IIMS College

ISMT

HUB Education

वडा कार्यालय र स्काभेटरमा आगजनी

सांकेतिक तस्वीर
Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

खाँदबारी । संखुवासभाको मादी नगरपालिका वडा नं. ५ को कार्यालय र सडक निर्माणका क्रममा रहेको स्काभेटरमा अज्ञात समूहले आगजनी गरेको छ । 

 

गए राति १२ः०० बजेतिर गरिएको आगजनीका कारण कार्यालयका कागजपत्र, फर्निचर, कम्प्युटर, फोटोकपी, प्रिन्टर र मोबाइल फोनलगायतका सबै सामान जलेर नष्ट भएका नगरप्रमुख विदुर सुब्बाले जानकारी दिए । 

 

आगजनी नेत्रविक्रम चन्द समूहले गरेको हुनसक्ने उनले बताए । आगजनी गर्ने समूहले मादी–ओखरबोटे सडकखण्डमा काम गर्दै गरेको स्काभेटरसमेत जलाएको छ । 

 

आगजनीको घटनापछि अहिले त्यस क्षेत्रमा ठूलो सङ्ख्यामा प्रहरी परिचालन गरिएको प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक मिम लामा बताए । 

 

आगजनीमा संलग्नको खोजीकार्य भइरहेको उनले बताए । वडा कार्यालय स्थानीय चतनाथ दाहालको घर भाडामा लिएर सञ्चालनमा थियो ।


थप समाचार

लकडाउनपछि पहिलोपटक नेकपाको सचिवालय बैठक बस्दै

  • 9 minutes ago
लकडाउनपछि पहिलोपटक नेकपाको सचिवालय बैठक बस्दै

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले सचिवालय बैठक बोलाएको छ । पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले मङ्गलबार अपराह्न ४ः०० बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बोलाइएको जानकारी दिए ।

स्वयम्भू क्षेत्रका १२ सय विपन्न परिवारलाई राहत वितरण

  • 12 minutes ago
स्वयम्भू क्षेत्रका १२ सय विपन्न परिवारलाई राहत वितरण

काठमाडौँ । काठमाडौँ महानगरपालिका–१५ ले स्वयम्भू तथा त्यस आसपास क्षेत्रका एक हजार २०० विपन्न परिवारलाई राहत वितरण गरेको छ । दैनिक ज्याला मजदूरी गरी जीवन निर्वाह गर्ने नागरिक लकडाउनका कारण काम नभएर भोकै

काठमाडौँ महानगरपालिकाद्वारा यी ११ स्थानमा तरकारी बिक्री कक्ष निर्धारण

  • 17 minutes ago
काठमाडौँ महानगरपालिकाद्वारा यी ११ स्थानमा तरकारी बिक्री कक्ष निर्धारण

काठमाडौँ । बल्खु र कालीमाटीको तरकारी बजारमा भएको भीडभाड कम गर्न काठमाडौँ महानगरपालिकाले विभिन्न ११ स्थानमा तरकारीका बिक्री कक्ष निर्धारण गरेको छ । कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि महानगर



प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

कुन वस्तुमा कति समय जीवित रहन्छ कोरोना भाइरस ?

कुन वस्तुमा कति समय जीवित रहन्छ कोरोना भाइरस ?

काठमाडौं । कोरोना भाइरस (कोभिड १९)को संक्रमण बढ्दै जाँदा सुरक्षाका विभिन्न विधि अपनाउन थाालिएको छ । कोरोना संक्रमण हुन नदिन सडक, पेटी, घर जताततै कीटनाशक औषधि छर्किने क्रम जारी छ ।

विचित्र विश्व

के आजसम्म पनि यो गुफाभित्र रहेको छ रावणको शव ?

के आजसम्म पनि यो गुफाभित्र रहेको छ रावणको शव ?

एजेन्सी । रामायणसँग सम्बन्धित इतिहासको बारेमा जान्नु हरेक मानिसका लागि जिज्ञासा रहन्छ । भन्ने गरिन्छ की श्रीलंकामा आज पनि रामायणसँग जोडीएका यस्ता कैयौं स्थानहरु रहेका छन् जसको बारेमा हरेक मानिस जान्न चाहन्छन् ।