‘गजनीमा भएको भीडन्तमा करिब ३०० व्यक्तिको मृत्यु’

काबुल, अफगानिस्तान । अफगानिस्तानको गजनी शहरबाट तालिवान विद्रोहीलाई धपाउने क्रममा तीन दिनदेखि भइरहेका युद्धमा परी करिब ३०० जनाको मृत्यु भएको अफगानिस्तानी रक्षा मन्त्रीले सोमबार बताएका छन् । 

 

तालिवानी समूहले गजनीस्थित निर्वाचन कार्यालयमा आगलागी गरी काबुल–कान्दाहर राजमार्गलाई अवरुद्ध गर्ने प्रयासपछि भएका भीडन्तमा परी कम्तीमा १०० सुरक्षाकर्मीले ज्यान गुमाएका रक्षामन्त्री तारिक शाह बरामीले काबुलमा गरेको पत्रकार सम्मेलनमा पुष्टी गरेका छन् । 

 

“उक्त भिडन्तमा विद्रोहीतर्फका १९४ लडाकूको मृत्यु भएको छ भने मृतकमध्ये ९५ जना तालिवानी लडाकू रहेका छन्,” रक्षामन्त्री बरामीले थप्नुभयो । सरकारी फौज र विद्रोहीबीचको भीडन्तमा परी २० देखि ३० सर्वसाधारणको मृत्युभएको पनि उनले जानकारी गराए ।

 

मृतक विद्रोहीमध्ये १२ जना तालिवानी कमाण्डरस्तरका लडाकूरहेका रक्षामन्त्रीले बताए । 

शुक्रबारबाट शुरु भएको सरकारी सुरक्षाकर्मी र विद्रोहीबीचको भीडन्तका क्रममा गजनी शहर र शहर वरपरका क्षेत्रको सञ्चार सञ्जाल प्राय अवरुद्ध बनेको छ । यस विषयमा स्थानीय अधिकारीहरूसँग गजनीको अवस्थाबारे गरिएको प्रश्नमा उनीहरूले कुनै प्रतिक्रिया दिन चाहेनन् । विगत तीनदेखि भएका भीडन्तमा भएको मानवीय तथा अन्य भौतिक क्षतिबारेका सूचना पुष्टी गर्न कठीन रहेको उनीहरूले बताए । 

 

गजनीको भीडन्तबारे तालिवानी समूहबाट सोमबार समाचार तयार पार्दासम्म कुनै आधिकारिक प्रतिक्रिया आएको छैन । 

 

तालिवानी समूहले करिब १७ बर्षदेखि सरकार विरुद्ध गर्दै आएको युद्धलाई स्थायी रूपमा अन्त्य गर्न तालिवानी समूहमाथि दवाव आइरहेका समय विद्रोहीले आफ्नो शक्ति कमजोर अवस्थामा नपुगेको पुष्टी गर्नका लागि उनीहरू उद्दत भएको पाइएको अफगानी सञ्चारमाध्यमहरूले जनाएका छन् । 

सरकारले मुसलमानहरूको मुख्य पर्व इदका अवसरमा सरकार र तालिवान समूहले गत जुनमा गरेको युद्धविरामसँगै दुवै पक्षले युद्धविराम चाहेका भन्ने भनाईहरू आइरहेका समय तालिवान समूहले गजनीमाथि आक्रमण गरेको हो । इदका अवसरमा दुवैपक्षबाट भएको अस्थायी युद्धविरामको युद्धबाट थकित बनेका अफगानी सर्वसाधारणले राहतको महशुस गर्दै प्रशंसा गरेका थिए । 

 

गजनी शहर काबुल–कान्दहर राजमार्गमा पर्ने विद्रोही वियन्त्रित दक्षिण र सरकारको उपस्थिति रहेको क्षेत्रको मुख्य प्रवेशद्वार हो । 


