Techie IT
२०८० चैत्र १५, बिहीबार
NepaliPatra logo
गृहपृष्ठअर्थनाडा अटो शोको अवलोकन ७६ हजार दर्शकले गरे

नाडा अटो शोको अवलोकन ७६ हजार दर्शकले गरे


काठमाडौँ। टाटा मोटर्स जेनुइन आयलद्धारा प्रायोजित नाडा अटो शो २०२३ आज भदौ ३१ गते आइतबार काठमाण्डौ भृकुटी मण्डपमा सम्पन्न भएको छ। माननीय अर्थमन्त्री प्रकाशशरण महतज्यूबाट शुभारम्भ भएकोे यस १५ संस्करणको नाडा अटो शो २०२३ मा करिब ७६ हजार एकसय दर्शकहरुले अबलोकन गरेका छन्।

निकै ब्यवस्थित रुपमा सञ्चालित यस प्रदर्शनीमा उत्कृष्ट रुपमा श्रृंगारिएका स्टल र अन्तर्राष्ट्रिय रुपमा नाम चलेका लेटेष्ट मोडेलका सवारी साधनहरुका कारण यो प्रदर्शनी निकै भब्य रुपमा सम्पन्न भएको छ। थुप्रै नयाँ ब्रान्डका सवारी साधनहरुका कारण यो प्रदर्शनीमा निकै ठूलो भिड लागेको थियो। यो अटो शो बिगतमा भन्दा निकै भब्य र बृहत भएको अबलोकनकर्ताहरुले समेत टिप्पणी गरेका छन्। देशमा चलेको आर्थिक मन्दीका बावजुद आयोजना गरिएको यो अटो शो ले देशको अर्थ व्यवस्थालाई चलायमान बनाउन सहायकसिद्ध भएको छ।

यस पटकको अटो शोमा स्टल निर्माणमा सबै कम्पनीले निकै मेहनत गरेको देखिन्छ र त्यसै गरि यो प्रदर्शनीमा उत्कृष्ट चारपाङ्ग्रे सवारीसाधनको स्टल साइमेक्स इंक प्रा.लि (विवाइडी) प्रा.लिले जितेको छ र उत्कृष्ट दुईपाङ्ग्रे सवारी साधनतर्फको स्टल अग्नी मोटोनिक प्रा.लि (जावा) प्रालिले जितेको छ।
त्यसैगरी लाइट कमर्सियल भेहिकलको बेष्ट स्टल एवार्ड आयाम इण्टरनेशनल प्रा.लि (फोर्स मोटर्स)ले जितेको छ र बेष्ट सर्पोटिङ्ग स्टलको बेष्ट एवार्ड पौडेल इण्टरप्राइजेज (लिक्वीइमोली स्टुडोजले) जितेको छ।

नाडाले उत्कृष्ट स्टलहरुको छनोट गर्न नाडाका केन्द्रीय कार्य समिति सदस्य सुनिल रिजाल, पत्रकारकातर्फबाट मेरो अटोका सम्पादक सागर गजुरेल तथा नाडा अटो शो को सम्पूर्ण व्यवस्थापनको जिम्मेवारी पाएको ग्लोवल एक्सपोजिशन एण्ड मेनेजमेण्ट सर्विस प्रा.लिका निर्देशक केशव खत्री समेत सदस्य रहनेगरी तीन सदस्यि छनोट समिति समेत गठन गरेको थियो।
नाडा अटो शो २०२३ का सहप्रायोजकमा शिखर इन्स्योरेन्स, टिकेटिङ्क पार्टनरमा खल्ती, अफिसियल इण्टरनेट पार्टनरमा वल्डलिङ्कले गरेको थियो। यस वर्षको थप आकर्षणमा याडिया इलेक्टीक स्कुटरले लक्की ड्र गरी एक जना भाग्यशाली अवलोकनकर्तालाई उपहार दिने व्यवस्था समेत गरेको थियो। नाडा अटो शो २०२३ व्यवस्थापन समितिका अनुसार डोरप्राइज पाउने टिकट नम्बर ९७३१ रहेको छ। विजेताले आफनो टिकट सहित नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालको सचिवालय टेकुमा सम्पर्क गर्न समेत अनुरोध गर्दछौँ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

भारतबाट ५ सय ५४ मेगावाट बिजुली आयातका लागि सम्झौता

काठमाडौँ । नेपालले भारतबाट पाँच सय ५४ मेगावाट बिजुली आयातका लागि सम्झौता गरेको छ । नेपाल र भारतबीचको बिजुली आयात

गरिमा विकास बैंकको सिइओमा माधव प्रसाद उपाध्याय

काठमाडौँ । गरिमा विकास बैंकको सिइओमा गरिमा विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा माधव प्रसाद उपाध्याय नियुक्त हुने भएका

ग्लोबल आइएमई बैंक र आईएफसीबीच जोखिम व्यवस्थापन, लैङ्गिक तथा जलवायु…

काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेड र विश्व बैंक समूहको सदस्य अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) बिच जोखिम व्यवस्थापन, जलवायु वित्त

शेयर बजारमा सामान्य वृद्धि

काठमाडौँ । आज शेयर बजार सामान्य बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ४ दशमलव ७८ अङ्कले बढेर दुई

मुक्तिनाथ विकास बैंकद्वारा कञ्चनपुरको कृष्णपुरमा वृक्षारोपण

काठमाडौँ । मुक्तिनाथ विकास बैंक लिमिटेडले कञ्चनपुरको कृष्णपुरमा वृक्षारोपण गरेको छ । सामाजिक उत्तरदायित्व अन्तर्गत करिब १५० वटा कागतीका विरुवा

‘आईएमई पे’ बाट रेमिट्यान्स पठाउँदा ५०० रुपैयाँसम्म बोनस पाइने

काठमाडौँ । ‘आईएमई पे’ ले मनिग्राम मार्फत विदेशबाट पठाएको रेमिटेन्स प्राप्त गर्दा पाँच सय रुपैयाँसम्म बोनस प्राप्त गर्न सकिने अफर

Techie IT