आदर्श कपमा शसस्त्रलाई हराउँदै आयोजक आदर्श क्लब फाईनलमा

  • सोमबार, २५ भदौ, २०७५
  • 2 weeks ago
  • खेल

पाेखरा । घरेलु मैदानको फाइदा उठाउदै आयोजक आदर्श क्लब शसस्त्र प्रहरीको एपिएफ क्लबलाई हराउदै फाईनल प्रबेश गरेको छ । विभागीय टोली शसस्त्र प्रहरी बलको एपीएफ क्लबलाई फराकिलो गोल अन्तरले पराजित गर्दै आदर्श क्लबले इतिहास कोर्ने लक्ष्यमा छ । आईतबार लेखनाथ रंगशालामा पहिलो सेमिफाईनल प्रतिस्पर्धामा आदर्शले घरेलु मैदानमा शसस्त्रलाई ४–० गोल अन्तरले पराजित गर्दै उपाधि नजिक पुगेको हो ।

 

पानीले प्रभावित बनाएको खेल आयोजक आदर्शले आफनो पक्षमा पार्न भने दोस्रो हाफमा मात्रै स्कोर निकाल्यो । पहिलो हाफ गोल रहित टुग्याएको शसस्त्र प्रहरी पेनाल्टीको शिकार भएपछि लय विग्रियो । ५७ औं मिनेटमा पोष्टभित्र छिर्न लागेको बललाई हातले रोकिदिएपछि आयोजक आदर्शले पेनाल्टीको अवसर पाएको थियो ।

 

पेनाल्टीलाई विमल रानाले गोल गर्दै घरेलु मैदानमा आयोजकलाई स्पष्ट अग्रता दिलाए । पोष्टभित्र छिर्न

लागेको बललाई विजयसिंह ठकुरीले हातले रोकेका थिए । उनलाई रेफ्रीले रातो कार्ड दिएपछि शसस्त्र प्रहरी बल १० जना खेलाडी सीमित हुन पुग्यो । पहिलो गोलसँगै दशजना खेलाडीमा सीमित भएको शसस्त्र प्रहरीको मनोबल कमजोर बन्न पुग्यो । तीन दिनदेखि पानी नपरी निकै गर्मी भएको थियो । तर आईतबार भिषणा वर्षाले खेल प्रभावित बनायो । खेलाडीकै अभावमा रहेको शसस्त्रले ६५ औं मिनेटमा अर्को गोलको सामना गरेपछि आयोजकले अग्रता दोब्बर बनायो ।

 

सुरेश क्षत्रीले ७३ औं मिनेटमा अर्को गोल थपे । चौथो गोल भने भिसन गुरुङले गर्दै फराकिलो गोल अन्तरले जित सुनिश्चित गर्दा उपाधि उचाल्ने लक्ष्यसहितको दाबेदारिता देखायो ।


थप समाचार

राजदूत डा सुवेदी अध्यक्ष निर्वाचित

  • 2 hours ago
राजदूत डा सुवेदी अध्यक्ष निर्वाचित

लण्डन । बेलायतका लागि नेपाली राजदूत तथा अन्तर्राष्ट्रिय कफी संगठनमा नेपालका स्थायी प्रतिनिधी डा दुर्गाबहादुर सुवेदी सो संगठनको प्रबर्द्धन तथा बजार विकास समितिको अध्यक्षमा निर्वाचित भएका छन् ।

एक पटकको नेपाली, सधैको नेपाली

  • 3 hours ago
एक पटकको नेपाली, सधैको नेपाली

नागरिक हक र मानवाधिकार सम्बन्धी अन्तर्राष्ट्रिय सन्धी सम्झौताहरुमा हस्ताक्षर गरिसकेको नेपालले आफ्नो नागरिकलाई पनि सोही मापदण्ड अनुरुप अरु देशले जसरी नै द्वेध नागरिकको रुपले व्यवहार गर्न समेत स्पष्टसंग

पक्राउ परेकाे डेढ महिनापछि प्रकाण्ड रिहा, कार्यकर्ताले यसरी गरे स्वागत

  • 6 hours ago
पक्राउ परेकाे डेढ महिनापछि प्रकाण्ड रिहा, कार्यकर्ताले यसरी गरे स्वागत

काठमाडौँ । पक्राउ परेकाे डेढ महिनापछि नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा 'प्रकाण्ड' मंगलबार रिहा भएका छन् । सर्वोच्च अदालतका न्यायाधीशद्व



भिडियो

प्रेम र यौन

लिलाममा कुमारीत्वः विश्वका चर्चित मोडलको वास्तविकता !

लिलाममा कुमारीत्वः विश्वका चर्चित मोडलको वास्तविकता !

एजेन्सी । जुन कुनै महिलाको लागि निकै अमूल्य र महत्वपूर्ण चीज हो । कुनै पनि नारी आफ्नो कुमारीत्वको विषयमा कमजोर हुँदैनन् । जुन उनीहरुको व्यक्तित्वको साख पनि हो ।

जीवनशैली/स्वास्थ्य

तामाको औठी लगाउनुका ७ फाइदा

तामाको औठी लगाउनुका ७ फाइदा

एजेन्सी । तामा एक धातु हो । तामाको प्रयोग परापूर्वककालदेखि चल्दै आएको छ । सुन , चाँदी , पित्तल र तामा सबै आफ्नो अलग महत्व राख्छन् । हामी तामाबाट बनेको धेरै सामानको प्रयाग गर्छौ सामात्यतया भान्सामा । तामाको भाडामा पानी राख्दा पानीमा भएको सबै किटाणु मार्ने एउटा खास गुण हुने भएकाले पानी स्वच्छ मानिन्छ ।