बस दुर्घटनामा ४२ जनाभन्दा बढीकाे मृत्यु

सांकेतिक तस्वीर

नैरोबी । केन्याको पश्चिमी क्षेत्रमा बुधबार बिहानै भएको बस दुर्घटनामा ४२ जनाभन्दा बढीको मृत्यु भएको प्रहरीले जनाएको छ । 

 

प्रान्तीय ट्राफिक प्रहरी अधिकृत जेरो आरोमले घटनास्थलमै ४२ जनाको मृत्यु भएको खबर प्राप्त भएको र बसभित्र अरु पनि यात्रु रहेकाले मृत्यु हुनेको संख्या अरु बढ्न सक्ने बताए । 

 

प्रहरीका अनुसार उक्त बस राजधानी नैरोबीबाट पश्चिमी सहर काकामेगातर्फ जाँदै थियो । बसमा ५२ जना यात्रु रहेको प्रारम्भिक प्रतिवेदनमा उल्लेख छ । 

 

उक्त बस दुर्घटनाको खास कारण थाहा नभएको केन्या रेडक्रसले जनाएको छ । केन्यामा सडक दुर्घटनामा बर्सेनि करिब तीन हजार मानिसको मृत्यु हुने गरेको छ । 

 

डिसेम्बर २०१७ मा पनि बस र ट्रक जुधेर भएको दुर्घटनामा ३६ जनाको मृत्यु भएको थियो । 


थप समाचार

पछिल्लो समय वन क्षेत्र बढ्दै गएको मन्त्री बस्नेतको भनाई

  • 2 minutes ago
पछिल्लो समय वन क्षेत्र बढ्दै गएको मन्त्री बस्नेतको भनाई

काठमाडौँ । वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले पछिल्लो समय वन क्षेत्र बढ्दै गएको बताएको छ । उनले जङ्गल वृद्धि हुनाका साथै वन्यजन्तुको सङ्ख्यसमेत बढेको बताए । डब्लुडब्लुएफ नेपालको २६ औँ

असफल प्रेम विवाह– धोका खाएपछि न्याय खोज्दै गङ्गा

  • 7 minutes ago
असफल प्रेम विवाह– धोका खाएपछि न्याय खोज्दै गङ्गा

“दुई वर्षसम्म फोनबाट माया पिरती गाँसियो, जात भात पनि मिल्ने समाजले राम्रै ठान्ला भनेर वैवाहिक जीवनमा बाँधियो, मनले मन पराएर विवाह गरियो अहिले आएर धोका होला भन्ने के थाहा”, रोल्पा नगरपालिका–१ कालापानीक

यस कारण लाग्छ मानसिक रोग

  • 20 minutes ago
यस कारण लाग्छ मानसिक रोग

बोली, चेतना, भावना, विचार, स्मृति, स्मरणशक्ति आदिजस्ता मानव मस्तिष्कले गर्ने कार्यमा गडबडी हुनुलाई सामान्यतया मानसिक रोग भनिन्छ । मानसिक रोग लाग्ने विभिन्न कारण छन् ।



प्रेम र यौन

अविस्मरणीय सुहागरातका लागि

अविस्मरणीय सुहागरातका लागि

विवाह पहिले यौन सम्पर्क गर्नु वा नगर्नु व्यक्तिको निर्णय हो । नवविवाहित दम्पतीले कौमार्यकै आधारमा एक अर्कालाई परीक्षण गर्नु उपर्युक्त हुँदैन । जोडीको ध्यान र क्रियाकलाप आफ्नो पहिलो यौन क्रियाकलापलाई कसरी खास बनाउने भन्नेमा केन्द्रीत हुनुपर्छ ।

जीवनशैली/स्वास्थ्य

यस कारण लाग्छ मानसिक रोग

यस कारण लाग्छ मानसिक रोग

बोली, चेतना, भावना, विचार, स्मृति, स्मरणशक्ति आदिजस्ता मानव मस्तिष्कले गर्ने कार्यमा गडबडी हुनुलाई सामान्यतया मानसिक रोग भनिन्छ । मानसिक रोग लाग्ने विभिन्न कारण छन् ।