डडेल्धुरामा बस दुर्घटना अपडेट : मृत्यु हुने पाँच जनाकाे सनाखत, ३४ जना घाइते (नामावली सहित)

डोटी । डडेल्धुराको गन्यापधुरा गाउँपालिका–१ साहुँखर्कमा आज बिहान कर्णाली रिभर यातायातको बस दुर्घटना भएको छ । 

 

दुर्घटनामा पाँच जनाको मृत्यु भएको र ३४ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ । 

 

कैलालीको धनगढीबाट बझाङका लागि छुटेको ना ४ ख १८३१ नम्बरको बस डडेल्धुराको साहुँखर्कमा आज बिहान करीब ४ः३० दुर्घटना भएको प्रहरीले जनाएको छ ।

 

दुर्घटनामा परी मृत्यु हुनेमा बझाङ केदारस्यु गाउँपालिका बस्ने नरेश गुर्धामी, सोही गाउँपालिकाका कलशीदेवी गुर्धामी, हरुली बोहरा, बझाङ तल्कोट–४ बस्ने धनबहादुर घर्ती तथा भारतको बिहार बस्ने मोहमद नासिर रहेकोे डडेल्धुराका प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले जानकारी दिए ।

 

त्यसैगरी उक्त दुर्घटनामा परी घाइते हुनेमा कैलालीको गोदावरी नगरपालिका–१० का रमेश चौधरी, गोदावरी–३ का २४ वर्षीय नवीन धामी, बैतडी सिगासका–२ का २० वर्षीय सुरेन्द्र क्षेत्री, थलरा बझाङ तलकोटका ६० वर्षीय जयकला बोहरा, बझाङका १० वर्षीय शीतल वड, बझाङ तलकोट–५ का २५ वर्षीय कवेन्द्रबहादुर घर्ती, बझाङको जयपृथ्वी नगरपालिका–९ का ३५ वर्षीय धनसरा वड, बझाङ मष्टा–२ का १८ वर्षीय जीवन लुहार, सोही ठाउँका २५ वर्षीय पुष्प कठायत, बझाङका २४ वर्षीय सुरज रोकाया रहेका छन् । 

 

त्यस्तै अन्य घाइतेमा बझाङको जयपृथ्वी नगरपालिका–७ का ४२ वर्षीय मनगिरी विक, छब्बिस पाथिभराका ५० वर्षीय मदनराज जोशी, मष्टा–१ का २२ वर्षीय विनोद थापा, केदारस्यू–५ का २५ वर्षीय वसन्त बोहरा, तलकोट बझाङका ४० वर्षीया गिठी घर्ती, मष्टा २ बझाङका २२ धविन्द्र धामी, केदारस्यू–५ का १९ वर्षीय मोहित धामी, सुबेडा बझाङका ३० वर्षीया लक्ष्मी विक, छब्बिस पाथिभरा–३ का १८ वर्षीय तोरन रेग्मी, मष्टा–२ का १८ वर्षीय सुनिल धामी, बेतकोट–२ कञ्चनपुरका ४० वर्षीय दिवाकर पन्त, मष्टा–३ का ४७ वर्षीय रजन कामी, थलरा बझाङकी ६० वर्षीया विष्णुमति जोशी, बुङ्गल–१० ४० वर्षीय जनकराज जोशी, बझाङका ५० वर्षीया धना बोहरा, तल्कोटका ५० वर्षीय कुरे घर्ती,  बुङ्गल–१ बझाङका २४ वर्षीय जगन्नाथ जोशी, तल्कोट–४ का १० वर्षीय विवेक घर्ती, थलरा–३ बझाङका धनबहादुर चौहान, थलरा–१ की ४० वर्षीय देवा बोहरा, भारत बिहार कटिहारका–२५ वर्षीय महोमद उस्मान, सोही ठाउँका १८ वर्षीय मोहमद गुल्जार, ४० वर्षीय जमिर हुसेन, २५ वर्षीय अजाद हुसेन रहेका छन् ।

 

घाइतेहरुको डडेल्धुरास्थित उपक्षेत्रीय अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घाइतेमध्ये गम्भीर अवस्थामा रहेका बझाङ थलरा–३ का धनबहादुर चौहान, मष्टा–१ का २२ वर्षीय विनोद थापा र गोदावरी नगरपालिका–१० का रमेश चौधरीलाई थप उपचारका लागि कैलालीतर्फ पठाइएको प्रमुख जिल्ला अधिकारी जोशीले जानकारी दिए । 

