IIMS College

ISMT

HUB Education

एबर्डीनमा दाहालको एकल कविता साँझ

  • सोमबार, १३ जेष्ठ, २०७६
  • 6 months ago
  • युके
Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

 

शिव तिवारी, एबर्डीन ।  नेप्लिज हिमालयन एसोसिएसन स्कटल्याण्ड तथा पोएट्री ग्रुप  एबर्डीनको संयुक्त आयोजनामा कवि मुकुल दाहालको पहिलो एकल कविता साँझ कार्यक्रम सम्पन्न भएको छ ।

 

स्थानीय जिसस क्राइस्ट चर्चमा भएको उक्त कार्यक्रममा नेपाली समुदायको उल्लेख्य उपस्थिति रहेको थियो भने कार्यक्रममा  अतिथिका रुपमा लन्डनबाट साहित्यकारहरु गोपी सापकोटा र विजय सापकोटा सहभागी भएका थिए। 

 

एसोसिएसनका अध्यक्ष समेत रहेका नविन क्षेत्रीले पोएट्री ग्रुप एबर्डिनका तर्फबाट ढकालको बायोग्राफी  समेटिएको श्रव्य दृष्य प्रस्तुत गरेर कार्यक्रमको शुभारम्भ गरेका थिए भने मधु सुवेदीले आफ्नो मन्तव्य मार्फत सहभागीहरुलाई स्वागत गरेका थिए । 

 

कविता साँझमा दुई चरणमा गरी दाहालले विभिन्न ८ वटा कविता वाचन गरेका थिए । स्थानीय गायक-गायिकाहरु टक थापा, रेनुका ढकाल उप्रेती र सिमा दर्नालले गीतहरु प्रस्तुत गरेका थिए ।

 

झापाको  शनिश्चरेमा जन्मेका कवि मुकुल दाहाल अध्ययनकै क्रममा धरान, विराटनगर र काठमाँडौंमा रहँदादेखि नै साहित्यमा रुचि राख्थे । कवितामा नयाँपनको खोजी गर्ने लक्ष्यसहित उनले झापाकै सेरोफेरोमा अरू दुई कविहरूको साथमा आविस्कार नामक एक काव्यिक आन्दोलनको घोषणा गरेका थिए । 

 

धरानमा साहित्यिक गतिविधि बाक्लो भइरहने कारणले पनि उनको साहित्यिक यात्रा निरन्तर चलिरह्यो । काठमाडौमा कवि शैलेन्द्र साकारको साथमा नेपाली साहित्यिक प्रकाशन 'चिन्तन' मा सम्पादक भइ काम गरेका उनी निरन्तर साहित्यिक कृतिहरु अनुवादमा पनि सक्रिय रहंदै आएका छन् । उनले परशु प्रधानको पुस्तक 'द लिटिल बुुद्ध इन टोकियो' र घनश्याम राजकर्णिकारको 'माइ ट्राभल्स ईष्ट एण्ड वेस्ट' को समेत अनुवाद र सम्पादन गरेका छन् । 

 

नेपाली साहित्यक रचनाहरूलाई  अंग्रजीमा अनुवाद गरी प्रकाशन गर्ने मासिक जर्नल 'नेपाल लेटर्स'मा उनले सम्पादकको रुपमा काम गरेका थिए । जागिरको क्रममा काठमाडौबाट इटहरी पुगेपछि दाहाल 'कोसेढुंगा'  नेपाली साहित्यिक जर्नल र 'पेन हिमालय' अनलाइन अंग्रेजी जर्नलको सम्पादनमा संलग्न बनेका थिए ।  उनी विराटनगरको साहित्यिक संस्था वाणी प्रकाशनको सदस्य समेत थिए । 

 

कवि दाहालको कवितासंग्रह सीमातीत सीमान्तको लागि उनी पुरस्कृत भएका थिए । अध्ययनको सिलसिलामा एक दशकअघि बेलायत  आएका दाहालले विद्यावारिधि पूरा गरेका छन् । उनले कविता लेखनमा इटालीमा पाएको अन्तर्राष्ट्रिय पुरस्कार र एबर्डीन पोएट्री ग्रुपसँगको संलग्नता आफ्नो मुख्य उपलब्धि रहेको बताउँछन् ।

 

 


थप समाचार

साढे ५ लाख नगदसहित मण्डेकाजीलाई सम्मान

  • 6 minutes ago
साढे ५ लाख नगदसहित मण्डेकाजीलाई सम्मान

भक्तपुर । कराँते खेलाडी मण्डेकाजी श्रेष्ठलाई मध्यपुर नगरपालिकाले साढे पाँच लाख नगद पुरस्कारसहित सम्मान गरेको छ ।

आन्तरिक आक्रमणमा परी २३ सुरक्षाकर्मी मारिए

  • 17 minutes ago
आन्तरिक आक्रमणमा परी २३ सुरक्षाकर्मी मारिए

एजेन्सी । अफगानिस्तानको पूर्वीक्षेत्रमा पर्ने घाज्नी प्रान्तमा भएको घटनामा परी २३ सुरक्षाकर्मीको मृत्यु भएको छ ।

अफगानिस्तानको नान्गाहार प्रान्तमा आइएस लडाकूद्वारा आत्मसमर्पण

  • 19 minutes ago
अफगानिस्तानको नान्गाहार प्रान्तमा आइएस लडाकूद्वारा आत्मसमर्पण

एजेन्सी । अफगानिस्तानको पूर्वीभागमा रहेको प्रान्त नान्गाहारमा इस्लामिक स्टेट्स ९आइएस० समूहका एक दर्जन भन्दा बढी लडाकूले आत्मसमर्पण गरेका छन् ।



प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

जीवनशैली/स्वास्थ्य

यस्तो रहेको छ शनिबारको तपाईको भाग्य–मंसिर २८ गते

यस्तो रहेको छ शनिबारको तपाईको भाग्य–मंसिर २८ गते

वि.सं.२०७६ साल मंसिर २८ गते । शनिबार । ईश्वी सन् २०१९ डिसेम्बर १४ तारिख । नेपाल संवत् ११४० । परिधावी संवत्सर । दक्षिणायन । हेमन्त ऋतु । श्रीशाके १९४१ । पौष कृष्णपक्ष । तिथि द्वितीया,०७ घडी ९२ पला,बिहान ०९ बजेर ४८ मिनेट उप्रान्त तृतीया । काठमाडौंमा सूर्योदय ०६ बजेर ४७ मिनेट, सूर्यास्त बेलुकी ०५ बजेर ०८ मिनेट ।