मलेसियाली प्रधानमन्त्रीको यस्तो घोषणा

क्वालालम्पुर, मलेसिया । मलेसियाका नवनिर्वाचित प्रधानमन्त्री महाथिर मोहम्मदले आफ्नो सरकारका मन्त्रीहरूको सुविधामा १० प्रतिशतले कटौति गर्ने बुधबार घोषणा गरेका छन् । 

 

सरकारको उच्च खर्चलाई कटौति गर्ने लक्ष्य अनुरूप बयानब्वे वर्षीय नेताले सरकारी खर्चलाई २५१ अर्ब पाँच करोड अमेरिकी डलरमा झार्ने बताएका छन् । 

 

मलेसियाको विकासका सुत्रधार मानिने प्रधानमन्त्री महाथिरले यस पहिले करिब २२ वर्ष मलेसियाको सरकारको नेतृत्व सम्हालेका आफ्नो मन्त्रीपरिषद्को पहिलो बैठकमा मलेसियाको सरकारी खर्चमा कटौति गर्ने बताएका हुन् । 

 

आजको बैठकमा नयाँ सरकारका लागि सपथ खाएका एक दर्जनभन्दा बढी मन्त्रीहरूको उपस्थिति रहेको थियो ।  बैठकपछि सञ्चारकर्मीसँग बोल्दै प्रधानमन्त्री महाथिरले भने, “हामी राष्ट्रको आर्थिक समस्याप्रति सजक छौँ ।” उनले थपे, “हामीले अन्य उच्च सरकारी कर्मचारीको हकमा सुविधा कटौतिलाई बाध्यकारी बनाउने छैनौ । तर यदि कसैले देशका लागि योगदान गर्न चाहन्छ भने उनीहरू स्वतन्त्र छन् ।” 

 

निर्वाचन अभियानका समय गरेका प्रतिवद्धतालाई प्रधानमन्त्रीले आफूले सत्ता सम्हालेकै दिनदेखि कार्यान्वयनमा लाने प्रयास गरिरहेका छन् । यसै अनुरूप उनले विभिन्न करको दायरालाई समेत परिवर्तन गर्न अग्रसरता लिइराखेका छन् । 

 

पत्रकार सम्मेलनमा प्रधानमन्त्री महाथिरले भन्, हाल मलेसियाको ऋण यहाँको कुल ग्राहस्थ उत्पादनको झण्डै ६५ प्रतिशत रहेको बताए । महाथिरले पारिश्रमिकमा कटौतिबाहेक देशको अर्थतन्त्रलाई उकास्ने अन्य उपाय पनि उनले प्रस्तुत गरेका ाछन् । उनले सानो आकारको मन्त्रीमण्डलका अलावा राज्यको विदेशमा उठ्न बाँकी कोषलाई पनि उठाउन पहल गरिने बताए । 

 

उनले सार्वजनिक यातायात आयोगलाई निलम्वन गर्ने र यसको काम यातायात मन्त्रालयबाट गर्ने तथा अनावश्यक देखिने अन्य कैयौँ संघसंस्थालाई पनि निलम्बन गरिने बताए ।

 

यसबाहेक उनले केही ठूला योजनाबारेमा पनि समिक्षा गर्ने बताउँदै सरकारले कुन योजना राख्नुपर्छ र कुनलाई हटाउनुपर्छ अध्ययन गरिरहेको बताए । 

 

सरकारले चार वर्ष पहिले ९मार्च २०१४० मा क्वालालम्पुरबाट बेइजिङ जाने क्रममा हराएको विमानको खोजीका लागि दिइएको अनुमतिलाई यही महिनादेखि रद्द गर्ने गरी समिक्षा गरिरहेकोसमेत सङ्केत गरे । 

 

केही दिन पहिले उडानसम्वद्ध विज्ञहरूको टोलीले विमानलाई पाइलटले जानाजानी विमानलाई दुर्घटनाग्रस्त गराएको हुनसक्ने सूचनाहरू आएका थिए । 


थप समाचार

संघीयताको मर्मअनुसार कर्म हुन सकेकाे छैन : प्रचण्ड

  • 13 minutes ago
संघीयताको मर्मअनुसार कर्म हुन सकेकाे छैन : प्रचण्ड

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ संघीयताको मर्मअनुसार कर्म हुन नसकेको बताएका छन् । बुधबार काठमाडौँमा आयोजित ‘आदिवासी जनजातिको मुद्दा, अधिकार र चासोक

यी ४ अभिनेत्री जसले आफ्नो लागि निजि विमान समेत खरिद गरे

  • 39 minutes ago
यी ४ अभिनेत्री जसले आफ्नो लागि निजि विमान समेत खरिद गरे

एजेन्सी । बलिउड विश्वमै चर्चित र ठूलो चलचित्र उद्योग हो । यहाँ थुप्रै अभिनेता तथा अभिनेत्रीले आफ्नो कडा मेहेनतका कारण निकै ठूलो सफलताको शिखर चुमेका छन् ।

कस्तो छ बलिउड कलाकारका सौतनी भाइ–बहिनीसँगको सम्बन्ध ?

  • 51 minutes ago
कस्तो छ बलिउड कलाकारका सौतनी भाइ–बहिनीसँगको सम्बन्ध ?

भाइ–बहिनीको सम्बन्ध निकै सुुमधुर हुनेगर्छ । केही छिनेको झगडा, त्यसपछि एक अर्काप्रतिको हेरचाह यी सबै कुराले भाइ बहिनीको सम्बन्ध सुमधुर बनाउने गर्छ ।



प्रेम र यौन

अविस्मरणीय सुहागरातका लागि

अविस्मरणीय सुहागरातका लागि

विवाह पहिले यौन सम्पर्क गर्नु वा नगर्नु व्यक्तिको निर्णय हो । नवविवाहित दम्पतीले कौमार्यकै आधारमा एक अर्कालाई परीक्षण गर्नु उपर्युक्त हुँदैन । जोडीको ध्यान र क्रियाकलाप आफ्नो पहिलो यौन क्रियाकलापलाई कसरी खास बनाउने भन्नेमा केन्द्रीत हुनुपर्छ ।

जीवनशैली/स्वास्थ्य

यी खानेकुरा एकसाथ खाँदै नखानुहोस्

यी खानेकुरा एकसाथ खाँदै नखानुहोस्

एजेन्सी । कुनै चिजलाई एकै साथमा खाँदा शरिरमा बेफाइदा हुने गर्दछ । यी खानेकुरा खाँदा शरिरलाई गर्छ ठुलो हानी ।