IIMS College

ISMT

HUB Education

अज्ञात समूहद्वारा वडा कार्यालयमा आगजनी, महत्वपूर्ण उपकरण तथा कागजपत्र सबै जलेर नष्ट

  • बुधबार, १५ साउन, २०७६
  • 8 months ago
  • नेपाल
Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

नुवाकोट । नुवाकोटको ककनी गाउँपालिका वडा नं १ को वडा कार्यालयमा अज्ञात समूहले गए राति बम विस्फोट गराएका छन् । बम विस्फोटबाट वडा कार्यालयमा रहेका महत्वपूर्ण उपकरण तथा कागजपत्र सबै जलेर नष्ट भएको वडाध्यक्ष चन्द्रबहादुर श्रेष्ठ (बलामी)ले जानकारी दिए ।

 

उनका अनुसार रातको ११ः४५ बजेको समयमा आएका पाँच/छ जनाको समूहले कार्यालयमा तोडफोड गरेर कागजात, कम्युटर, फर्निचरलगायतका सामग्री एकै स्थानमा राखेर आगजनीसहित बम विष्फोट गराएको पाइएको छ ।

 

वडा कार्यालय सार्वजनिकस्थलमा संस्थाले बनाएको दुईकोठे पक्की भवनबाट सञ्चालन हुँदै आएको थियो । ठूलो आवाजसहितको विष्फोटले उक्त भवनको ढलानसमेत फुट्न पुगेको प्रहरी चौकी ओखरपौवाले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

त्यसैगरी सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–१० को वडा कार्यलयमा आगलागी भएको छ । आज बिहान भएको आगलागीबाट सम्पूर्ण कागजपत्रसहित वडा कार्यलय जलेर पूर्णरूपमा नष्ट भएको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक महेन्द्र दर्नालले जानकारी दिए । 

 

आगलागी कसले ग¥यो भन्ने यकिन थाहा नभएको तर घटना शङ्कास्पद रहेको प्रहरीको भनाइ छ । ताल्चा काटेर आगो लगाएको र काटेको ताल्चा र ह्याक्सो ब्लेट फेला परेको प्रहरी निरीक्षक दर्नालले जानकारी दिए । आगो कसले र किन लगायो भन्नेबारे अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय मेलम्चीले जनाएको छ ।


थप समाचार

विश्वभर कोरोना कहरः यस्तो छ पछिल्लो अपडेट

  • 33 seconds ago
विश्वभर कोरोना कहरः यस्तो छ पछिल्लो अपडेट

एजेन्सी । कोभिड–१९ नाम दिइएको प्राणघातक कोरोना भाइरस सङ्क्रमणबाट विश्वभरीमा ज्यान गुमाउनेको सङ्ख्या ६९ हजार ५०२ पुगेको छ ।

केर स्टामर लेबर पार्टीको नेता, कोर्बिनको बिदाई

  • 9 minutes ago
केर स्टामर लेबर पार्टीको नेता, कोर्बिनको बिदाई

लण्डन । बेलायतको प्रमुख विपक्षी लेबर पार्टीले आइतबार केर स्टामरलाई पार्टीको नेता चयन गरेको छ । पार्टीभित्रको झण्डै चार महिनाको चुनावी दौडपछि स्टामर पार्टी नेता चुनिएका छन् । यसअघि पार्टीको नेतामा जेरे

आयरल्याण्डका प्रधानमन्त्री डा. भारडकार पनि कोरोना संक्रमितको उपचार गर्दै

  • 16 minutes ago
आयरल्याण्डका प्रधानमन्त्री डा. भारडकार पनि कोरोना संक्रमितको उपचार गर्दै

एजेन्सी । आयरल्याण्डका प्रधानमन्त्री डा. लियो भारडकार कोरोना संक्रमितको उपचार गरिरहेका छन् । सन् २०१३ देखि मेडिकल पेशा छोडे पनि उनी यो कठिन अवस्थामा जनताहरुको उपचार गर्न खटिएका हुन् ।



प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

किड्नी फेल गराउन सक्छ यस्तो बानीले

किड्नी फेल गराउन सक्छ यस्तो बानीले

एजेन्सी । नेपालमा किड्नी फेलका समस्या बढी रहेको छ । मानिसहरु प्राय सोझै चिकित्सहरुका जानेभन्दा पनि बढी मेडिकल स्टोरमा गएर औषधी प्रयोग गर्ने हुँदा विभिन्न समस्याहरु देखिने गरेको छ ।

विचित्र विश्व

के आजसम्म पनि यो गुफाभित्र रहेको छ रावणको शव ?

के आजसम्म पनि यो गुफाभित्र रहेको छ रावणको शव ?

एजेन्सी । रामायणसँग सम्बन्धित इतिहासको बारेमा जान्नु हरेक मानिसका लागि जिज्ञासा रहन्छ । भन्ने गरिन्छ की श्रीलंकामा आज पनि रामायणसँग जोडीएका यस्ता कैयौं स्थानहरु रहेका छन् जसको बारेमा हरेक मानिस जान्न चाहन्छन् ।