अफ्रिकासँग बलियो गठबन्धन बनाउन जन्करको आग्रह

Education Park

स्ट्रासबर्ग, फ्रान्स । युरोपेली आयोगका प्रमुख जाँ क्लाउड–जन्करले बुधबार अफ्रिकासँग नयाँ गठबन्धन निर्माण गर्न आग्रह गरेका छन् । उनले स्वतन्त्र व्यापार सम्झौता सहितको यो गठबन्धनले लाखौं रोजगारी सिर्जना गर्ने बताए । 

 

भूमध्यसागरको कठिन यात्रा पार गरेर युरोप प्रवेश गर्ने लाखौं अफ्रिकी आप्रवासीको आप्रवाह रोक्न सङ्घर्षरत युरोपेली मुलुकहरुले विकल्पमाथि विचार गर्नुपर्ने समय आएको जन्करले उल्लेख गरे । राम्रो जीवनको खोजीमा अफ्रिकी नागरिकहरु अवैध रुपमा खासगरी स्पेन र इटाली प्रवेश गर्दछन् । 

 

हामीले अफ्रिका र युरोपेली युनियनबीच व्यापार सम्झौताहरु गर्नुपर्ने आवश्यकता छ भन्दै जन्करले दुबै महादेशबीचको स्वतन्त्र व्यापार सम्झौताले अफ्रिकी मुलुकहरुमा रोजगारी सिर्जनमा मद्दत गर्ने बताए । 

 

युरोपेली संसदमा सम्बोधन गर्दै जन्करले भने, “नयाँ आर्थिक साझेदारीले आगामी पाँच वर्षभित्रै एक करोडभन्दा बढी रोजगारी सिर्जना गर्न सक्नेछ ।” 

 

उनले युरोपेली युनियनको अफ्रिकासँगको सम्बन्धलाई विकास सहयोगका रुपमा मात्र हेरिनु हुँदैन भने । “अफ्रिका दयाको पात्र होइन । अफ्रिकालाई सन्तुलित साझेदारी चाहिएको छ र युरोपलाई पनि यस्तै साझेदार चाहिएको हो ।” 


थप समाचार

ब्रिटेन नेपाल चेम्बर अफ कमर्शले अर्थमन्त्रीलाई बुझायाे ज्ञापनपत्र

  • 14 minutes ago
ब्रिटेन नेपाल चेम्बर अफ कमर्शले अर्थमन्त्रीलाई बुझायाे ज्ञापनपत्र

काठमाडौँ । ब्रिटेन नेपाल चेम्बर अफ कमर्शले नेपालमा हुने वैदेशिक लगानीलाई प्रोत्साहन गर्न आग्रह गर्दै सरकारलाई ज्ञापनपत्र बुझाएको छ ।

बैंकिङ कसूरकाे मुद्दामा फरार अभियुक्त पक्राउ

  • 46 minutes ago
बैंकिङ कसूरकाे मुद्दामा फरार अभियुक्त पक्राउ

काठमाडौँ । बैकिङ् कसुर मुद्दामा फरार हुँदै आएका काठमाडौँ तारकेश्वर नगरपालिका–९ का प्रमोदकुमार खड्का कारागार चलान भएका छन् ।

नेप्से परिसूचक आज फेरि ओरालो

  • 59 minutes ago
नेप्से परिसूचक आज फेरि ओरालो

काठमाडौँ । साताको सुरुआतदेखि नै अस्थिर रहेको धितोपत्र बजारमा नेप्से परिसूचक आज फेरि ओरालो लागेको छ ।



प्रेम र यौन

यी हुन् विश्वका ५ चर्चित यौन बजार

यी हुन् विश्वका ५ चर्चित यौन बजार

पछिल्लो समय यौनलाई मानिसहरुले आधारभूत आवश्यकताको रुपमा लिँदै आएका छन् । सोही कारणले गर्दा कतिपय देशका सरकारहरुले नै अनुमति दिएर यौन बजार खुल्दै आएको छ । जसलाई हामी ‘रेड लाइट’ एरिया भन्छौं । यहाँ हामीले विश्वका चर्चित ५ यौन बजारको बारेमा जानकारी प्रस्तुत गरेका छौं ।

जीवनशैली/स्वास्थ्य

मध्यरातमा निद्राबाट बिउँझिए यी ५ काम नगर्नुस्

मध्यरातमा निद्राबाट बिउँझिए यी ५ काम नगर्नुस्

एजेन्सी । कोही मानिसहरु मध्यरातमा बिउँझने गर्छन् । ब्युँझिएपछि फेरि निदाउँन कष्ट गर्दा पनि उनीहरु निदाउन सक्दैनन् । यस्तो अवस्थामा धेरै मानिसहरुले गर्न नहुने काम गरिरहेका हुन्छन् ।

विचित्र विश्व

७० वर्षमा गर्भवती भएकी यी महिला...

७० वर्षमा गर्भवती भएकी यी महिला...

एजेन्सी । उमेरले ७० वर्ष लागकी एक महिला गर्भवती भइन् । ७० वर्षको उमेरमा मानिसलाई हिडडुल गर्न नै गाह्रो हुन्छ । तर, एक महिलाले आफू ७० वर्षको उमेरमा पनि उनले आफू गर्भवती रहेको बताएकी हुन् ।