भारतको उत्तराखण्डमा बस दुर्घटनामा १२ को मृत्यु १३ जना घाइते

नयाँ दिल्ली, भारत । भारतको उत्तराखण्डमा आइतबार एउटा यात्रुबहाक बस सडकबाट चिप्लिएर खोल्सामा खस्दा त्यसमा यात्रारत १२ जनाको मृत्यु भएको भारतीय प्रहरीले बताएको छ ।

 

उक्त घटनामा बसमा यात्रारत अन्य १३ जना घाइते भएका बताइएको छ । घाइतमध्ये केहीलाई स्थानीय स्वास्थ्य केन्द्रमा उपचार गरिएको छ भने गम्भीर चोट लागेका केही जनालाई उपचारका लागि देहरादुन पठाइएको भारतीय अधिकारीले बताएका छन् ।

 

उत्तराखण्डको प्रान्तीय राजधानीबाट १०० किलोमिटर टाढा उत्तरकाँशी जिल्लाको ग्रामिण क्षेत्रमा दुर्घटना भएको बताइएको छ ।

 

जिल्लाको भित्री क्षेत्रमा चल्ने उक्त गाडी सार्बजनिक बस सडकबाट करिब १५० मिटर खोल्सामा खसेको थियो ।स्थानीय र प्रहरीको सहयोगमा दुर्घटनामा घाइते बनेका यात्रु र मृत शरीरलाई घटना भएको केही समयभित्र उद्धार गरिएको प्रहरीले जनाएको छ ।

 

भारतमा सडक दुर्घटनाका कारण प्रति दिन औषत ४०० जनाको ज्यान जाने गरेको भारतीय अधिकारीहरूले बताए । दुर्घटनाको कारण कमजोर सडक संरचना, चालकको लापर्बाही, पूराना सवारी साधन र तीब्र गति नै हुने गरेको अधिकारीहरूको भनाइ रहेको छ । 


थप समाचार

नेप्लिज अस्ट्रेलियन एसोसिएसनको अध्यक्षमा डा मधु पुडासैनी निर्वाचित

  • 8 hours ago
नेप्लिज अस्ट्रेलियन एसोसिएसनको अध्यक्षमा डा मधु पुडासैनी निर्वाचित

सिड्नी । अस्ट्रेलियामा नेपाली समुदायको सबैभन्दा पुरानो संस्था नेप्लिज अस्ट्रेलियन एसोसियसन ९एन ए ए ० को ४२ औ बार्षिक साधारण सभाले नयाँ कार्यसमिति चयन गरेको छ । ८ डिसेम्वर शनिवार कोग्राको सेन्ज जर्ज कम

नेप्लिज अस्ट्रेलियन एसोसिएसनको अध्यक्षमा डा मधु पुडासैनी निर्वाचित

  • 8 hours ago
नेप्लिज अस्ट्रेलियन एसोसिएसनको अध्यक्षमा डा मधु पुडासैनी निर्वाचित

सिड्नी । अस्ट्रेलियामा नेपाली समुदायको सबैभन्दा पुरानो संस्था नेप्लिज अस्ट्रेलियन एसोसियसन (एन ए ए ) को ४२ औ बार्षिक साधारण सभाले नयाँ कार्यसमिति चयन गरेको छ । ८ डिसेम्वर शनिवार कोग्राको सेन्ज जर्ज कम

जहाज खरीदबारे विवरण प्रस्तुत गर्न उपसमिति गठन, होला त गडबडीको पर्दाफास

  • 10 hours ago
जहाज खरीदबारे विवरण प्रस्तुत गर्न उपसमिति गठन, होला त गडबडीको पर्दाफास

काठमाडौँ । प्रतिनिधिसभा, सार्वजनिक लेखा समितिले नेपाल वायुसेवा निगमको वाइड बडी जहाज खरीदका सम्बन्धमा उठेको प्रश्नको छानबीन गरी प्रतिवेदन दिन सात सदस्यीय उपसमिति गठन गरेको छ ।



प्रेम र यौन

महिनावारीको बेलामा यौन सम्पर्क गर्न हुन्छ कि हुँदैन ?

महिनावारीको बेलामा यौन सम्पर्क गर्न हुन्छ कि हुँदैन ?

एजेन्सी । महिनावारी भएको बेला यौन सम्पर्क गर्न हुन्छ ? या हुँदैन यो प्रश्नले धेरै जोडीहरुले सोध्ने गरेका छन् । यस्तो बेला यौन सम्पर्क गर्ने कुरा इच्छामा भर पर्छ । तर, हाम्रो समाजको चलनचल्तीको कुरा गर्ने हो भने महिनावारीको बेला सम्पर्क गर्नुलाई राम्रो मानिँदैन ।

जीवनशैली/स्वास्थ्य

बिहान दुध खानु शरीरका लागि रोग निम्त्याउनु जस्तै हो ?

बिहान दुध खानु शरीरका लागि रोग निम्त्याउनु जस्तै हो ?

काठमाडौं । दुध पिउदा शरीरमा ऊर्जा प्राप्त हुन्छ । खाएको खानेकुरा खाँदा पचेमा त्यसले फाइदा गर्छ । तसर्थ दुध हाम्रो भोजनको महत्वपूर्ण अंश हो । विशेष गरी शाकाहारीका लागि नभई नहुने पोषण हो ।

विचित्र विश्व

जब यी टपरले यस्तो निर्णय लिए...

जब यी टपरले यस्तो निर्णय लिए...

एजेन्सी–आजको जमानामा अधिकांश पैसाको पछाडि भागिरहेका छन् । जोसँग हजार छ उनीहरु लाखको पछाडि, जोसँग लाख छ उनीहरु करोडको पछाडि र जोसँग करोडौ रुपैयाँ छ उनीहरु पनि सन्तुष्ट रहेका छैनन् ।