माया पबमा पारस र सन्दीपसंग 'मिट एन्ड ग्रिट' हुने

  • बुधबार, ९ जेष्ठ, २०७५
  • 7 months ago
  • युके

लन्डन । नेपाली क्रीकेट जगतका दुई स्टार पारस खड्का र सन्दीप लामिछाने अर्को साता लन्डन आउने भएका छन् ।

 

आउँदो जुलाईमा लन्डनको लर्ड्समा नेपालले खेल्ने एक मैत्रीपुर्ण क्रीकेट प्रतियोगिताको तयारीको लागि कप्तान पारस लन्डन आउन लागेका हुन् । सन्दीपले भने यहि मे ३१ तारिखमा लर्डस मैदानमै हुने वेस्ट इन्डिज बिरुद्धको एक मैत्रीपुर्ण प्रतियोगितामा वोर्ल्ड ११ को तर्फबाट खेल्दैछन । 

 

यसैबीच अर्को साता बुधबार मे ३० को साँझ लण्डनको साउथ ह्यारोस्थित माया पबमा खड्का र लामिछाने संग एक  मिट एण्ड ग्रिट कार्यक्रम गरिने भएको छ ।

 

रास्ट्रिय तथा अन्तरास्ट्रिय खेलाडी संघको बेलायत च्याप्टरले खेलाडीद्वयको सम्मान र उनीहरुसंग अन्तरक्रिया गर्ने उद्धेश्यले कार्यक्रम गर्न लागेको हो । 

 

साँझ ६ बजेदेखि सुरु हुने कार्यक्रममा केही विशेष अतिथीहरुको साथ कुल १०० जना सहभागी रहने आयोजक संघका अध्यक्ष सिद्दार्थविक्रम क्षेत्रीले जानकारी दिए । 

 

कार्यक्रममा सहभागीलाई १५ पाउन्डको प्रवेश शुल्क लाग्नेछ । त्यस अवसरमा सहभागीहरुले खेलाडीद्वय पारस र सन्दीप संगै तस्बिर खिचाउने, कुराकानी गर्ने र घुलमिल तथा अन्तरक्रिया गर्ने अवसर पाउने आयोजकले बताएका छ्न । 

 

युरोपको नेपालीपत्र , नेप्लिज इन्टरटेनमेन्ट यूके र नेपाल फुडको सहकार्यमा हुन लागेको कार्यक्रमको प्रायोजन खुकुरी बियरले गर्दैछ । 


थप समाचार

वैदेशिक सहायतामा १६ प्रतिशतले वृद्धि

  • 15 minutes ago
वैदेशिक सहायतामा १६ प्रतिशतले वृद्धि

काठमाडौँ । मुलुकको विकास निर्माणका निम्ति अन्तर्राष्ट्रिय समुदायबाट निरन्तर सहायता प्राप्त भइरहेको छ भने त्यसको मात्रामा पनि उल्लेख्य वृद्धि भएको छ ।

नार्ककाे वैज्ञानिक पलायनबारे अनुसन्धान गर्नुपर्ने बेला आयाे : कृषिमन्त्री खनाल

  • 27 minutes ago
नार्ककाे वैज्ञानिक पलायनबारे अनुसन्धान गर्नुपर्ने बेला आयाे : कृषिमन्त्री खनाल

भरतपुर । कृषिमन्त्री चक्रपाणि खनालले नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) कै अनुसन्धान गर्नुपर्ने बताएका छन् ।

सात दशमलव ५७ विन्दुले घटेर शेयर बजारकाे ओरालो यात्रा जारी

  • 33 minutes ago
सात दशमलव ५७ विन्दुले घटेर शेयर बजारकाे ओरालो यात्रा जारी

काठमाडौँ । धितोपत्र बजारमा आज शेयरको मूल्य ओरालो लागेको छ ।



जीवनशैली/स्वास्थ्य

कागती पानीको फाइदा र बेफाइदा दुवै ? विस्तृत जानकारीको लागि पूरा पढ्नुहोस्

कागती पानीको फाइदा र बेफाइदा दुवै ? विस्तृत जानकारीको लागि पूरा पढ्नुहोस्

काठमाडौं । भिटामिन ‘सी’ पर्याप्त हुने भएकाले कागती खाने गरेमा हाम्रो छाला स्वस्थ र चम्किलो भई शरीरमा स्पूmर्ति बढ्छ । कागती पानी पिउनुको मुख्य फाइदा के हो भने यसले तौल घटाउन ठूलो सहयोग पु¥याउँछ ।