बसले ठक्कर दिँदा एकको मृत्यु, तीन गम्भीर घाइते

  • बिहीबार, २० मंसिर, २०७५
  • 7 months ago
  • नेपाल
Education Park

गौशाला । महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका–३ मलिवारामा गए राति नेपाल–भारत बस सेवा लेखिएको बसले मोटरसाइकललाई ठक्कर दिँदा त्यसमा सवार एक जनाको मृत्यु हुनाका साथै अन्य तीनजना घाइते भएका छन् । 

 

उक्त घटनामा बारा जिल्लाको देवताल गाउँपालिका–३ बस्ने २५ वर्षीय राजकुमार साहको मृत्यु भएको र भारत बिहारको सीतामढी जिल्लाको सुतिहारा बस्ने १८ वर्षीय सोनुकुमार ठाकुर, १६ वर्षीया चुनचुनदेवी ठाकुर र ३० वर्षीय मेघनाथ ठाकुर गम्भीर घाइते भएका जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक ईश्वर कार्कीले बताए । 

 

देब्रे हात भाँचिएको आँखा र टाउको चोट लागेका सोनुकुमार र देब्रे आँखा र हातमा चोट लागेकी चुनचुनदेवीको उपचार जनकपुर अञ्चल अस्पतालमा भइरहेको छ भने अनुहार तथा आँखामा गहिरो चोट लागेर घाइते भएका मेघनाथ ठाकुरलाई थप उपचारका लागि विराटनगर पठाइएको प्रहरी उपरीक्षक कार्कीले बताए ।

 

धनुषाको जनकपुरबाट भारत बिहारको राजधानी पटनसम्म चल्ने बीआर०६पीसी ९२५१ नंको बसले गए राति १० बजे जलेश्वर नगरपालिका–३ मलिवारामा विपरीत दिशाबाट चार जना चढेर आएको ज६प १६५० नंको मोटरसाइकललाई ठक्कर दिएको थियो । 


थप समाचार

विविध कार्यक्रमसहित चार्ल्टनमा  समर कार्यक्रम 

  • 7 hours ago
विविध कार्यक्रमसहित चार्ल्टनमा  समर कार्यक्रम 

भलिबल प्रतियोगिता, ससाना बालबालिकाका गीत , नृत्यसहित राष्ट्रिय कलाकारका प्रस्तुति कार्यक्रमका मुख्य आकर्षण थिए । 

श्रावण महिनासंगै गुन्जियो पशुपतिनाथमा भजन (फोटोफिचर)

  • 9 hours ago
श्रावण महिनासंगै गुन्जियो पशुपतिनाथमा भजन (फोटोफिचर)

काठमाडौ ।२०६४ साल श्रावण २१ गते सोमबारका दिनदेखि पशुपतिनाथ मन्दिर, बागमती नदीतट, आर्यघाट, ब्रह्मनालको पूर्वी किनारा खुल्ला प्राङ्गगणमा आध्यात्मिक भावनाको जागरण गराउने उद्देश्यले सुरु भएको “श्री पशुपति

कागती प्रयोग गर्नुका फाइदैफाइदा

  • 10 hours ago
कागती प्रयोग गर्नुका फाइदैफाइदा

एजेन्सी । एउटा सानो कागतीले हामीलाई कतिसम्म फाइदा गर्छ भन्ने कुरा सुनेर तपाई अचम्ममा पर्न सक्नुहुन्छ । कागतीले शरीरको रोगसँग लड्ने क्षमता बढाउनुका साथै हरेक प्रकारको रोगबाट टाढा राख्न मद्दत पु¥याउँछ ।



प्रेम र यौन

यौन शिक्षा– यस्तो बेलामा यौन सम्बन्ध नराखौं !

यौन शिक्षा– यस्तो बेलामा यौन सम्बन्ध नराखौं !

कस्तो अवस्थामा यौन सम्पर्क गर्ने र कस्तो अवस्थामा नगर्ने भन्ने आ–आफ्नै धारणा, तर्क सुनिन्छ । कतिपय अवस्थामा यौन सम्पर्क गर्नै हुन्न । महिलाले आफ्नो शिशुलाई स्तनपान गराईरहेको समयमा शिशुसँग रमाइरहेका हुन्छन् ।

जीवनशैली/स्वास्थ्य

कागती प्रयोग गर्नुका फाइदैफाइदा

कागती प्रयोग गर्नुका फाइदैफाइदा

एजेन्सी । एउटा सानो कागतीले हामीलाई कतिसम्म फाइदा गर्छ भन्ने कुरा सुनेर तपाई अचम्ममा पर्न सक्नुहुन्छ । कागतीले शरीरको रोगसँग लड्ने क्षमता बढाउनुका साथै हरेक प्रकारको रोगबाट टाढा राख्न मद्दत पु¥याउँछ । आउनुहोस यस कागतीका महत्वपूर्ण फाइदाबारे चर्चा गरौं ।