 

Kathmandu Trade Show

 

 

लण्डन । तमु धि यूकेको आयोजनामा यहि आउंदो आइतबार आयोजना हुन लागेको १६ औं गोर्खाकपको तयारी अहिले अन्तिम चरणमा छ । 

 

मेन तथा भेट्रानका गरी कुल ४२ टीमबीच प्रतिस्पर्धा हुने प्रतियोगिताका लागि हंककंग, बेल्जियम, हल्याण्ड लगायतका देशबाट समेत प्रतियोगी टिमहरु आउंदैछन् । 

 

दश हजार बढि दर्शकले हेर्ने अपेक्षा गरिएको यो इभेन्टमा फुटबल बाहेक अन्य कैयौं विशेष आकर्षणहरु पनि रहने गर्छन । यीनै आकर्षणहरुमा अर्को एक थप भएको छ, एफए कप । 

 

बेलायतको निकै प्रतिष्ठित फुटबल प्रतियोगिताको यो उपाधिलाई पहिलोपटक यस वर्षको गोर्खाकपमा ल्याइने भएको छ । एफएकपका अधिकारीहरु आफैले एफए कप लिएर गोर्खाकपमा आउने जानकारी आयोजक तमु धि अध्यक्ष ज्ञाम गुरुङले दिए । 

 

अध्यक्ष गुरुङका अनुसार कुनै विशेष अवसरमा आयोजित विशेष महत्वका इभेन्टहरुले मात्र एफए कप ल्याउने सौभाग्य पाउने गरेका छन्  । गोर्खाहरुप्रतिको सम्मान देखाउनका लागि गोर्खाकपमा एफएकप ल्याउन उनीहरु राजी भएको अध्यक्ष गुरुङले जनाए । 

 

प्रतियोगितास्थलमा एउटा छुट्टै विशेष स्टेज बनाएर एफए कप राख्ने तयारी गरिएको छ । एफए कप प्रत्यक्ष हेर्ने र संगै तस्बिर खिचाउने मौका गोर्खाकप हेर्न जाने सहभागीहरुको लागि विशेष आकर्षण बन्ने पक्का छ । 

 

गोर्खाकपमा एफए कप ल्याउने पहलको संयोजन सहारा यूके अध्यक्ष मिन साईंला गुरुङले गरेका हुन् । 

 

 


थप समाचार

गाजा सीमाक्षेत्रमा तीन प्यालेस्टिनी मारिए

  • 5 minutes ago
गाजा सीमाक्षेत्रमा तीन प्यालेस्टिनी मारिए

गाजा सिटी । उत्तरी गाजापट्टीमा इजरायली सेनाले चलाएको गोली लागेर तीन जना प्यालेस्टिनीको मृत्यु भएको प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

‘अहिलेको सरकार लगलग काम्यो भन्ने दिवास्वप्न नदेखे हुन्थ्यो’

  • 10 minutes ago
‘अहिलेको सरकार लगलग काम्यो भन्ने दिवास्वप्न नदेखे हुन्थ्यो’

काठमाडौं । प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै तत्काल आफ्नो सरकार ढल्ने सपना नदेख्न पनि आग्रह गरेका छन्।

एसइईको पूरक (ग्रेडवृद्धि) परीक्षा शुरु

  • 17 minutes ago
एसइईको पूरक (ग्रेडवृद्धि) परीक्षा शुरु

काठमाडौँ । माध्यामिक शिक्षा परीक्षा अर्थात् एसइईको पूरक (ग्रेड बृद्धि) परीक्षा आजबाट शुरु भएको छ । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले आज बिहान ८ बजेबाट देशभरका ३०४ परीक्षा क



प्रेम र यौन

महिलाहरुको लागि हस्तमैथुनले कस्तो भूमिका खेल्छ ?

महिलाहरुको लागि हस्तमैथुनले कस्तो भूमिका खेल्छ ?

एजेन्सी । यौनको कमि, साथीसँगको नराम्रो सम्बन्ध तथा आत्मविश्वासको कमि जस्ता कुराहरुले महिलाको स्वस्थ्यमा असर पुग्ने देखिन्छ । लाइफस्ट्याल कोच ‘लुक कुटिनो’ का अनुसार एक महिलाले जीवनमा यी तीन चीजको कमि रहेमा राम्रो सोच्न नसक्ने बताउँछन् । यौनको असन्तुष्टीलाई मेटाउने एक मात्र विकल्पको रुपमा हस्तमैथुन रहेको छ । यसै हस्तमैथुन किन महिलाको लागि फाइदाजनक छ भनेर चर्चा गरौं ।

जीवनशैली/स्वास्थ्य

अध्ययन कोठामा कुन भगवानको तस्बिर राख्ने ?

अध्ययन कोठामा कुन भगवानको तस्बिर राख्ने ?

एजेन्सी । यदि बच्चाको पढाइमा मन नजाने, पढेको कुरा याद नहुने भएमा सबै दोष बच्चाको मात्र हुँदैन । त्यसमा वास्तु दोष पनि हुन सक्छ । वास्तु दोषको कारणले घरको वातावरण नकरात्मक हुन्छ । यसका लागि अध्ययन कोठामा यी उपायहरु अपनाई उक्त दोष हटाउन सकिन्छ ।

विचित्र विश्व

यी हुन् विश्वकै सर्वाधिक महँगा लिपिस्टिक

यी हुन् विश्वकै सर्वाधिक महँगा लिपिस्टिक

एजेन्सी । महिलाले प्रयोग गर्ने सामाग्रीहरुको बजारमा मुल्य फरक फरक छन् । त्यो पनि ब्राण्ड अनुसार मुल्य निर्धारित हुन्छ । युवतीहरुले सबैभन्दा बढी प्रयोग गर्ने सौन्दर्यको सामाग्री हो लिपिस्टिक ।