IIMS College

ISMT

HUB Education

अयोध्याको अर्को ठाउँमा मस्जिद बनाउने व्यवस्था गर्न सरकारलाई सर्वोच्चको आदेश

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

एजेन्सी । भारतको सर्वोच्च अदालतले अयोध्याको अर्को ठाउँमा मस्जिद बनाउनका लागि व्यवस्था गर्न सरकारलाई शनिबार आदेश दिएको छ ।

 

नयाँ र उपयुक्त अर्को ठाउँमा पाँच एकर्ड जमिन छुट्याएर मस्जिदका लागि वैकल्पिक व्यवस्था गर्न अदालतले शनिबार आदेश दिएको हो ।

 

हिन्दु महासभाका अधिवक्ता विष्णुशंकर जैनले भने, “मुस्लिम समुदायका लागि मस्जिद बनाउन सर्वोच्च अदालतले पाँच एकर्ड क्षेत्रफलको वैैकल्पिक जमिनको व्यवस्था गर्न आदेश दिएको छ ।” 

 

सर्वोच्च अदालतका प्रधान न्यायाधिश रन्जन गोगोइले फैसला सुनाउदै उपयुक्त ठाउँमा मस्जिद बनाउने व्यवस्था गर्न सरकारलाई आदेश दिए।

 

उनको आदेशमा अहिले विवाद भएको ठाउँमा मन्दिर बनाउन दिनुपर्ने उल्लेख गरिएको समाचारमा जनाइएको छ । 

 

मन्दिर निर्माणका लागि छुट्टै कोषको व्यवस्था गर्न पनि अदालतले आदेश दिएको छ । कोष स्थापनाको काम केन्द्रीय सरकारले तीनदेखि चार महिना भित्रमा गरिसक्नु पर्ने आदेशमा उल्लेख छ ।

अदालतले उपयुक्त ठाउँमा मस्जिद बनाउनका लागि पाँच एकर्ड खुल्ला जमिन सुन्नी वाक्फ बोर्डलाई हस्तान्तरण गर्न पनि आदेश दिएको छ ।  

 

प्रधानन्यायाधिश गोगोईको नेतृत्वमा रहेको पाँच सदस्यीय संवैधानिक इजलासले लामो समयदेखि प्रतिपक्षित यो विषयमा सर्वसम्मत फैसला गरेको हो । 

 

इजलाशमा एस ए बोब्डे, डि वाई चन्द्रचुड, अशोक भुषण र एस अब्दुल नजिर गरी चार जना न्यायाधिश रहेका  बताइएको छ  । 

 

सन् १९९२ मा मस्जिद भत्काइएको एक दशकपछि यसअघि सन् २००२ मा उक्त विवाद इलाहाबाद उच्च न्यायालमा दर्ता भएको थियो ।

 

इलाहाबाद अदालतले सेप्टेम्बर २०१० मा फैसला गर्दै विवादित २।७७ एकड जमिनलाई बराबर तीन भागमा बाँड्न आदेश दिएको थियो । अदालतले उक्त जग्गाको तीन भागको एक भाग मुस्लिम समुदाय, अर्को भाग हिन्दू समुदाय र अर्को चाहिँ निर्मोही अखडालाई दिनुपर्ने आदेश दिएको थियो ।

 

तर अहिले सर्वोच्च अदालतले भने त्यस फैसलालाई पुनरावलोकन गर्दै विवादित ठाउँमा मन्दिर बनाउनु पर्ने र मस्जिदका लागि छुट्टै ठाउँको व्यवस्था गर्नु पर्ने फैसला गरेको हो ।  

 

अयोध्याको राम मन्दिर र बाबरी मस्जिद विवादबारे ४० दिनसम्म गरिएको सुनुवाई १६ अक्टोबरका दिन मात्रै पुरा भएको थियो । 

 

आज फैसला हुने भएपछि उत्तर प्रदेश राज्यमा हजारौँ प्रहरी र अर्ध सैनिक दस्ताहरू शुक्रबारदेखि नै परिचालन गरिएको छ । 

 

