Techie IT
२०८१ वैशाख १३, बिहीबार
NepaliPatra logo
गृहपृष्ठअर्थसमस्या समाधान गर्न सहकारीमा शुद्धीकरणको आवश्यकता छः अध्यक्ष ढकाल

समस्या समाधान गर्न सहकारीमा शुद्धीकरणको आवश्यकता छः अध्यक्ष ढकाल


काठमाडौँ । नेपाल वचत तथा ऋण केन्द्रिय सहकारी संघ लिमिटेडका अध्यक्ष चन्द्रप्रसाद ढकालले सहकारीका समस्या समाधान गर्न शुद्धीकरणमा जानुपर्ने आवश्यकता रहेको बताएका छन् ।

नेफ्स्कुनका नवनिर्वाचित अध्यक्ष ढकालले सुशासन र सहकारीको मर्यादामा नबस्ने सहकारीहरुलाई शुद्धीकरण गरेर जाने प्रतिवद्धता आफूले पहिलो बैठकमा नै गरेको बताए ।

अध्यक्ष ढकालले सहकारीका सदस्य र नेतृत्वले सुशासन र सहकारीको मर्यादा भन्दा बाहिर गएर सम्झौता नगर्ने प्रतिवद्धतासहित नयाँ ढंगमा अगाडि बढ्ने बताए ।

ढकालले सहकारी शुद्धीकरणमा गए मात्रै पछिल्लो समय सहकारी क्षेत्रमा देखिएको समस्या समाधान गर्न सकिने दाबी गरे । उनले सहकारीको क्षेत्रभित्र सम्भावनाहरु धेरै रहेको उल्लेख गरे ।

अध्यक्ष ढकालले सहकारीभित्र आएका समस्याहरु व्यक्ति विशेषको कारण आएको भन्दै सहकारी अभियान र नेतृत्वमा त्यस्तो समस्या नभएको दाबी गरे । उनले केही नम्बरमा गन्न सकिने सहकारीको लगानी र प्रकृति हेर्दा सहकारी संस्था भन्न नसकिने भएकाले त्यस्ता सहकारीलाई शुद्धीकरणको माध्यमबाट पृथक रुपमा सहकारी अभियान अगाडि बढाउने बताए ।

उनले बचत तथा ऋण सहकारीभित्र धेरै नम्बर रहेकाले त्यहाँ भएका नम्बरभित्र शुद्धीकरण गरी बचत तथा ऋण सहकारी संस्थाहरुले नै सुशासनको प्रत्याभुति दिनेगरी सहकारीका मूल्य मान्यतामा हिँड्न आवश्यक रहेको बताए ।

अध्यक्ष ढकालले अब पनि सहकारीको मान्यतामा भएका सहकारी हिँड्न नसक्ने परिस्थिति भए ठूलो संकट आउने भन्दै सहकारीहरु सुधार हुनुको विकल्प नभएको बताए । उनले भूकम्प, युक्रेन—रसियाको युद्ध, कोभिड महामारी सबैभन्दा ठूलो असर भएको र बजारमा तरलता अभावको कारणले पनि सहकारीमा प्रभाव परेको बताए ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

शेयर बजारमा २ अर्ब ५३ करोड रुपैयाँको कारोबार

काठमाडौँ । शेयर बजार परिसूचक नेप्से आज शून्य दशमलव १५ अङ्कले बढेर १ हजार ९६९ दशमलव १७ विन्दुमा पुगेको छ

नौ लाख घरधुरीमा जोडियो वर्ल्डलिंकको इन्टरनेट

काठमाडौँ । देशको सबैभन्दा ठूलो इन्टरनेट सेवाप्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेसनको इन्टरनेट जडान भएका घरपरिवारको सङ्ख्या नौ लाख नाघेको छ ।

सुनको भाउ तोलामा ५०० रुपैयाँले बढ्यो

काठमाडौँ । आज बुधबार सुनको भाउ तोलामा ५०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला १

सुनको भाउ तोलामा २७ सयले घट्यो

काठमाडौँ । आज मंगलबार सुनको भाउ प्रतितोला २ हजार ७०० रुपैयाँ घटेको छ । अघिल्लो दिन पनि प्रतितोला ११ सय

मनाङमा एक वर्षमा २१ हजार पर्यटक भित्रिए

काठमाडौँ । हिमाली जिल्ला मनाङ आउने पर्यटक बढ्दै गएका छन् । विश्वकै १०औँ स्थानमा पर्ने जोखिमयुक्त पदमार्ग र मनास्लु पदयात्राको

शेयर बजार दोहोरो अङ्कले घट्यो

काठमाडौँ । आज सोमवार शेयर बजार दोहोरो अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज १५ दशमलव ४१ अङ्कले

Techie IT