IIMS College

ISMT

HUB Education

अग्नि सापकोटाविरुद्ध परेको रिटमाथिको सुनुवाई स्थगित, सभामुख बन्न बाटो खुल्यो

Education Park

 

Kathmandu Trade Show

 

Royal Education Foundation

 

काठमाडौँ । प्रतिनिधिसभाको सभामुख पदका लागि उम्मेदवारी दिएको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसद अग्नि सापकोटाविरुद्ध सर्वोच्चमा अदालतमा परेको रिटमाथिको सुनुवाई स्थगित भएको छ । 

 

प्रनिनिधिसभाको सभामुख पदमा निर्वाचित हुने प्रक्रियामा रहेका सापकोटोविरुद्ध वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले गत शुक्रबार रिट दायर गरेका थिए ।

 

त्रिपाठीको रिट निवेदनमाथि न्यायाधीश हरिप्रसाद फुयालको एकल इजलाशमा पेशी तोकिएको थियो । फुयालले कानुन व्यवासयी भएकै बेला सापकोटाविरुद्धको मुद्दा हेरेको आफुले अहिले सो मुद्दा हेर्न नमिल्ने बताएपछि आज हुने भनिएको सुनुवाई स्थगित भएको हो । 

 

सापकोटाविरुद्ध दर्ता गरिएको रिटमा द्वन्द्वकालमा काभ्रे जिल्लामा अर्जुन लामाको हत्या गरेको आरोप रहेकोले उनीमाथि अनुसन्धान गर्न सभामुख पदले प्रभावित हुने भएकाले रोक्न माग गरिएको थियो ।

 

उनीमाथि कर्तव्य ज्यान मुद्दामा अनुसन्धान हुनुपर्ने माग गर्दै दायर निवेदन सर्वोच्चमा विचाराधिन रहेकाले सभामुख नियुक्त नर्गनु भनी अन्तरिम आदेश जारी गर्न रिटमा माग गरिएको थियो ।

 

आजै दिउँसोको लागि बोलाइएको प्रतिनिधिसभा बैठकले सापकोटालाई सभामुख पदमा निर्विरोध चयन भएको घोषणा गर्ने कार्यसूची राखिएको थियो । रिटमाथि सुनवाई भएर अन्तरिम आदेश जारी भएको भए सापकोटा सभामुख बन्न अवरोध पुग्ने थियो । 

 

सुनुवाई स्थगित भएसँगै सभामुख बन्न सापकोटालाई तत्कालका लागि बाटो खुलेको छ । सभामुख चयनका लागि प्रतिनिधिसभाको बैठक आज दिउँसो ३ बजे बोलाइएको छ।

 

सभामुखका लागि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका नेता सापकोटाको मात्रै उम्मेदवारी परेको छ । 


थप समाचार

नेपालमा नै रहेको एउटा अनौठो गुफा !

  • 1 minute ago
नेपालमा नै रहेको एउटा अनौठो गुफा !

काठमाडौँ । पाल्पाको रामपुर नगरपालिका–४ रामघाट भुलादी खोला भुद्रुङघाटमा गत वर्ष फेला परेको अनौठो गुफाको प्रचार गरी भ्रमण वर्षमा आकर्षक पर्यटकीय गन्तव्यका रुपमा विकास गर्नुपर्ने आवश्यकता औल्याइएको छ ।

अष्ट्रेलियाको समुन्द्रमा एक नेपाली युवा मृत अवस्थामा फेला परेपछि...

  • 42 minutes ago
अष्ट्रेलियाको समुन्द्रमा एक नेपाली युवा मृत अवस्थामा फेला परेपछि...

सिड्नी । सिड्नीको समुन्द्रमा एक नेपाली युवक मृत भेटिएका छन् । ३२ वर्षिय युवक अमित सुनारको शव सिड्नीको वाटामाला समुन्द्री तटमा मंगलबार दिउँसो फेसा परेको हो ।

‘एक आँखो चिम्लिने त शिकारी हुन्छ, प्रेसले चाहिँ दुइटै आँखा खुल्ला गर्नुपर्दछ’

  • 45 minutes ago
‘एक आँखो चिम्लिने त शिकारी हुन्छ, प्रेसले चाहिँ दुइटै आँखा खुल्ला गर्नुपर्दछ’

बाँके । सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले प्रेसले दुइटै आँखा खुल्ला गरी हेर्नुपर्ने बताएका छन् । ‘एक आँखो प्रेस हुँदैन। एक आँखो चिम्लिने त शिकारी हुन्छ



प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

जीवनशैली/स्वास्थ्य

कालो चिया नै किन पिउने ?

कालो चिया नै किन पिउने ?

एजेन्सी । संसारभर चियाका पारखीहरु भेटिन्छन् । क्षणीक मुखको स्वादको लागि दूध मिसाएको चिया धेरैलाई मन पर्ने भएपनि यसका नकारात्मक फाईदा जस्तो ग्यास्ट्रिक अल्सर, खाना अरुची हुने आदी देखिने हुन्छ ।

विचित्र विश्व

हत्केलामा आउने परिवर्तनबाट शरीरमा लागेको वा लाग्ने रोगबारे जानाकारी पाउन सक्छौँ

हत्केलामा आउने परिवर्तनबाट शरीरमा लागेको वा लाग्ने रोगबारे जानाकारी पाउन सक्छौँ

एजेन्सी । शरीरका धेरै अंगले रोग लागेको प्रस्ट संकेत गर्छन्। ती मध्ये एक हो, हत्केला। हत्केलामा आउने परिवर्तनबाट शरीरमा लागेको वा लाग्ने रोगबारे हामीले जानाकारी पाउन सक्छौँ।