प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रवार राती नै शान्तिका लागि अपिल गर्दै सबैले फैसला स्वीकार गर्न आग्रहसहित ट्विट गरेका थिए । उनले “फैसला जे सुकै भएपनि‘।त्यसलाई कसैले हारजितको रुपमा लिन नहुनेमा जोड दिएका थिए । 

 

हिन्दुहरुका भगवान मानिने मर्यादा पुरुषोत्तम रामको जन्मस्थल अयोध्यास्थित राममन्दिर र बाबरीका बारेमा भएको फैसलाको भारतका विभिन्न राजनीतिक दल, नेता, विभिन्न संघ संस्थालगायतले स्वागत गर्दै शान्तिका लागि आह्वान गरेका छन् ।  

 

अयोध्याको रामजानकी मन्दिर र बाबरी मस्जिद सम्वन्धी विवाद १६औँ शताब्दीदेखिको रहेकाले यस फैसलालाई ऐतिहासिक फैसला मानिएको छ ।


थप समाचार

परालको कुन्यू बनाउँदै कृषक

  • 8 minutes ago
परालको कुन्यू बनाउँदै कृषक

दमौली । तनहुँको व्यास नगरपालिका–५ साँगेफाँटका कृषक परालको कुन्यू बनाउँदै । जिल्लाका कृषकलाई धान काटेर कुन्यू बनाउन र पराल थन्क्याउन चटारो छ ।

संजय र गोविन्दा एकअर्कालाई आफ्नो ठुलो दुश्मन मान्छन् !

  • 15 minutes ago
संजय र गोविन्दा एकअर्कालाई आफ्नो ठुलो दुश्मन मान्छन् !

एजेन्सी । बलिउडका चर्चित अभिनेताहरु हुन् संजय दत्त र गोविन्दा । कुनै समय यी दुई अभिनेताहरु अति नै मिल्ने साथी थिए । रक्की फिल्मबाट आफ्नो करिअर सुरु गरेका संजयले एकाएक चर्चामा आएका थिए ।

प्रशिक्षक सार्रीसँगको द्वन्द्व समाधान गर्ने पक्षमा रोनाल्डो

  • 16 minutes ago
प्रशिक्षक सार्रीसँगको द्वन्द्व समाधान गर्ने पक्षमा रोनाल्डो

एजेन्सी । इटालियन क्लब युभेन्ट्सबाट व्यवसायिक फुटबल खेलिरहेका पोर्चुगिज स्टार खेलाडी क्रिस्टियानो रोनाल्डो र प्रशिक्षक मौरित्सियो सार्रीबीच राम्रो सम्बन्ध छैन । गत नोभेम्बर ११ मा सम्पन्न एसीमिलानविरुद



प्रेम र यौन

यौन सम्पर्कबाट नै निको हुन्छन् यस्ता रोगहरु

यौन सम्पर्कबाट नै निको हुन्छन् यस्ता रोगहरु

एजेन्सी । मानिसमा शारीरिक सम्बन्धको बारेमा विभिन्न धारण रहेको हुन्छ । कसैले यसलाई राम्रो रुपमा लिन्छन् भने कसैले यसलाई निजि र गोप्य रुपमा राख्न चाहान्छन् ।

जीवनशैली/स्वास्थ्य

चश्माको जतन कसरी गर्ने ?

चश्माको जतन कसरी गर्ने ?

– फेसनको नाममा टाउको वा निधारमा चश्मा लगाउने गर्नाले फ्रेम खुकुलो हुन्छ । पछि गएर खस्ने डर हुनुका साथै आकर्ष पनि देखिदैन ।

विचित्र विश्व

अनौठो चिडियाखाना : मानिस पिंजडामा कैद, जनावरहरु खुलेआम घुम्ने

अनौठो चिडियाखाना : मानिस पिंजडामा कैद, जनावरहरु खुलेआम घुम्ने

एजेन्सी । तपाई आफ्नो जिवनमा कैयौंपटक जीव–जनावरलाई हेर्नका लागि चिडियाखाना पुग्नुभएको होला । जहाँ तपाईले कुनै पिंजडा भित्र कैद गरिएको जनावर देख्न सक्नुहुन्छ ।