सिमभन्ज्याङेली जनताकाे आँगनमा गुन्जियाे कविता

काठमाडौँ । देशको तराई, भित्री मधेस र पहाडी क्षेत्रका शहरी इलाकाहरूमा गर्मी बढिरहेको बेला मकवानपुरको सिमभन्ज्याङ्मा भने सदाझैँ चिसो हावा चल्दै थियो । त्रिभुवन राजपथको २४८८ मिटर उचाईमा अवस्थित यो सुन्दर ठाउँमा गत शुक्रबार घाम अस्ताउँदै जाँदा साँझपख एक हुल कविहरू आइपुगे ।

 

उन्मुक्त पुस्ताको ब्यानर बोकेर ‘आँगनमा कविता’ सुनाउन आएका कविहरू काठमाडौँ, चितवन र मकवानपुरदेखि सिमभन्ज्याङमा जम्मा भएका थिए । त्यसपछि उनीहरूले सडकछेवैमा रहेको एक स्थानीयकाे घरको आँगनमा कार्यक्रमको ब्यानर टाँगे र स्थानीयवासीहरूलाई भेला पारे ।

 

साँझको बत्ती बलेपछि उक्त आँगनमा कविता, गीत र गजल गुन्जिन थाल्यो । उन्मुक्त पुस्ताका कविहरूले जागरणका कविता सुनाए, स्थानीयहरूले लोकदोहोरीको भाकामा आफ्ना दुःखका गीत पस्किए । साना विद्यार्थी भाईबहिनीहरूले आफ्ना शब्दहरूमा प्रकृतिप्रेम र देशप्रेमको भावना प्रकट गरे ।

 

मकवानपुरका कवि पुरुषोत्तम आचार्यले सुरुमै जागरणको भाव बोकेको तामाङ सेलो सुनाए । तामाङहरूको बाहुल्यता रहेको यस क्षेत्रमा कवि मुक्तान थेबाले अधिकांश समय तामाङ भाषामै कार्यक्रम सञ्चालन गरे । त्यसले स्थानीहरूमा भाषिक प्रभावका कारण कार्यक्रमप्रतिको अपनत्वबोध बढाएको थियो । कार्यक्रममा उनीहरू मज्जैले खुलेर सहभागि भए ।

 

 

‘आँगनमा कविता’ उन्मुक्त पुस्ताले पछिल्लो पटक सुरु गरेको नयाँ अभियानको नाम हो । जनताको आँगनमा गएर चेतना र जागरणको कविता, गीत र साहित्य सुनाउने उद्देश्यका साथ अभियानको सुरुवात गरेको उन्मुक्त पुस्ताका एक अभियन्ता मुक्तान थेबाले जानकारी दिए ।

 

सोही अभियान अन्तर्गतको पहिलो कार्यक्रम मकवानपुरको सिमभञ्ज्याङमा आयोजना गरिएको थियो । कार्यक्रममा उन्मुक्त पुस्ताका कविहरू केशव सिलवाल, केबल बिनाबी, प्रकाश गुरागाईं, माधव घिमिरे ‘अटल’, सुमनराज श्रेष्ठ, छम गुरुङ, पुरुषोत्तम आचार्य र यश लामाले कविता सुनाए । कार्यक्रममा मकवानपुरका अर्का कवि धर्मराज स्याङतानले गजल सुनाएका थिए ।

 

त्यस्तै, ८३ वर्षीय स्थानीय हिरामाया तामाङले पनि कार्यक्रममा गीत सुनाइन् । लेकाली बसिफाँट माविका शिक्षक राजेन्द्र चौधरीले पनि आफ्नो कविता सुनाए ।

 

साहित्यलाई समाजसँग जोड्न यस्ता कार्यक्रमहरूको आयोजना जरुरी रहेकोमा उन्मुक्त पुस्ताका सबै कविहरूको एकमत थियो । यो कार्यक्रमलाई अब अन्यत्र ठाउँमा लैजाने र अभियानलाई निरन्तरता दिने उन्मुक्त पुस्ताले जनाएको छ । 

 

यसअघि उन्मुक्त पुस्ताले पोस्टर कविता अभियान र आरनमा कविता जस्ता कविता शृङ्खलाहरू चलाएको थियो ।

 

 

 

 

 

 

 

 

 

 

 


थप समाचार

गुल्मी जिल्ला समाज यूके नयाँ कार्यसमितिको पहिलो बैठकमा भए यी निर्णयहरु

  • 27 minutes ago
गुल्मी जिल्ला समाज यूके नयाँ कार्यसमितिको पहिलो बैठकमा भए यी निर्णयहरु

बैठकले सल्लाहकार समिति, विधान समिति तथा ट्रस्टी बोर्डको चयनका साथै कार्यविभाजन र भावी कार्यक्रमहरु तय गरेको छ ।

बेलायतको ओपन कन्सर्टमा नेपालका चर्चित कलाकारहरुको प्रस्तुति हुने

  • 5 hours ago
बेलायतको ओपन कन्सर्टमा नेपालका चर्चित कलाकारहरुको प्रस्तुति हुने

जुन १ तारिख शनिबार फार्नबरो फुटबल क्लब, फार्नबरोमा सञ्चालन हुने कार्यक्रममा विशेष आकर्षणका रुपमा नेपाली संगीतका वरिष्ठ गायक प्रेमध्वज प्रधान पनि आउने भएका छन् ।

१७ औं गोर्खाकपमा ४२ टिम भिड्ने

  • 7 hours ago
१७ औं गोर्खाकपमा ४२ टिम भिड्ने

यहि मे २६ तारिख आइतबार अल्डरसटको क्वीन्स एभिन्यूमा सञ्चालन हुने गोर्खाकपको १७ औं संस्करणमा मुख्य विधातर्फ ३२ र भेट्रानतर्फ १० टिमले प्रतिस्पर्धा गर्ने भएका छन् ।



प्रेम र यौन

अविस्मरणीय सुहागरातका लागि

अविस्मरणीय सुहागरातका लागि

विवाह पहिले यौन सम्पर्क गर्नु वा नगर्नु व्यक्तिको निर्णय हो । नवविवाहित दम्पतीले कौमार्यकै आधारमा एक अर्कालाई परीक्षण गर्नु उपर्युक्त हुँदैन । जोडीको ध्यान र क्रियाकलाप आफ्नो पहिलो यौन क्रियाकलापलाई कसरी खास बनाउने भन्नेमा केन्द्रीत हुनुपर्छ ।

जीवनशैली/स्वास्थ्य

रोग लाग्न नदिन भिटामिन ‘ए’

रोग लाग्न नदिन भिटामिन ‘ए’

भिटामिन ‘ए’ शरीरलाई अत्यावश्यक रासायनिक यौगिक हो । मानव स्वस्थ्यका लागि ज्यादै कम मात्रामा भिटामिन ‘ए’ आवश्यक हुन्छ । तर, स्वास्थ्य रहन र रोगप्रतिरोधी क्षमता बढाउन त्यो ज्यादै महत्वपूर्ण हुन्छ ।