विस्तार हुंदै ए स्टार, रेडिङमा खुल्यो नयां कार्यालय

  • बिहीबार, २१ भदौ, २०७५
  • 2 weeks ago
  • युके
टीम ए स्टार

 

लन्डन । ए स्टार फाइनान्सियल सोलुसन्स यूकेले आफ्नो व्यवसाय विस्तार गर्ने क्रममा नेपालीहरु उल्लेख्य रहेको बेलायतको रेडिङ शहरस्थित क्यासल स्ट्रिटमा समेत कार्यालय स्थापना गरेको छ ।

 

लन्डन (मुख्य कार्यालय), आसफोर्ड र फार्नबरोपछि कम्पनी रेडिङमा शाखा विस्तार गर्न सफल भएको हो । कम्पनीले यो सफलतालाई ग्राहकहरुको माया र बढ्दो विश्वसनीयताको एउटा अंशका रुपमा लिएको जनाएको छ ।  

 

बेलायतमा नेपाली जनघनत्व बढिरहंदा नेपालीलाई सहज, सर्वसुलभ र भरपर्दो सेवा दिने उद्देश्यले शाखा विस्तार गरिएको ए स्टार फाइनान्सियल सोलुसन्स यूकेका इन्डिपेन्डेन्ट फाइनान्सियल एडभाइजर मिन दर्लामीले जानकारी दिए । बेलायतका पहिलो नेपाली इन्डिपेन्डेन्ट फाइनान्सियल एडभाइजर दर्लामी सन् २०११ देखि यस व्यवसायमा समर्पित छन् । 

 

दर्लामीको कम्पनीले स्थापनाकालदेखि नै बेलायतवासी नेपालीहरुलाई आवश्यक पर्ने रेसिडेन्सियल मोर्गेज, रिमोर्गेज, कमर्सियल मोर्गेज, लाइफ इन्स्योरेन्स, बिल्डिङ तथा कन्टेन्ट इन्स्योरेन्स, वील तथा स्टेट प्लानिङ, पेन्सन तथा इन्भेष्टमेन्ट, पेन्सन ट्रान्सफर आदिमा सेवा प्रदान गरिरहेको छ । पेन्सन ट्रान्सफरका लागि ए स्टारले हालैमात्र लाइसेन्स लिएको हो । 

 

ए स्टारले सेवा अझ प्रभावकारी बनाउन थप दक्ष जनशक्तिसहित मुख्य कार्यालय पनि परिवर्तन गरेको छ । वेस्ट वल्ड हयाङर लेन लन्डनमा कार्यालय सरेको हो । त्यहांबाट सातै दिन काम हुन्छ । 

 

कम्पनीले नेपाली भाषीलाई लक्षित गरि फार्नबोरो, हयारो, रेडिङ, प्लमस्टिड, आसफोर्ड, स्वीन्डन सहित विभिन्न शहरमा निशुल्क जनचेतना कार्यक्रम समेत सञ्चालन गर्दै आएको छ । कम्पनीमा दर्लामीसहित रमेश सराङकोटी, कुमार गुरुङ, रबिन्द्र श्रेष्ठ, किशोर राना लगायत अनुभवी मोर्गेज एडभाइजर छन् । 

 

अहिले बेलायतको नेपाली समुदायमा ए स्टार फाइनान्सियल सोलुसन्स यूके एउटा ब्राण्ड बनिसकेको छ । कम्पनीले सामाजिक उत्तरदायित्व अन्तर्गत नियमित च्यारिटी र बेलायतका प्राय जसो कार्यक्रममा प्रायोजन गर्दै आएको छ ।  

 

  ए स्टारको मुख्य कार्यालय रहेको लन्डनको हयाङर लेनस्थित वेस्ट वर्ल्ड भवन 

 

 


थप समाचार

बेलायतमा खेतीमा काम गर्न गैरयुरोपेली कामदार ल्याइने

  • 3 hours ago
बेलायतमा खेतीमा काम गर्न गैरयुरोपेली कामदार ल्याइने

बेलायतले २ वर्षे पाइलट कार्यक्रम घोषणा गर्दै २५ सय गैरयुरोपेली कामदारहरुलाई बेलायतमा तरकारी तथा फलफूल खेतीको कामका लागि ल्याउने योजना सार्वजनिक गरेको हो ।

विराटनगरमा ट्याङ्कर चालककाे हड्ताल अन्त्य, पचास ट्याङ्कर पेट्राेल काठमाडाैँ अाउँदै

  • 3 hours ago
विराटनगरमा ट्याङ्कर चालककाे हड्ताल अन्त्य, पचास ट्याङ्कर पेट्राेल काठमाडाैँ अाउँदै

विराटनगर । ट्याङ्कर चालकले विभिन्न माग राखेर गरेको हडताल मोरङमा आजदेखि अन्त्य भएको छ ।

माेबाइल चाेरी गर्ने गिराेहका चारजना पक्राउ

  • 4 hours ago
माेबाइल चाेरी गर्ने गिराेहका चारजना पक्राउ

भक्तपुर । मोबाइल चोरी गर्ने गिरोह मध्येका चार जनालाई प्रहरीले चोरीको मोबाइल सहित पक्राउ गरेको छ ।



भिडियो

प्रेम र यौन

लिलाममा कुमारीत्वः विश्वका चर्चित मोडलको वास्तविकता !

लिलाममा कुमारीत्वः विश्वका चर्चित मोडलको वास्तविकता !

एजेन्सी । जुन कुनै महिलाको लागि निकै अमूल्य र महत्वपूर्ण चीज हो । कुनै पनि नारी आफ्नो कुमारीत्वको विषयमा कमजोर हुँदैनन् । जुन उनीहरुको व्यक्तित्वको साख पनि हो ।

जीवनशैली/स्वास्थ्य

हार्ट अट्याक कार्डियक एरेस्ट हार्ट फेलियरमा के भिन्नता छ ? मुटु कसरी स्वस्थ राख्ने ?

हार्ट अट्याक कार्डियक एरेस्ट हार्ट फेलियरमा के भिन्नता छ ? मुटु कसरी स्वस्थ राख्ने ?

हार्ट फेलियरको बारेमा आमधारणा यो छ कि यसमा मुटुले एकैचोटी काम गर्न छोड्छ तर यो पुर्णरुपमा साँचो हैन । हार्ट फेलियर भएमा मुटुको रगत पम्प गर्ने क्षमता कमजोर हँदै जान्छ ।

विचित्र विश्व

एउटा अजबगजबको होटल !

एउटा अजबगजबको होटल  !

दुबईमा धेरै होटलहरु रहेका छन् । ती होटलहरुमा सबै सुविधा त छदैछन् र चर्चा पनि उत्तिकै हुनेगर्छ । तर, एउटा अजबगजबको होटल साउदी अरबमा बन्न लागेको छ ।