युगाण्डामा भएको सडक दुर्घटनामा ४८ जनाले ज्यान गुमाए

कम्पला । युगाण्डामा शुक्रबार राति भएको बस दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या ४८ पुगेकोे छ । 

 

अझै केही घाइते गम्भीर अवस्थामा उपचाररत रहेकाले मृतकको सङ्ख्यामा अझै केही वृद्धि हुनसक्ने स्थानीय चिकित्सकहरूले बताइएका छन् । मृतकमध्ये १८ जना बालबालिका रहेका पनि अस्पताल स्रोतले जनाएको छ । 

 

यसअघि युगाण्डा बस दुर्घटनामा परी कम्तीमा १९ जनाको मृत्यु भएको यहाँका अधिकारीले जनाएका थिए । 

 

युगाण्डाको किर्यान्डोङगो जिल्लामा भएको सो दुर्घटनामा परी अरु कैयौँ घाइते भएको अधिकारीले जानकारी दिएका छन् । घटनामा परी घाइते भएकालाई तत्काल उद्धार गरी किर्यान्डोङगो अस्पतालमा उपचार गराइएको छ । 

 

युगाण्डाको लिरा जिल्लाबाट राजधानी कम्पलातर्फ जाँदै गरेको बस दुर्घटनामा परेको प्रहरी प्रवक्ता इमिलियन कायीमाले जानकारी दिए । 

 

पूर्वी अफ्रिकी मुलुक युगाण्डामा हरेक वर्ष कम्तीमा २० हजार दुर्घटना हुन्छन् र ती दुर्घटनामा परी कम्तीमा पनि दुई हजार जनाको मृत्यु हुने गरेको पाइन्छ । 

 


थप समाचार

मेलवर्नमा जनगायक जीवन शर्माको सांगितिक प्रस्तुति

  • 5 minutes ago
मेलवर्नमा जनगायक जीवन शर्माको सांगितिक प्रस्तुति

मेलवर्न । जनगायक जीवन शर्माले अष्ट्रेलियाको मेलवर्नमा सांगितिक प्रस्तुति दिएका छन् । नयाँ वर्षको अवसरमा सांगितिक कार्यक्रमको लागि अष्ट्रेलिया पुगेका उनले सोमबार साँझ इस्टोनियन हाउमा उनले सांगितिक प्रस

विद्यार्थीले क्याम्पस प्रमुखको कुर्सी जलाए, क्याम्पसमा तालाबन्दी

  • 7 minutes ago
विद्यार्थीले क्याम्पस प्रमुखको कुर्सी जलाए, क्याम्पसमा तालाबन्दी

कञ्चनपुर । नियमित पढाइको मागमा बेवास्ता गरेको भन्दै महेन्द्रनगरमा रहेको जनज्योति बहुमुखी क्याम्पसका विद्यार्थीहरु क्याम्पस प्रमुखकको आज कुर्सी जलाएका छन् ।

चितुवाले आक्रमण गरेपछि...

  • 11 minutes ago
चितुवाले आक्रमण गरेपछि...

अछाम । चितुवाको आक्रमणबाट जिल्लाको पञ्चदेवल–विनायक नगरपालिका–२ का १५ बर्षीय अम्बरबहादुर धामी घाईते छन् । घर नजिकै रहेको लिती सल्लेरी सामुदायक वनमा बाख्रा चराउन गएको बेला चितुवाले आक्रमण गरेर घाइते बना



प्रेम र यौन

अविस्मरणीय सुहागरातका लागि

अविस्मरणीय सुहागरातका लागि

विवाह पहिले यौन सम्पर्क गर्नु वा नगर्नु व्यक्तिको निर्णय हो । नवविवाहित दम्पतीले कौमार्यकै आधारमा एक अर्कालाई परीक्षण गर्नु उपर्युक्त हुँदैन । जोडीको ध्यान र क्रियाकलाप आफ्नो पहिलो यौन क्रियाकलापलाई कसरी खास बनाउने भन्नेमा केन्द्रीत हुनुपर्छ ।

जीवनशैली/स्वास्थ्य

यस्तो रहेको छ आजको तपाईको भाग्य

यस्तो रहेको छ आजको तपाईको भाग्य

वि.सं.२०७६ साल वैशाख ०९ गते । सोमबार । ईश्वी सन् २०१९ अप्रिल २२ तारिख । नेपाल संवत् ११३९ । परिधावी संवत्सर । उत्तरायण । वसन्त ऋतु । श्रीशाके १९४० । वैशाख कृष्ण पक्ष । तिथि तृतीया, २० घडी ३७ पला, दिउसो ०१ बजेर ५० मिनेट उप्रान्त चतुर्थी । नक्षत्र अनुराधा, ३४ घडी १० पला,बेलुकी ०७ बजेर १५ मिनेट उप्रान्त ज्येष्ठा । योग व्यातिपात,०० घडि ३७ पला,बिहान ०५ बजेर ५० मिनेट उप्रान्त वरियान ।