 

बस सडकबाट ६० मिटर तल खसेको र ओभर लोड हुँदा बस अनियन्त्रित भएर दुर्घटना भएको हुनसक्ने ट्राफिक प्रहरी पोष्ट स्याउलेकोे अनुमान रहेको छ ।


थप समाचार

पत्रकार पन्थीको 'कम्पन' सगरमाथाको शिखरमा लोकार्पण

  • 1 hour ago
पत्रकार पन्थीको 'कम्पन' सगरमाथाको शिखरमा लोकार्पण

काठमाडौं । पत्रकार किशोर पन्थीको पुस्तक 'कम्पन'को दोश्रो संस्करण सगरमाथाबाट लोकार्पण गरिएको छ । सगरमाथा आरोही कामीरिता शेर्पाले २४ औं पटक सगरमाथा आरोहणका क्रममा कम्पनको लोकार्पण गरेका हुन् ।

विविध कार्यक्रमसहित आयोजना हुँदै क्षेत्री समाज यूकेको वार्षिक भेला

  • 4 hours ago
विविध कार्यक्रमसहित आयोजना हुँदै क्षेत्री समाज यूकेको वार्षिक भेला

क्षेत्री समाज बेलायतले आफ्नो वार्षिक भेला कार्यक्रम आउँदो महिना गर्ने भएको छ । समाजका संचार संयोजक नरेन्द्र बस्नेतका अनुसार यसवर्षको भेला लण्डनको फेल्थमस्थित इस्प्रिंगवेष्ट एकेडमी कलेजमा जुन ८ तारिखक

च्यारिटी नामको ठगीविरुद्ध जनचेतना फैलाउन लण्डनमा दौडिंदै पत्रकार कार्की

  • 4 hours ago
च्यारिटी नामको ठगीविरुद्ध जनचेतना फैलाउन लण्डनमा दौडिंदै पत्रकार कार्की

लन्डनको एक प्रतिष्ठित दौड 'द भाइटिालिटी लण्डन १००००' मा नेपाल पत्रकार महासंघ बेलायत शाखाका सचिव तथा बेलायतबाट प्रकाशित अनलाइन मिडिया साउथ एसिया टाइमका सम्पादक जगन कार्की च्यारिटी आतंक विरुद्ध जनचेत



प्रेम र यौन

अविस्मरणीय सुहागरातका लागि

अविस्मरणीय सुहागरातका लागि

विवाह पहिले यौन सम्पर्क गर्नु वा नगर्नु व्यक्तिको निर्णय हो । नवविवाहित दम्पतीले कौमार्यकै आधारमा एक अर्कालाई परीक्षण गर्नु उपर्युक्त हुँदैन । जोडीको ध्यान र क्रियाकलाप आफ्नो पहिलो यौन क्रियाकलापलाई कसरी खास बनाउने भन्नेमा केन्द्रीत हुनुपर्छ ।

जीवनशैली/स्वास्थ्य

बेलैमा गरौं ब्रेनस्ट्रोकको उपचार, यस्ता छन् कारण, लक्षण र उपचार गर्ने तरिका

बेलैमा गरौं ब्रेनस्ट्रोकको उपचार, यस्ता छन् कारण, लक्षण र उपचार गर्ने तरिका

सामान्यतय मस्तिष्कमा अचानक रक्तसञ्चार बन्द हुनु र त्यहाँ भएका रक्तकोषिका फुटेर रगत बग्नुलाई मस्तिष्कघात अर्थात ब्रेनस्ट्रोक भनिन्छ । मस्तिष्कघात भएका अधिकांश विरामीलाई पक्षघात पनि हुने भएकाले यो रोगलाई प्यारालाइसिसका नामले पनि पुकारिन्छ ।

विचित्र विश्व

के तपाईलाई राज योगबारे थाहा छ ?

के तपाईलाई राज योगबारे थाहा छ ?

एजेन्सी । जन्मको समय र तारिखको आधारमा कुण्डली हेरेर होस या हस्तरेखा हेरेर होस व्यक्तिको वर्तमान र भविष्य ज्योतिष विद्या मार्फत जान्ने प्रचलन छ । जसमा विभिन्न शास्त्र मार्फत व्यक्तिको बारेमा बुझ्न सकिन्छ ।