Techie IT
२०८० चैत्र १६, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठखेलभारत र पाकिस्तानबीचको खेलमा ‘रिजर्भ डे’ राखियो

भारत र पाकिस्तानबीचको खेलमा ‘रिजर्भ डे’ राखियो


एजेन्सी । एसियाली क्रिकेट काउन्सिल (एसीसी)ले आइतबार भारत र पाकिस्तानबीच हुने एसिया कपको सुपर–४ खेलको नियम परिवर्तन गरेको छ ।

आइतबारको खेल वर्षाले रोकिएमा खेल रिजर्भ डेमा सम्पन्न हुनेछ । यसअघि एसिया कपमा सबै नियममा रिजर्भ डे थिएन । एसीसीले शुक्रबार दुई टोलीबीच हुने खेलका लागि यो नियम थप गरेको हो ।

जारी एसिया कप क्रिकेटमा भारत र पाकिस्तानबीचको दोस्रो खेल आइतबार हुँदैछ । दुई टोलीबीच समूह चरणमा सेप्टेम्बर २ मा खेलिएको थियो तर वर्षाका कारण खेल रद्द हुन पुग्यो । भारत–पाकिस्तान खेल सुपर–४ को एक मात्र खेल हो जसका लागि रिजर्भ डे राखिएको छ । यो सुविधा अन्य कुनै पनि सुपर–४ खेलका लागि उपलब्ध हुने छैन । यसबाहेक १७ सेप्टेम्बरमा हुने फाइनलका लागि रिजर्भ डे छ ।

भारत र पाकिस्तानबीचको यो खेल श्रीलंकाको राजधानी कोलम्बोको आर प्रेमदासा स्टेडियममा हुनेछ । कोलम्बोमा पछिल्ला केही दिनदेखि लगातार वर्षा भइरहेको छ । लगातार वर्षाका कारण खेलको आयोजना फिर्ता लिने कुरा समेत उठेको थियो । खेलहरू हम्बनटोटा वा डम्बुलामा सारिने विश्वास थियो, तर त्यसो भएन । अब एसिया कपका बाँकी सबै खेल यहाँ खेलिनेछन् ।

खेलको दिन वर्षा हुने सम्भावना ९० प्रतिशत छ । राति मेघ गर्जनसहित पानी पर्ने सम्भावना छ । भारत र पाकिस्तानबीचको खेल रद्द भएमा खेल रिजर्भ डेमा खेलाइनेछ । रिजर्भ डेमा पनि नतिजा नआएमा दुवै टोलीले एक–एक अंक बाँड्नेछन् ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

राष्ट्रिय बक्सिङमा सुस्मा र अस्मिता अन्तिम चारमा

काठमाडौँ । लुम्बिनी प्रदेशकी सुस्मा तामाङ र कर्णाली प्रदेशकी अस्मिता दुवाल छैटौं वीर गणेशमान सिंह राष्ट्रिय बक्सिङ प्रतियोगितामा सेमिफाइनलमा पुगेका

नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’ बीचको खेल रद्द

काठमाडौँ । नेपाल ए र आयरल्याण्ड ए बीचको टी-२० सिरिजको पहिलो खेल रद्ध भएको छ । लगातारको बर्षाका कारण मैदान

नेपालले महिला एसिया कप क्रिकेट खेल्ने

काठमाडौँ । नेपालको महिला राष्ट्रिय क्रिकेट टोलीले एसीसी महिला एसिया कप खेल्ने भएको छ । नेपाल क्रिकेट संघ (क्यान)का अनुसार

बहराइनसँग नेपाल ३-० ले पराजित

काठमाडौँ । नेपाल फिफा विश्वकप तथा एएफसी एसियन कप छनोटअन्तर्गत बहराइनसँग पराजित भएको छ । गएराती सम्पन्न खेलमा बहराइनले नेपाललाई

आयरल्यान्ड ‘ए’ माथि नेपालको लगातार दोस्रो जित

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीले टी–२० आई खेलमा आयरल्याण्ड वुल्भ्सको ‘ए’ टोलीविरुद्ध लगातार दोस्रो जित निकालेको छ । नेपालले

नेपालले आयरल्याण्ड ‘ए’ लाई दियो १९९ रनको लक्ष्य

काठमाडौँ । नेपाले आयरल्याण्ड वुल्भ्सको ‘ए’ टोलीलाई जितका लागि १९९ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस

Techie IT