थप समाचार

जो १ पैसा लगानी नउठ्दा पनि फिल्म बनाउन छोड्दैनन्

  • 2 hours ago
जो १ पैसा लगानी नउठ्दा पनि फिल्म बनाउन छोड्दैनन्

'मैले फिल्मको लागि लगानी गर्नुअघि नै बुझेको हुन्छु यो पैसा उठ्दैन भनेर, त्यसैले यसलाई स्वीकार्न मलाई गार्हो हुंदैन ', प्रेम भन्छन्, 'मेलै देखेको छु अरुले बेलामौकामा होलिडे जाने, विभिन्न मनोरञ्जनका ला

यो हो विश्वकै धनी र खतरनाक आतंकवादी संगठन

  • 2 hours ago
यो हो विश्वकै धनी र खतरनाक आतंकवादी संगठन

अन्तराष्ट्रिय आतंकवादी संगठनहरुले आर्थिक चलखेल कतिमा गर्छन् होला । सबैलाई उत्सुकताको विषय हुनसक्छ । कुनै पनि संगठन पैसाविना चल्दैन । चाहे त्यो घर निर्माण होस् या कुनै पनि सामाग्री किन्न नै किन नहोस् ।

वेद पुराण : के पुर्नजन्म हुन्छ त ?

  • 2 hours ago
वेद पुराण : के पुर्नजन्म हुन्छ त ?

एजेन्सी । पुर्नजन्म अथवा पुर्वजन्मको कुरा याद आएका घटनाहरू समय समयमा आइरहन्छन् । विज्ञानले यस्तो कूरालाई पुर्ण रूपमा स्वीकार गर्दैन तर वेद पुराणमा मानिसको आत्माको यात्रा निरन्तर चलिरहने कुरा स्पष्ट रू



प्रेम र यौन

के हो राम्रो सेक्स ?

के हो राम्रो सेक्स ?

पुरुषहरु बढी सेक्सको बारेमा धेरै कुरा गर्छन् तर, महिलाहरु भने भित्रभित्रै धेरै सेक्सको चाहना धेरै राख्छन् । राम्रो सेक्स धेरै मानिसहरुका लागि अपरिहार्य कुरा हो । भोक लाग्दा खाना खाए जस्तै शरिरले मागेको बेलामा सेक्स गर्नु पनि साधारण कुरा हो । आजकाल धेरैजसो महिलाको आफ्नो पुरुषले शारिरिक सन्तुष्टि प्रदान गर्न नसकेको कुराहरु धेरै सुन्न पाइन्छ ।

जीवनशैली/स्वास्थ्य

ग्यास्ट्रिक तथा अल्सरसाथै यी समस्याहरूको अचुक औषधी डल्ले खुर्सानी

ग्यास्ट्रिक तथा अल्सरसाथै यी समस्याहरूको अचुक औषधी डल्ले खुर्सानी

एजेन्सी । खानाका परिकारलाई स्वादिष्ट बनाउन खुसार्नीको प्रयोग गर्छौं । त्यसमा नि डल्ले अर्थात अकबरे खुसार्नीलाई विशेष मानिन्छ । डल्ले खुर्सानीको नियमित प्रयोगले ग्यास्टिक तथा अल्सर जस्ता रोगको औषधी समेत हुन्छ ।

विचित्र विश्व

यो हो विश्वकै धनी र खतरनाक आतंकवादी संगठन

यो हो विश्वकै धनी र खतरनाक आतंकवादी संगठन

अन्तराष्ट्रिय आतंकवादी संगठनहरुले आर्थिक चलखेल कतिमा गर्छन् होला । सबैलाई उत्सुकताको विषय हुनसक्छ । कुनै पनि संगठन पैसाविना चल्दैन । चाहे त्यो घर निर्माण होस् या कुनै पनि सामाग्री किन्न नै किन नहोस् । अझ डरलाग्दा घटना घटाउन झन् धेरै खर्च हुन्छ । आतंवादी संगठनमा पनि भारी रकम खर्च हुने गर्छ ।